SAJHA NEPALI GURU - Sajha Mobile
SAJHA MOBILE
SAJHA NEPALI GURU
Posts 83 · Viewed 31745 · Go to Last Post
Bhaute
· Snapshot
Like · Likedby · 0
युनिकोडको बिकास पछि साझामा नेपाली भाषाको एउटा लहर नै चल्यो। कथा, कविता,गजल देखि लिएर स्थानीय लवजमा गरिएका सम्बादहरु यसको ज्वलल्त उदाहरण हुन्। यसै शिलशिलामा साझामा नेपाली भाषाको ब्याकरण सम्बन्धि छलफल चलाउने कुरा बेला बेलामा उठिराखेको हो। तर सायद कहाँ बाट सुरु गर्ने, कसरी सुरु गर्ने र कसले सुरु गर्ने द्विविधामै केहि दिनहरु बिते। ब्याकरणको बारेमा कसैले नेतृत्व गरेर पाठ-१, पाठ-२ गर्दै छलफल चलाउदै लैजान सायद असम्भव नै छ होला। पछि कसैले नयाँ धागोमा त्यसरी छलफल चलाउनु भयो भने त्यो हाम्रो लागि अत्यन्त खुशिको कुरा हुनेछ। नेपे जीले भने जस्तै नेपालमा (जस्तै केदार शर्मा जी) वा अन्य कतै नेपाली भाषा सम्बन्धि कुनै योजनामा आवद्ध महानुभावले यस सम्बन्धि केहि सोचिदिनुहोला भन्ने आशा गरौँ। तर तत्कालको लागि हाम्रो झिना-मसिना समस्या र कौतुहलतालाई एउटै धागोमा समेटेर छलफल गर्दै जाउँ भन्ने हेतुले यो धागो सुरु गरेको छु। स्रोत र साधनको अभावमा धेरै उच्चस्तरीय छलफल असम्भवप्राय: नै छ। सायद त्यो हाम्रो अहिलेको आवस्यकता पनि होइन। सामान्य शब्दार्थ, वर्णविन्यास, शुद्धा-शुद्धि, ह्रस्व-दीर्घ , वाक्य बनोट जस्ता कुराहरुमा कसैलाई पनि जिज्ञासा भएमा यहाँ राख्नुहोला। मलाई विश्वास छ, साझामा लेख्ने तथा नलेख्ने शेरै भाषा विज्ञहरु हुनुहुन्छ। विज्ञ नै नभए पनि आफ्नो धारणा राख्न कसैले पनि हिच्किचाउनुहुनेछैन। यसै क्रममा एक-अर्काको त्रुटि औँल्याउन पनि नहिच्किचाउनुहुन मेरो अनुरोध छ। देशप्रेम भाषाबाट सुरुहुन्छ। भाषा हाम्रो, भेष हाम्रो: त्यसैले त देश हाम्रो आउनुहोस पहिले आफ्नै भाषा सिकौँ। यो धागो आफैमा नेपाली गुरु हो र हामी सबै यसका चेलाहरु। त्यसैले यसको नाम "साझा नेपाली गुरु" भयो। :-) :-) -भउते
Load Previous
Pretty
· Snapshot
Like · Liked by · 0
कुरा एकदम् सही गर्नुभयो विश्वमान चित्र ज्यु ले| ल मैले यती मात्र टाइप गर्न सके नेपलीमा|
Ok
· Snapshot
Like · Liked by · 0
हैन यत्रो दिन कता हराएँछु हँ म? यो धागोमा त आँखा नै नपरेको! पानपातेजी, तपाईँले लेखेको ब्राकेटभित्रकोलाई ब्राकेट बाहिरकोले रिप्लेस गर्दा कसो होला? "म पनि त्यस्तो भाषा विज्ञ (बिग्य) त (ता) हैन, नेपालीमा (नेपाली म) झण्डै (झन्डै) फेल भएको त्यहि (तेही) पनि नेपाली भाषा यति (यती) फ्लेक्सिबल छ कि यसमा (यस्मा) त्यस्तो शुद्ध-अशुद्धको (सुद्द असुद्द को) कुरा नै छैन त्यसैले (तेसैले) कवियत्री (कवियात्री) ठीकै (ठिकै) छ, तर "सक्रिय" र "सकृय" दुबै लेख्ने चलन छ है जस्तो लाग्छ।" यसो गुरु बनि टोपलेको नि :) --- ओके
Ok
· Snapshot
Like · Liked by · 0
प्रीटीजी, तपाईँको लेखाईलाई पनि यसो गरौँ न, हुन्न? कुरा एकदम (एकदम्) सही गर्नुभयो विश्वमानचित्रज्यूले (विश्वमान चित्र ज्यु ले)। ल मैले यति (यती) मात्र टाइप गर्न सकें (सके) नेपालीमा (नेपलीमा)। --- ओके
panpate
· Snapshot
Like · Liked by · 0
ओहो कहाँ बाट झुल्किनु भो OK गुरुदेव दर्शन है टाढैबाट दर्शन अब गुरुदेव को सुझाबले नेपाली पनि सिक्नु पर्‍यो क्या धेरै भयो नेपाली नै नलेखेको तेसैले यस ल सि पछी बल्ल युनिकोड्ले गर्दा टाईप गर्न पाहिएको छ
Nepe
· Snapshot
Like · Liked by · 0
>दुई साना कुरा सोध्न मन लाग्यो। > >१. "कवियत्री" शुद्ध हो ? हैन भने कसरी लेख्ने? >२. "सक्रिय" ठीक हो कि "सकृय" ? > >साथीहरुबाट सुझावको आशा छ। अशुद्ध: कवियत्री शुद्ध: कवयित्री शब्दकोश अनुसार: सक्रिय आफुखुशि: सकृय Source: - http://www.alkhemy.com/sanskrit/dict/dictall.pdf
Ok
· Snapshot
Like · Liked by · 0
नेपेजी, थ्यांक्यू! --- ओके
nails
· Snapshot
Like · Liked by · 0
dang, the whole thread is in nepali not even one work that's english except the topic :( wonder what it's about! :S :(
world_map
· Snapshot
Like · Liked by · 0
Nails, This thread is about Nepali grammar, its limitations, modifications and continuous progress.
