चौतारी!चौतारी !! चौतारी !!!
कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो।
सबैको साझा चौतारीमा
नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते,
नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले,
परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने,
कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्
मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए
मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ
खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा
भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा
आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
हेर्नुस है त पहिलो भागका केहि अंश हरु
*** *** ***
Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा!
Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा?
म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ ।
ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्!
Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p
*** *** ***
uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ?
miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:)
*** *** ***
gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन?
मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र?
*** *** ***
Nepal ko chora : कोरियाले जित्यो २-१
हुर्रे।
World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :(
*** *** ***
Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि,
माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ
हत्केला म माया को गुरास् फुलाउने लाइ
भन्दिनु है भन्दिनु ..........
ल ल मिस् लाई है यो चाँहि-
खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा
*** *** ***
CaMoFLaGeD:
मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला?
*** *** ***
Poonte:
हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर
यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ!
Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु
pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन ।
गौतमजीको कविता:
हाम्रा दिन गएछन शेरखाँ
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ
हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु
आज सजिलै उठ्ने भएछन
उठे मात्र के हुन्थ्यो र शेर खाँ
हामीलाई नै कुट्ने भएछन्।
हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु
आज टक्कर दिने भएछन
चक्कर आउनथाल्यो मलाई शेरखाँ
उनीरहरु पनि ठक्कर दिनेभएछन।
जमाना उल्टो आएछ शेरखाँ
हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ
विदेशतिर भाग्नुपर्छ कि क्याहो अब
हाम्रा दिन गएछन शेर खाँ!
बिहे, खास गरेर पिरेम-बिहे, को कुरा गर्दा मलाई मैले जमानामा पढ्या एउटा कथा जहिले पनि याद आउँछ । यो कथालाई म "संसारको सबभन्दा छोटो उपन्यास" पनि भनेर साथीभाईहरुलाई सुनाउने गर्थें ।
यो कथा कहाँ पढेको भनेर सम्झना छैन मलाई । म स्कूलमै हुँदा पढ्या हुनाले सम्झना धमिलिएको हो । यो सम्भवत: हिन्दी साप्ताहिक "मुक्ता", "सरिता" वा अर्को नाम पनि बिर्सें- "स" बाटै नाम उठ्ने साहित्यिक कथा साप्ताहिकमा पढेको हुन सक्ने सम्भावना धेरै छ । थोरै सम्भावना चाहिं "मधुपर्क" को लघुकथाका अंश पनि हुन सक्छ ।
जे होस् , यो कथाको ओरिगिनाल रुप अलि फरक हुन सक्छ, मैले सुनाएको भन्दा ।
ल हालम है त त्यो कथा ?
*** *** *** *** ***
एक लघु उपन्यास
अध्याय एक:
निलो दहको किनार, एउटा ठूलो चट्टान र त्यो चट्टानमा उभिएकी एक चिन्तित युवती ।
युवती फालहाल्न के गति लिन्छे, पछाडिबाट दुई बलिष्ट हातले युवतीका पाखुरा समाउछन् । हात कुनै युवकको थियो ।
अध्याय दुई:
पञ्चेबाजा, सिङारिएको घर, बेहुलीको रुपमा सिङारिएकी युवती । दुलहा त्यही युवक ।
अध्याय तीन:
पञ्चेबाजाको ध्वनी पुरानो स्मृति । भुँईमा बजारिएका भाडाहरुले त्यसको ठाउँ लिन्छ ।
अन्तिम अध्याय:
निलो दहको किनार, एउटा ठूलो चट्टान र त्यो चट्टानमा उभिएको एक चिन्तित युवक ।
------समाप्त------
लौ त नि, ढुक्क भो। नयाँ कम्प्यूटरको पैसै बचो!
