Chautari XIV - Sajha Mobile
SAJHA MOBILE
Chautari XIV
Posts 297 · Viewed 101356 · Go to Last Post
nepesahila
· Snapshot
Like · Likedby · 0
चौतारी! चौतारी!! चौतारी!!! जवानीमा जवानीमा तानेको गाँजा, गाँजा अहिले मुलाई लाइरा'छ हो नमजा ... ... ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् । बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा। लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। रिटिङ् रिटिङ् नबजाऊ विनायो विनायोले मन मेरो मेरो छिनायो साहिँला दाइ आक्काका खोलापारि म मयाँ लाउँदिन वर्षा लायो भेट हुनै पाउँदिन साहिँला दाइ आक्काका ... ... उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ। कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ। ... ... निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (बह्यो खोला, बेँशी झ-यो सम्मै तिम्रो माया, कलेजीमा टम्मै) ---२ आँखैमा, गाजलू लपक्कै भन माया, लाइदिऊँ कि छपक्कै बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी (रातो चोलो पाखुरीमा टिमिक्कै माया बस्यो आँखैमा झिमिक्कै) ---२ के गोड्नु कर्कलो बारि पर्ख तिम्लाई रोइरने नपारी बैँशैमा, बैँशैमा मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी लेकाली हे, हे, चोयाको डोको सानु माया हे, हे, लगाउने धोको नपुग्दै मर्छु पो क्यारे हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी हे! भन सोल्टी बरोबर नढाँटी ... ... उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ। हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। भै रेछ जम्का भेट, भै रेछ जम्का भेट आँखा तरि कान्छि नानी नजाऊ न भागेर फूल सारे माया नमारे ... ... उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ। लाहुरे: लाहुरेको हारेको कर्म बाँचे भने साईँली फर्कुम्ला यो घरमा नरुनु सम्झेर लाहुरी भाउजु- कुहु कुहु कोइलिको बोली तिमी बिना राजै न्याउलीको सुसेली मन रुन्छ सम्झेर
Load Previous
uptowngal
· Snapshot
Like · Liked by · 0
भौते ज्यो कति मिठो कबिता लेक्नु भाको । म त आज देखि तपा को कबिता को फ्यान भाको छु ।
uptowngal
· Snapshot
Like · Liked by · 0
हित केटा खै आईस क्रीम सक्यो कि छैन । सक्यो भेने भनुस् दात झर्यो रे झरेन hehhehehhe
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
क्यार्न तेस्तो बचन लाउँछौ ए काका बुडा! जाबो चार थोपा मइतेलाँ बिक्ने इमान होइन मेरो। घट्ट जाँदै थेँ तिम्लाई देख्या भ' मार्दिनु, नत्र त कुरो अरि हाल्थेँ नि। मेरा घराँ दुइ -तिन फेरा आगो सल्काम्नलाई मइतेल पैँचो देओ तेति पिर परेओ छ भने आजै चाइन्जो आऊ, एउ जर्किन तिम्रै टाउकाँ खन्याइदिम्ला! यि काका बुडा नानाथरि फलाक्छन्। गोडा दुएक मैना पइला, काकिआमा बुडि भइ एउडि तरुनि खोज्नु परो भन्दै एई चौतारिआँ कुर्लेओ मुइँले मात्तै हैन सपै गाम्लेले सुनेओ कुरो हो। अब बिचरि तेस्तो लछ्छिनकि काकिआमालाई बेथा लागेओ बेलाँ ओखतिमुलो अर्दा पैसा सकिया रिस मलाई पोख्तै हिन्छन ए बुडा त! लु कल अर्न हुँदैन काका, बरु बेलुका हाम्रा घराँ आऊ, सानेले एउडा झक्किओ रातो भाले खोजेओ छ, दादाले बजारआटि जिराओ धुलो र जाईफल, सुकमेल ल्यामछन् रे मजाले पिरो झोल बना'र खानु पर्छ। लु साने चौतारी मजाओ बनाम्नु
Bhaute
· Snapshot
Like · Liked by · 0
जिम्माल, मुखै रसाएर आयो गाँठे। खैरेका गामका कुखुरा भुन्दा त हाम्रा गामका लोकल आलु नै मीठो।
Yahoooooo
· Snapshot
Like · Liked by · 0
हेर हेर काहा गो भनेर घराँ फुच्चे रोहि रा त त्यो मोरो भाले याहाँ चौपारो मा पो रहेछ माइला दाइ को साने ले काहाँ बाट ल्यायो भुन्या त मेरै भाले पो लच काहाँटि मुइले पाले को भाले खानि नि
sano_kanchha
· Snapshot
Like · Liked by · 0
कता के भओ भओ कुरै मिल्दैन भनेको चौपारि बनाम्ने अहिले सम्म ३०० नै पुगेको रैन्छ । अहिले पुग्यो भने अहिले नै बनाम्छु नत्र भोलि । सुत्न पुनि पर्यो नि होइन त ।
sano_kanchha
· Snapshot
Like · Liked by · 0
कुखुरा को भाले जस्ले लगे पनि आखिर खाने त हो नि । लौ न छिटो छिटो ढिडो पकार अनि कुखुरा को तात्तो झोल सित खाने होइन त लौ आम्´नु है निम्तो छ ।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
भाउते लु आऊ ह्याँ फलैँचाँ बसेर तमाखु तान्दै अरौँ हामि। साने, ३०० त पुइआल्छ नि एउछिनाँ। डिजेन सिजेन मिलाम्दै अर, यता हामि भाले पकाम्ने सुरसार अर्छौँ। अइले नै चौतारो बनायौ भुने तेस्को सिमेन्टि सुकुन्जेलमा एता ३०० पुग्छ। तिम्ले ल्याओ भाले त हाम्रा घरको बुईँगलाँ बसेर झ्यालाटि च्याउँदैछ! :)
sano_kanchha
· Snapshot
Like · Liked by · 0
check it Chupari sample.jpg अहिले को चौपारि यस्तो बनाम्ने बिचार अरेको छु । हेर्नु त कस्तो होला । पिपल को बुटा लाइ अल्लि राम्रो बनाको छु के रे ।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
गजप!! लु यहि राखे हुन्छ धेरै राम्रो। यसो गित पनि राख न मिल्छ भने!
shubha
· Snapshot
Like · Liked by · 0
lau na yo chautari ta gajap ko po rahechha sano kanchha mero nam lekhna nabhulnu hai . chautari ra manchhe chinne jimma timro yes patak :)
kick
· Snapshot
Like · Liked by · 0
के था तो मलै जिम्माल माइला तिमी घट्टाँ तिर गाका हौ भन्नि? पराल साल गामाँ घोरल पस्दाखेरि तेसैलाई छेक्न खोज्दा झैं चारहात खुट्टा फाल्दै काल्नै-काल्ना क्यार्न दुगुर्न परेओ थो र घट्टाँ जान नि? लौ त नि जे भओ भओ। जे भा नि मर्तेलओ अनिकाल लाओ छ के रे हाम्रातिर। दुई मुठी हाम्लाई सम्झे काइदा जो हुन्तो। मेरा नि मुखै जो रसाए के रे तो रातो भाले र पिरो झोलओ कुरो सुनेर। लौ म नि यस्सो आम्ला सानकान्छाओ घर तिर बेल्कातिर। अपूर चौपाराका पुराना लंठूहुर कता छन्? आम्चन कि आम्दैनन तेतातिर आज? सिरे केटो, भउते, दादा गोताएँ, मुन्द्रे, चित्रे, लाले, पून्टे, साँइलो, रामकिस्ने, नेपे दाजी हुरलाई नदेखेको नि धेरै जो भओ। जिम्माल माइला घट्टाँ गउँ पिस्दै अरेओ पुरानो फोटु....
sano_kanchha
· Snapshot
Like · Liked by · 0
चौपारि चौपारि ---- चौतारि चौतारि लौ त सुरुवात मैले नै गरेको छु । sanokanchha.jpg ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् । बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते, नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले, परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला ) सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ । यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला। बिएफबिसगोर्खा रेडियो माछापुच्छ्रेएफ एम बिबिसिनेपालि सेवा लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु। उहि तपाइ हरु को सानोकान्छो।
sano_kanchha
· Snapshot
Like · Liked by · 0
यो तेस्त अरेको के हुन्छ कि हुन्न भनेर भओ जस्तो लाओ के रे
sano_kanchha
· Snapshot
Like · Liked by · 0
यो तेस्त अरेको के हुन्छ कि हुन्न भनेर भओ जस्तो लाओ के रे
sano_kanchha
· Snapshot
Like · Liked by · 0
धेरै निद्रा ले समातो केरे तेहि भर मैले भोलि सम्म कुरिन
sano_kanchha
· Snapshot
Like · Liked by · 0
लौ त गाम्ले हरु अहिले त कोहि पनि आएनौ केरे म एक्लै छु चौपारि मा
shubha
· Snapshot
Like · Liked by · 0
congratulation !!! and thanks alot sano babu ramro chha chautari redio ni sunna paine
sano_kanchha
· Snapshot
Like · Liked by · 0
अब को चौपारि मा त मैले टाउका मा चौपारि राउदेको छु के रे
sano_kanchha
· Snapshot
Like · Liked by · 0
लौ त यो चौपारि को कुरा कानि लाइ यहि समाप्त अरेर अर्को चौपारि मा आउनु को लागि अनुरोध अर्छु । यो चौपारि लाइ जस्तै अर्को चौपारि लाइ पनि मया अर्नु होला केरे । ल त सुभ रात्री
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 354
· Posts 1 · Viewed 82
· Posts 13 · Viewed 2008
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 82
· Posts 4 · Viewed 862
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 390
· Posts 3 · Viewed 4642



Your Banner Here
Travel Partners
Travel House Nepal