nails
· Snapshot
Like · Liked by · 0
thanks world map! :) :) Don't even know how to read nepali what am i gonna do with the grammer? :P :P not a thread for me then! :) :) well hmmm... the only reason i wanted to post was curiosity about the thread and also to put some english words into thread so it doesn't turn out to be just all nepalese. :)
DevilKoTail
· Snapshot
Like · Liked by · 0
hyaaaa thread nai bigrayo angreji lekhera yo 'nung' bhanne le!!!... besari hasnu (LoL)
Gautam B.
· Snapshot
Like · Liked by · 0
धन्यवाद नेपे गुरु। त्यो सूत्रको लागि पनि।
Gautam B.
· Snapshot
Like · Liked by · 0
आजको कान्तिपुरबाट। "सञ्चारमा गलत प्रयोग" डा माधवप्रसाद पोखरेल अचेल नेपाली अखबारहरूमा 'पुनस्र्थापना', 'पुनपर््रयोग', 'अन्तक्रिर्या' र 'मनोकामना' जस्ता तथाकथित संस्कृत शब्दहरू प्रयोग भएका देखिन्छन् । तिनै शब्दका छेउछाउमा संस्कृत र हिन्दी रूपमिश्रण भएको 'पुनर्ताजगी' भन्ने शब्द पनि पर्छ । यी शब्दहरू संस्कृत विसर्ग सन्धिको नियमअनुसार अशुद्ध छन् । मैले थाहा पाएसम्म हरेक समाचारपत्रमा भनेजसो संस्कृत व्याकरण पढेर आउने पत्रकारहरूको कमी छैन । पत्रकारिता क्षेत्र भनेको भाषाको समसामयिक प्रयोग भइरहने र सबभन्दा बढी पाठकहरूले पटक-पटक देखिरहने -र सुनिरहने) फाँट हो, यसैले कक्षामा व्याकरणका गुरुजीले सिकाएको कुरोभन्दा सञ्चारमाध्यममा भएको बारम्बार प्रयोगबाट माथिल्लो तहका विद्यार्थी र प्रयोगकर्ताहरू बढी प्रभावित हुन्छन् । कहिलेकाहीं के हुँदोरहेछ भने, एउटा अखबारले नजानेरै गल्ती गर्‍यो भने पनि अरू अखबारले आकर्षक ठानेर त्यसैको सिको गर्दारहेछन् । संस्कृतमा विसर्ग पाँच किसिमले वाक्यमा अभिव्यक्त हुन्छ ः -क) 'र' वर्णका रूपमा -ख) 'स' वर्णका रूपमा -ग) 'ओ' वर्णका रूपमा -घ) लोपका रूपमा -ङ) विसर्गका रूपमा १. संस्कृत शब्दका अन्त्यमा नेपाली 'तास' र 'तार' जस्ता शब्दमा झैं रेफ -'र' ध्वनि) र सकार भेटिँदैन । त्यस्ता परिस्थितिमा रेफ र सकारका ठाउँमा विसर्ग हुन्छ, जस्तै ः नमः -नमस्), मनः -मनस्), तेजः -तेजस्), पुनः -पुनर्), प्रातः -प्रातर्), अन्तः -अन्तर्), पुरः -पुरस्), धनुः -धनुर्), ज्योतिः -ज्योतिर्), चतुः -चतुर्), बहिः -बहिर्), आयुः -आयुर्), आशीः -आशीर्), आदि -नियम ः खरवसानयोः विसर्जनीयः, पाणिनिसूत्र) । २. 