भउतेलाई जिस्का’को पो त, ठुल्बुईनी पुनि! तिम्रो मात्र मिल्ने साथी हो र? हाम्पनि जिख्री हुम् के! अझ, सालीको नाता गाँस्ने हो भने त मेरो साडू भाई हो! जार भन्न मन थो के रे, तर जार भनेसि फेरि दुश्मनि होला भुनेर के! यसै त जारै जार थुप्र्या बेलाँ भउतेको मन धेरै भारि नगर्दिम् के रे! :D
चित्रे त सुट सिलाम्न आर्मानी को फेक्टरी तिरै लाग्यो कि के हो? ;)
कुम्ले चईं गोरो हुन मुखाँ खाक्सी दल्दैछ रे भुनेर सुलसुले ले खबर ल्या’थ्यो! :p
तितौरी नि भक्कानो छोडेर रोई रा’छे रे। कठै! :(
मिस पुनि नयाँ बनारसी साडी हाल्छु भुनेर चम्कँदै थि रे बजार तिर! :)
यै मौकाँ म पुनि मेरी धोबिनीलाई नयाँ पेटिकोट हाल्दिम् के रे! :D
के खाल्को सोप ओपेरा ला’गो बरै यो चौतारिआँ आज कै दिन। मेरी धोबिनीको च्यात्त्याऽऽऽ पेटिकोट कै कस्सम्! ;)
यो पुन्टेदाले नया बुइनिहरु पाएर हामि पुराना बुइनिलाइ बिर्सेछन्, ल ठिकै छ जमानै यस्तै छ।
त्यसै पनि ठुल्नानी र म त दिदि-बहिनि हुम् क्यारे, ल जे भनेनि डराउन्न म।
नेपे दाइको लघु कथाले एउटा कुरो याद् आयो। बिहेमा दुलहि रोएको देख्दा, दुलहिको बुवाले भनेछन् "नानी जति रुनु अहिले रोउ, भोलि देखि त हाम्रा ज्वाइ रुन्छन्।" :)
नेपे दाइ,
कथा सानो भए नि ठुलै पो कुरो छ त यस्मा। हामीलाइ बिश्वास छ यो कथाले हाम्रा मित्रहरु को प्रतिनिधित्व गर्ने छैन।
कथा यसरी मोडिन्छ है:
अध्याय तीन:
पञ्चेबाजाको ध्वनी पुरानो स्मृति । माया प्रेमका मधुर ध्वनिले त्यसको ठाउँ लिन्छ ।
अन्तिम अध्याय:
निलो दहको किनार, एउटा ठूलो चट्टान र त्यो चट्टानमा बसेका एक युगल जोडि को साथ मा सानो बालक् अनि "हराइजन" मा अस्ताउन लागेको घाम।
------समाप्त------
All the best :-)>
कुम्लेले पारा मिलाम्छ कईले कईले! तर, तो सानो बालकलाई केही बेर बेबीसिटरसंग छोडे हुने नि हौ! तेस्तो रोमान्टिक ट्याममा पानीमा खस्ला र आपत!;)
अनि, खाक्सीले गोरो भएऊ त, कुम्ले? कि भत्भति पोल्यो?
पिरती बुईनी! आफू मेरी बुईनी भन्दा बढी भउतेको भान्जी हुम् जस्तो अरि तर्किनि। अईले आ’र मुलाई पो बिनासित्तैमा दोष? बाँकी भा’ दुईटा रौं नि ऊखेलेर देखाईदिम बुईनीको माया मरे छैन भुनेर? पिर नमानेस् के! तो ठुल्बुईनीआट बचेको कम्प्यूटर तिम्रै बिहे मा दाईजो हालदिम्ला!
खै, दुलाह नै गायब भो गाँठे! तो बँदेल र बाख्री खान नपाईने पो हो कि? पिर परो!
लौ कैले तर्के म?
मार्ने भयो निकाल्ने भए कामबाट, केइ काम् गर्या भे त मरिजाम् ल। अब आउदिन है म एकछिन् चौतारीमा।
अलि अलि काम् गरि टोपल्नु परो अब।
कुम्लेको सोचाइ अति उत्तम लाग्यो ल।
“पुत्र” या “पुत्रे” कसो होला?
अन्चईने, त्यो भिडियो को हिरो र हिरोन त हाम्रै चित्रे र ठुल्बुईनी भए के रे! तो कालो टोपी ढल्काउने फट्याङ्ग्रे चईं मै है! :D
सोच्या पनि थिएन यति छिटो ३०० पुग्छ भनेरनयाँ कस्ले बनाउने होला .....अलिक फराकिलो बनौने हो कि ....पार्टि गर्न मिल्ने
:)
दादा कता जानु भएछ ??
बिर्खेजी पनि गाइब हुनुभएछ?:(
म त चित्रे दिदी भाकोले ...धेरै नबोलेको.....:)
जदौ, खुप रमैलो भैरारच।
नयाँ चौतारी चैं "चौतारी"हरुको बीचमा नै बनाम् है! यसपालीको चौतारी "कुराकानी"को बिचमा परेच, कहिले काहीं अलि झुक्किने।
मिसले नै बनाए भैगो नि! चौतारी बनाए ठूलो धर्म हुन्च भन्चन्।
इ-मेल् तिम्रो कुरि बसे
बाटो तिम्रो हेरि बसे
आखा मेरा थाकि सके
भोक् मेरो मरि सक्यो
कति मलाइ रुवाउछौ
कति मलाइ सताउछौ
सक्दिन् म जीउन् तिमि बिना
बाच्दीन् म अब् तिमि बिना
:(
मिस अहिले कता जानुभा'जस्तो च। चौतारीमा ओइरो लाग्नेहरु देखेकोले मैले नै बनाइदिएँ मित्र हो। नयाँ चौतारीमा बस्न चैं पोखराको ताल-बाराहीस्थानसम्म पुग्नुपर्नेछ।