New year New definiation - Sajha Mobile
SAJHA MOBILE
New year New definiation
Posts 1 · Viewed 4168 · Go to Last Post
meroDeurali
· Snapshot
Like · Likedby · 0
विश्वास दीप तिगेला (धनकुट्टा, नेपाल, हाल: ब्रुनाई) नव बर्षा आउ नव बर्ष तिमी आऊ प्रत्येक घर आँगनीमा आऊ यस बर्ष तिम्रो इमान्दारिता देखाऊ यही सम्झौता-पत्रमा हस्ताक्षर देऊ आऊ नव बर्ष तिमी आऊ रोल्पा रुकुमबाट वेपत्ता सबैलाई फर्काऊ बृद्धा आमाबुबाको जीउदो लासलाई उठाऊ विदुर विधुवा सबैलाई फर्काऊ आऊ नव बर्ष तिमी आऊ बाँच्न पाउने सबैको भावना बोकेर आऊ देशको लागि लड्नेको खबर मस्तिमा भूल्ने कहाँ पठाऊ आजै बाचा गर आतंक शब्दलाई, शब्दकोशबाटै हटाऊ आऊ नव बर्षा तिमी आऊ निर्दोषा बृद्धा मेरी आमाको रुवाइलाई बुझाऊ देशविदेशबाट वेपत्ता मेरा नेपालीलाई फर्काऊ शून्यशुन्य मेरो गाँउबस्तिमा फर्काऊ आऊ नव बर्ष तिमी आऊ तीनजुरेको जंगल ढाक्ने लाली गुराँसमा आऊ प्रत्येक पालुवा पालुवामा आऊ अँ साच्चै, इराकी अलसुन्नालाई पनि खबरदारी पठाऊ आऊ नव बर्ष तिमी आऊ पटक पटक लाचारी बन्ने नियती त्यागेर आऊ देश भित्रैका शरणार्थी प्रत्येक पेटमा आऊ बिन्ति छ, मेरो देश प्यारो नेपाल जोगाएर ल्याऊ आऊ नव बर्ष तिमी आऊ बाँच्नको लागि घर छोडेका ती सबैलाई अब गाँउटोलको लागि फर्काऊ बाँच्न हाँस्न र रम्नको लागि आऊ । Dear Tigdela jee, in the nation of 137 years of celebration of Laxmi Puja, how come you see all these sufferings?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6910 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 347
· Posts 2 · Viewed 712
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal