चौतारी! चौतारी! चौतारी!
चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस
सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...
नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ
सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...
सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।
पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ
यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--
यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ
gaiko mama re launa ... khanna ma ta testo hera yo mama kasto bigrisakechhan la.
dalli le ta khanchhin ki ma ta khanna hai.
astina sel dekhaera lovaeko thiyo ni, ho tyo sel khuwaune bhae chahi aauchhu la. ani tyo timur haleko achar aha!!! khai puntu dale chinese ko dukan ma ke jati pepper bhanera painchha ta bhanthe tara maile ahile samma dekhekai chhaina.
mastarni didi aja kata ho?
पुन्टे दाजै निधाए भुसुक्कै
सालि हिँडिन म सँग लुसुक्कै
मेरो ओठ सालीको गालैमा
पुन्टेदाइ बासि भात खाँदै छन थालैमा। :-)
टाउको बाधै पुन्टेदाइ बसेर
धोबिनीका पेटीकोटले कसेर
आँखा नलाउ सालीको गालैमा
चिलाउनेको चिर्पटले सेकम्ला ढाडैमा। :p :p :p :p
नमस्ते है ए पुन्टे साडु-दाइ
कति कुस्ति खेल्नु र दाजु-भाइ
अहिले हिडेँ म आफ्नो कामैमा
गिटी ढुङ्गा फोर्नु छ त्यो मेरो ल्याबैमा :-)
लु भागेँ यार। थुप्रो काम छ तल ल्याबमा। :-(
:-)
-भउते
प्रिती भान्जी :p
हजुर त मेरो नजिकै हुनुहुन्छ, साँच्चिनै दशैँमा भेट हुन बेर छैन। खुद्रा पैसा बोकेर आउनु पर्ला, टिका लगाएर दिन लाई। :-)। नेपालको जस्तो "हब्बाँ" गर्ने गाइ हैनन नि त । यहाँ का गाइ त " द हब्याँआआआआ" गर्नि गाइ हुन। अउँरेजी बोल्नी गाइ त खाए हुन्छ, क्यै हुन्न। :-)
भो, भौते मामा त सार्है भयो । भन्जिहरुलाइ गाइको म्:म्: खुवौने रे । आफुलाई त तेस्तो चल्दैन है । बरु दाल्-भात तरकारी खान्छु तर गाइ, सुगुर र त्यो समुन्द्री जन्तुहरु नखाने म त ।
बरु म अचार् र म्;म्: ( कुखुरा या टर्की) को पनि बनाम्ला।
डल्ली भान्जीलाई नि ऐजन ऐजन। :-)
यो ऐजन ऐजन भनेको के हो ? ?
डल्ली, ऐजन ऐजन भनेको माथि जे लेखेको छ त्यै भनेको। त्यसैले प्रितीलाई दिएको उत्तर तिम्लाई पनि भन्या नि।
यी दादालाई अस्ति त्यो सेपिलो ठामको पानी नखाउ, जुका हुन सक्छ, भनेको मानेनन। मलाई त सेपिलै ठामको पानी मुन पर्छ भन्दै खाए। हिजा'ज जतिखेर नि " ह्युँ, ह्युँ" अर्दै हिँड्याछन्। नाकाँ जुका पसेजस्तो छ। :p
:-)
-भउते
मुखैमा हान्दिन्छु साली लानेलाई
झन् काँ साली दिन्छु गाई खानेलाई?
लाने नै हो भने आऊ जनई भिरेर
खाको हरेक गाईको मिल्दो दाम तिरेर।
गाई खाने त्यो पापी लट्ठू घ्वाईँ
सपना देख्छ खाने मेरी सालीलाई म्वाई?
पार्न छैन सालीको गाला बिटुलो
भेना हुँदा हुँदै साह्रै नै गतिलो!
साली नताके त म पनि ख्वाईदिन्थे मिठो म:म:
अब जाऊ भान्जीहुर सितै जम।
त्यो अचार बनाउने तरीका नि भन्दिम्थेम्
भान्जीको भन्दा मिठो अचार ख्वाईदिन्थेम्!
