Kali Prasad Rijal resigned from Rajparishad - Sajha Mobile
SAJHA MOBILE
Kali Prasad Rijal resigned from Rajparishad
Posts 3 · Viewed 6031 · Go to Last Post
Mirmiray
· Snapshot
Like · Likedby · 0
काली प्रसाद रिजालज्‍युले ऐले आएर बखडा लाएर राजपरिषदबाट राजीनामा दिनुभएछ।हुति र मति भएको भए बैशाख ११ गते अघि दिनपर्ने। चादँनी शाहका गीत भन्‍दै भूत-लेखनमा पोख्‍त पचाँयतका पोषक नीर बिक्रम प्‍यासीका अर्का चोईटा हुन यी मस्‍तराम रिजाल। नत्र भे प्रासादी आयशमा जनतादेखि टाडा रहेर बलिवुड भिडियो सस्‍कृँतिमा बाँच्‍ने परजीविहरुलाई "भन्‍ज्‍यागँ अनि देवराली" केवल कल्‍पनामा मात्र हो। सधै "माथि" भन्‍ने हावापानीमा जागीर खाएका गोप्‍य महामण्‍डले रिजालजीलाई अब साच्‍चै माथि जाने बेला भएको आहसास हुन लाग्‍यो जस्‍तो छ। बिराएपछि वार्दलीमा बसेर "भूतले खाजा खाने बेलामा परियो" भनेर जति कराए पनि अब मुटुमाथि जनआन्‍दोलनको ढुँगामुढा राखी बस्‍न पर्‍या छ।
naya lahure
· Snapshot
Like · Liked by · 0
मान्छे कतिसम्म नकचरा हुन्छन् भन्ने कुराको नमूना हेर्न पर्‍यो भने रिजाल बाजेलाई हेरे हुने भयो। बरू राजिनामाको नाटक गर्नुभन्दा जनतासित माफी मागेको भए पो केही हुन्थ्यो कि? यस्तैलाई होइन र हगिसक्यो दैलो देख्यो भनेको?
Kedar_Sharma
· Snapshot
Like · Liked by · 0
यस विषयमा मैले पनि कान्तिपुरको पाठक मञ्चमा एउटा चिठी पठाएको थिएँ। तर अहिले हेर्दा नयाँ लाहुरेजी कै देखेर लेखे जत्तिकै भएछ। लाज लाज लागेको छ र पनि आफ्नो चिठी पनि यहाँ राख्‍नै मन लाग्यो। हेरिदिनु होलाः कान्तिपुर, वैशाख १९ गते लाज पचेका कवि नेपालीमा साह्रै चोटिला भनाइ अलि अमर्यादित किसिमका छन् । पत्रपत्रिकामा सामान्यतया तिनको प्रयोग गरिँदैन । तर परिस्थितिलाई सबभन्दा राम्ररी चित्रण गर्छन् भने तिनले केही छुट पाउनुपर्छ भन्ने आग्रहका साथ 'हगिसक्यो दैलो देख्यो' भन्ने अनुमति चाहन्छु । यो भनाइ लक्ष्यित छ कवि, गीतकार र आफ्नु निधारबाट राजपरिषद्को कलंक मेट्न आतुर व्यक्ति कालीप्रसाद रिजालप्रति । विचरा कालीप्रसाद ! राजपरिषद्मा अनुदार व्यक्तिको वर्चस्व रहेछ भन्ने थाहा पाउन उनले जनआन्दोलनको सफलता पर्खेका रहेछन् । अनि त उनले स्वतन्त्रता र पूर्ण प्रजातन्त्रमा आस्था राख्ने भएकाले राजिनामा गरेको अरे । उनले बाठो हुने प्रयत्न गरे, तर 'काग बाठो भएर के जाति खाएको' भन्ने उखानचाहिँ बिर्से । बुद्धिमान तामाङ, मृगेन्द्रकुमार सिंह यादव, बृजेशकुमार गुप्ताहरूले समेत संविधानसभाका पक्षमा ताली पिटिसकेको अवस्थामा यस्ता नाथे राजिनामाको कुनै अर्थ छैन भन्ने बुझिदिएको भए '...देख्नेलाई लाज' हुने थिएन । अब हाम्रो मूलदैलो फोहोर पार्ने यस्ता अरू धेरैले 'ज्या है, दैलो भन्ने नै थाहा नपाएर पो त' भन्न थाल्नेछन् । राजिनामाको लहरै आउनेछ । मरेका कुकुरलाई उपियाँले त छाड्छन् भने 'सचेत' मानवहरूले त छाड्ने नै भए नि ! - केदार शर्मा कुपन्डोल, ललितपुर
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 174
· Posts 3 · Viewed 383
· Posts 5 · Viewed 556
· Posts 55 · Viewed 2009
· Posts 4 · Viewed 605
· Posts 6 · Viewed 487
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 113
· Posts 16 · Viewed 2918 · Likes 5
· Posts 3 · Viewed 412



Travel Partners
Travel House Nepal