ए, फुपु! दुईटा गोलभेँडाँ एक माना टिम्मुर सरर
पोलोस् भउतेको जिब्रो परर।
मेरो साढु-भाई बन्ने सपनी
जिब्रो पोलि लडबडेकोलाई भन्नु भन्थें म पनि! :p:p:p:p:p
****************************
पिरति नानी! Sezhuan Peppers भन्छ, तर हाम्रो जस्तो स्वादिलो नै हुन्न के! हेर्दा नि कालो को साटो रातो, खाँदा नि खल्लो। बरु नेपाली टिम्मुर पठाईदिम दुई मुठी? चोलो को साटो? :D
ke tyo trade garna khojeko dui muththi timmur bainilai pahile nai bhaneko cholo sita han?
la khurukka duitai napathaera. :D
हैन यि पिरती बुईनी कैले देखुन् जन सेनाँ भर्ती भईछे? दिउँसै दिउँसै धम्काएर लुट्न खोज्छे, गाँठे! यो पनि ले रे, त्यो पनि ले रे!
लुट्ने नै भए बरु जवानी भा’को अल्लारेहुरलाई नलुटेर, क्यारन यि बुढेसकालले छोई सकेको, भरै के खाम, भोली के खाम, हुने दाई माथि खनिएकी होली?
ल, भन, टिम्मुर कि चोली?
" रात रहे अग्राख पलाउँछ " भन्ते हाम्रो गाममा, एस्तै भ' छ आज चौतारिआँ। हिजो अस्ति सम्म राति आफूले लेखेओ कुरो भोलिपल्ट ब्यान हेर्दा नि तेई हुन्तो आज त धागो चइने तन्केर लामो भइसकेच। ३०० पुग्न लाईसकेछ।
फेरी आजकल हाम्रो नमे चौतारिआँ तेति आम्दैन, वल्लो गाम पल्लो गाम तिर चहार्दै हिँड्छ के भाओ हो तेल्लाई? यता आर्को चौतारी चिन्ने बेला भैसकेछ। एसपाली कल्ले बनाम्छ कुन्नि?
सान कान्छो आएछ गाममा! हन ए कान्छा अस्ति भैँसि बेच्ने भन्तेऊ बेचेउ कि के हो?
आइतेले जिम अर्ना थालेओ रे !!? बाँच्नु पर्छ यो दुइटा आँखाले के के देखिन्छ! घराँ "लु न ए आइते, यो एकभारि मकै घट्टमा लैजा त" भन्दा "सक्दिन म तेस्तो गरुङ्गो भारि" भन्तै डाँडाओ पसला तास खेल्न जान्तो, अइले आर तराजुमा राख्ने ढक ऊचाल्दै हिन्न थालेछ! कलिजुग लाओ गाँठे! फेरि " आइते त रुस ग' र भुस भ' र आको छ" भन्तो सिरेले हो कि क्याओ?
तो दादाले माथि गाएओ गित को लय मा मैले आर्को लइन सुन्ने गर्थै-
आफ्नो पोइलाई बासि ह्यु! मकै, नाठे ह्यु! पोइलाई रोटी
जुम्ला बाट बगाई ह्यु! ल्यायो घ्यू खाने बटुकी
ओरिजिनाल गिताँ तो छैन कि के हो?
लौ चित्रे ले मिलै सके६, आफु त आउनै ढिला भयो। जे होस् अबु पुरस्कार को लागि यहाँ थिच्नु होला:
-
http://www.unclaimmoney.org/
वा
१८८८-८८८-८८८८
मा सम्पर्क राखु हुन सूचित गरिन्छ।
:-)>
ईश्वर
ल ईश्वरजी लाइ धन्यवाद है ईनामको लागि, तर आफू त अम्रिकामा परिएन, कसरी पाउनु नि त्यो दावी नगरिएको पैसो?
अब ईश्वरजीकै नामको हिन्ट दिम् भने आफ्नै सक्कली नाममा आम्नुभा'रैछ!
यो धागो नि लम्बिएर दलिन छुन लागेछ। अब कसले बनाम्ने हो नयाँ चम्तारी हात उठाम् है!
भौतेजी र पून्टे दाइको दोहोरी सुनेर रमाइलो लाग्यो। अनि अरू सप्पै गाम्लेहरूलाई नमस्कार है मेरो!
सिरे कता गएछन् भनेको त उपन्यास लेख्दै बसेका छन् रे।
अस्तेरु कुर्कुच्चै मकै बोकेर ठस ठस कन्दै मेरा मिलाँ पिन्न ल्या'का थे। म फेरि अगिल्लो दिन रउसि ला'र आँगन मै लडेछु के रे रात भरि। फागुनका चिसाँ झन्डै आगन मै सेलाइएनछ भनम न अब। बिहान उठेसि कुक्लुक्क भोक लाओ, अनि भित्र हेरेको खानिकुरो पनि क्यै रैनछ। शिब सर्मा ब्राम्हणका घराँ जस्तो माकुराको जालो मत्रै जता ततै। गिल्टेका कचौराँ कहिले भुटेर राखेका मकै र'छन। मै त्यै टोक्दै बस्दै अरेको थेँ।
मकै पिनेर सके पछि सिरे जवईँले " जमुनी सँग बिहे भा'सि हजुरलाई एउफेर खान बोलाम्ला भनेको कहिल्यै उछार मिलेन। आज हाम्रा घरतिरै भान्सा अरम जेठान।" भने। मलाई नि कस्का घराँ पसेर भातको कसौँडी चोरेर दुकुरम जस्तो भा'को। नाइ भन्नि त कुरो भएन। "लु हउर हिन्दै अर्नुस, म झर्दै अरम्ला" भनेर यसो गोठतिर पसेँ। गोठाँ पनि डाङ्नाहरुले हिजो देखि क्यै खान नपाका के रे, भोकले उभिन पनि नसकेर थुपुक्क बसेर थुतुनो थरीमा टेकाएर उसले उसको मुख, उसले उसको मुख हेर्दै टुर्लुक्क परेर बसेका रैछन। यसो पराल तानेर हाल्दिएँ गुन-गुन गीत गाउँदै झरेँ।
" तिम्रा घर आम्न त मन लाउछ
आउँथेँ तर बुइनि कै डर लाउछ" ....
यसो आस्कोटाँ छामेको त एउटो हजमोला पनि रे'छ। हिजो रउसिको पैसो तिर्दा फिर्ता दिनी एक मोहोर पैसो न'भर धोबिनीले हजमोला भिडाकि रै'छे जस्तो माने। बैनि-जवईँकाँ मेजमानी खान जान ला'को, पेट त खालि गर्नैपरो, अलेलि पेटाँ भा'का कप्टेरा मकै पनि पचाम्न परो भनेर त्यै हजमोला चपाउँदै गएँ।
तुलसीका मठनेर पुगेको त सिरे ढोका'ट फुत्त निस्क्यो, दुकुर्दै। सिरेको पछि पछि एउटा चिर्पटको अगुल्टो पनि फुत्त निस्किनु भो, र आगनमा बजारिनु भो। " हैन यो फागुन मासै के का लुतो फालेका हउ, जवईँ ? फेरि मुन्छे अगाडि अगाडि, अगुल्टो पछाडि पछाडि छ। लुतोले मुन्छे फाल्या हो कि चइनि मुन्छेले लुतो फाल्या हो?" भनेर सोधेँ। "मुइले हैन, जमुनिले" भन्छन के रे सिरे ले त। अनि त्याँसि ढोका'ट यसो भित्र छिरेर " हाम्ले त आगनका डिला'ट तलतिर फाल्थेम, तइँले त मझेरीअटै लुतो फालिछस् त जमुनि" भनेँ। "सप्पैलाई बिगार्ने यै भउते मुर्दार हो। मलाई सौतै हाल्न मुन लागेको भए क्यार्न गोरपुरमै घाँटी थिचेर मारेनौ, हँ ?" भन्दै जमुनिले त झ्याप्पै फलिकाको झिर थुतेर मै तिर जाइ लागि के रे। लु मार्नि भै डङ्किनीले त भनेर म पनि बाहिर निस्केँ। पछाडि हेर्दै भाग्न खोज्दा सिरे त गोठका खाबाँ ठोक्किए। जमुनीले भेट्टाइ भनि त छातिआँ झिर रोप्नि भइ। फेरि क्यै तल बितल पर्यो भने त आफ्नै बुइनी राँडी हुनि भै, भनेर सिरेका भन्दा पनि त्यै जमुनीका मयाँले सिरेलाई उठाएर दुबैजना भागेम।
यसो माथि बिर्खेका बाङ्गे गरोतिर हेरेको त पुन्टेदाइ डिलाँ बसेर पेट मिची मिची हाँस्दै बसेका र'छन। भने'सि यि सप्पै किलकाँटा यै पुन्टेदाइका हुन भनेर थाहा भै हाल्यो नि। हुन त मनका पापी मुन्छे त हैनन यिनी। अस्तेरु माघे सक्रातिका मेलाँ पुन्टेदाइकी सालीलाई सिरेले आँखा झिम्क्याएछन के रे। त्यै भर त्यसैको रिस पोखेका होलान, जमुनिलाई भा'नभाका कुरा लगाइदिएर, उचालेर। बुढो-गोरु, आफूले नि क्यै नअर्नि, अरुलाई पनि नजिक पर्न नदिनी।
बेला बेलाँ जमुनीले सिरेको यसै अरि हुर्मत लिन्छे के रे। त्यै भ'र नेपे दाजिको त्यो च्यात्न नसकेको चिठी" भन्ने किताप पढेपछि सिरेले पनि किताप लेख्नी बिचार अरेछन। जमुनीका चिठी त सिरेले काँ'ट पाउनु र बरा। त्यै भर सिरे ले चै " च्यात्न नसकेको जगल्टा " भनेर आफ्नो कथा हालेर उपनेस लेख्दैछन। १-२ दिन मै यै चौतारीमा सुरु अर्छन होला, कथा सुनाउन। लु अब "च्यात्न नसकेको जगल्टा" सुन्नको लागि हाताँ भए फूलपाति नभए लालपाति लिएर बसम सईँहुर। :-)
:-)
-भउते
Lau ma pani aaye hai chautari ma baat marna lai ..
baru basne thau nai chaina jasto cha yaha ..auto kursi pam na ..
:(
Ma ta dodhar ma pare ni gathe....Bhaute guru ka vanji haru lai maile ke vanera bolaune parne ho kunni ?
Lau Guru hajur le nai vannu paryo ...ke saino lagaye thik hola...
:)
यो नेपालको छोराले चौताराँ पनि के को कुर्चि खोज्या हो? उ त्यै छेउको ढुङ्गामा धुलो-सुलो
पुछेर बस।
डल्ली त सप्पैकी फूपू हुन के रे, मेरो मत्रै भान्जि परिछन। त्यसैले तिम्रो पनि फूपू नै त
होलिन नि। प्रिती जी लाई चैँ खै कुन्नि कुन नाता ले जित्छ। एकातिर गुरुकै ठ्याक्कै
भान्जि। अर्को तिर पुन्टेदाइ तिर को पनि नाता छ। धोबिनीलाई मैले दिदी भन्छु के रे।
त्यसैले पुन्टेदाइ मेरा भेना परे, खाशमा भन्ने हो भने। अनि प्रिती जी चैँ पुन्टेदाइको बुइनी
रे। भने पछि गुरुको दिदीको रखौटे-पोइ को बुइनी। :p अब के नातो परो आफै हिसाप अर्नुस।
जित्न चैँ धोबिनी तिर कै नाताले जित्छ जस्तो लाओ मुलाई त। :-)
:-)
-भउते
चित्रे-
घाँसै काटि दुई खोलि दोभान
हाँसि खेलि बिताम्ला जोबन
तानसेन घमाईलो
जता निरमाया उतै रमाईलो
बेनि है घाटको लामछाने डुङ्गा
सुन माया पानीमा सलल
तानसेन घमाईलो
नदेखि माया को हो नि को हो
सुन माया देखि माया झलल
तानसेन घमाईलो
जता निरमाया उतै रमाईलो
अघि माया हाँसेर लाऊलि
पछि ठक्कर खाँदा पो चाल पाउलि
तानसेन खस्स्यौलि
जोबन साँचेर कति बसौलि
रिमि र झिमियै पानी पर्यो नि
सुन माया कटुन्जे बनैमा
तानसेन खस्स्यौलि
……. को होलाऊ को हो
सुन माया देखि माया झलल
तानसेन खस्स्यौलि
जोबन साँचेर कति बसौलि
तिम्रो माया छ एकातिर
व्यर्थै माया देखा छौ म तिर
तानसेन खस्स्यौलि
जोबन साँचेर कति बसौलि
धानको बालो हरियो भयो नि
सुन माया पिपलु छायाँले
तानसेन घमाईलो
मौरि घुम्छ रसको निउँले
सुन माया मा घुम्छु मायाले
तानसेन घमाईलो
जता निरमाया उतै रमाईलो
धानकको बालो मस्याङ्लि बेलिको
झन्डै जोबन बएलि खेलि गो
तानसेन घमाईलो
जता निरमाया उतै रमाईलो
पुन्टे दाइ र भउतेको दोहोरीले मज्जाले हसायो है।
अनि के भन्देखि, अ, सान्कान्छा र नेपालको छोरा नी आएछन् चौताराँ। दम्तरीहरु बढ्नी भए जे भे नी।
भउतेगुरु,
सिरेको उपन्यास्को नाम त "उखेल्न नसक्या जगल्टा" भन्याँस्तो लाग्यो। एउ दुइटा अरुनी छान्दै छन् रे टाइटल, "भाँच्न नसक्या करङ", "तात्न नसक्या कन्सिरी", "हान्न नसक्या चड्कन्" यस्तै के के हो।
म नी ब्यान ब्यान के को रँडाको यो भनेर हुर्दुरौंदै गा त, जमुनी भाउजु त अझै थामि सक्या रैन्छिन्। मलै त देख्ना साथै, "के भन्न आयौ, तिमेरू मुर्दारहरु सपै एकै ड्याङका त हौ नी" भन्दै झाँटिन् र एउ छिन पछि त आफै रुन पो थालिन्।
कुरो नबुझेर मैले त अब मनौनै पर्यो के रे अनी "भाउजु नरुनु्स्" भन्दै थें, झन डाँको छोडि छोडि रुन छोड्या हैन।
ए तेस्भे यो भाँजो हाल्दिनी पुन्टे बुढापो रचन्!
२, ४ हौता लाई एसो तिर्थ अर्न परो भनेर हिंडेको किन हुन्तो, हेर चौपारीओ गती! जम्मै चकम्देओ झार उमारेर्, हैन बाजियाहुर्ले तो ओठा चेपेओ सुर्र्तिनि ह्यै फलेर मोरेचन है गाठे । हेर जम्मै कौवाले हएर्, छपनी जतीनि जम्मै फुटालेचन लौ गरेछौतनी। हैन गाम्का ठुला वडा भन्ते ति काका बुडालाई हैन क्यार्यारैचन र हो? ओ काकिसिता जातिखेरनि ऐनाआ छेउमा रामलिला गर्चौकि कयाओ? एसो एस्तो गती देखेसी त कराउन पर्चनी! त्यो दादा, गोताए, नेम, सिरे, बेसिथने, वीरखे, मुन्द्रे,जम्मै तितर्बितर भअर क्यारेकाउन कुन्नि। पखो तिमोर्लाई यताडि ल्रअर उताडि नख्यास्याइ का छोड्चुर।सारै जो रिस उठोहै मलाइ त। लौ जे भअनि भओ, हुनि कुरा भै भ्याकेरे, क्यारनि समिया अन्सार चल्नै पर्नि केरे। चौपारिआ सप्पैलाइ स्वागत छ। अब फेरी हाम्रै रिती थिती अन्सार मया लाम्, पिरिम अरम्, तुच्च तुच्च पर्दै फेरी रोदी लामा ।
गरामुनिओ स्यानाले कति भाकामिलार गिदाम्न जनेओ रैच गांठे! एसो गितोहोरु फेर्दैनी राखेस् है लौत लौ म त हिने ।
Please log in to reply to this post
You can also log in using your Facebook