'पुनर्', 'अन्तर्', 'प्रातर्', 'धनुर्', 'ज्योतिर्', 'चतुर्', 'बहिर्', 'आयुर्', 'आशीर्' जस्ता रेफ -'र' ध्वनि) मा टुङ्गो लाग्ने शब्दको 'र' ध्वनि पछाडि घोष ध्वनि -गजडदब, घरुढधभ, ङनम, यव, स्वर) भएमात्र जोगिन्छ, जस्तै ः अन्तर्गत, दुर्गति, दुर्गन्ध, बहिर्गमन, अन्तर्जातीय, निर्जलीयता, निर्जीव, पुनर्जन्म, निर्जन, अन्तर्देशीय, निर्देशन, निर्दोष, निर्धन, धनुर्धारी, निर्धारण, ज्योतिर्मय, निर्मल, निर्माण, निर्यात, दुर्योधन, दुर्लभ, निर्लज्ज, अन्तर्वार्ता, आशीर्वाद, पुनर्विवाह, निर्वाह, दुव्र्यवहार, निर्वस्त्र, निर्विकल्प, पुनरुक्ति, निरङ्कुश, निरुक्त, प्रातराश, चतुर्दिक्, चतुर्मास, बहिरङ्ग आदि । नेपाली सञ्चारमाध्यममा अचेल नबिराई आउने 'पुनर्' शब्द पछाडि अघोष ध्वनि -कचटतप, खछठथफ, शषस) भएकाले ती शब्द अशुद्ध हुन् । ३. नेपाली 'घुर्रो', 'मुर्रो' र 'पर्रा' शब्दमा झैं संस्कृत शब्दमा 'र' वर्णको द्वित्व हुँदैन, त्यसैले 'अन्तर्राष्ट्रिय' नेपाली संस्कृत शब्द हो । संस्कृत व्याकरणअनुसार 'अन्ताराष्ट्रिय' शब्द बन्छ, 'अन्तर्राष्ट्रिय' शब्द बन्दैन । संस्कृत व्याकरणको नियमअनुसार वाक्यमा अघिल्लो शब्दका अन्त्यमा पनि त्यसपछि आउने शब्दका सुरुमा पनि 'र' वर्ण आयो भने अघिल्लो रेफको लोप हुन्छ र त्यस अगाडिको स्वरचाहिँ दीर्घ हुन्छ, जस्तै ः नीरस, नीराजन, नीरोग, नीरज, अन्ताराष्ट्रिय । ४. अरू सबै भाषामा झैं संस्कृतमा पनि दुई किसिमको सन्धि हुन्छ । एउटा शब्द वा रूपभित्र मात्र सीमित हुने वर्ण परिवर्तनको नियमलाई आन्तरिक सन्धि र दुईवटा शब्दका बीचमा मात्र सीमित हुने वर्ण परिवर्तनको नियमलाई बाह्य सन्धि भन्ने चलन छ । संस्कृत भाषामा द्रविड भाषाको प्रभावमा परेर षकारको विकास पछाडि भएको देखिन्छ, त्यसैले दन्त्य स कहाँ-कहाँ लाग्छ भन्ने नियम नभएर पाणिनिले आफ्नो व्याकरणमा षत्वविधानचाहिँ दिएका छन् । त्यस नियमअनुसार अकार र आकारबाहेक अरू स्वर पछाडि दन्त्य स मूर्धन्य षमा बद्लिन्छ । यस नियमको अपवाद आन्तरिक सन्धिमा मात्र पाइन्छ, जस्तै ः विस्फोट, विस्फीति, विस्मय नत्र नियमअनुसार रसना, प्रशासन, चतुष्कोण, बहिष्कार, विष, भीषण, उषा, मूषक, ऋषि, घोषणा, ज्योतिष, औषधिजस्ता शब्द बन्छन् । ५. अन्त्यमा रेफ अथवा सकार भएका रूप पछाडि सकारबाटै कुनै शब्द वा रूप सुरु हुन्छ भने, त्यो अघिल्तिरको रेफ पनि कि त्यसपछि आउने सकारको उच्चारणस्थानसँग समीभवन हुने -अथवा मेलखाने) सकारमा परिवर्तन भएर क्रमशः एकनासको सकार बन्छ कि अघिल्लो सकारचाहिँ विसर्गमा बद्लिन्छ, जस्तै ः प्रातस्स्नान -प्रातःस्नान), चतुश्शाला -चतुःशाला), चतुश्श्लोकी -चतुःश्लोकी), मनस्सन्तुष्टि -मनःसन्तुष्टि), पुनस्संस्कार -पुनःसंस्कार), दुस्साहस -दुःसाहस), दुस्साध्य -दुःसाध्य), दुस्स्वप्न दुःस्वप्न), दुस्साहस -दुःसाहस), दुश्शासन -दुःशासन), ज्योतिश्शास्त्र -ज्योतिःशास्त्र), निस्सन्देह -निःसन्देह), निस्सन्तान -निःसन्तान), निस्सार -निःसार), निस्स्पृह -निःस्पृह), निश्शब्द -निःशब्द), मनस्स्िथति -मनःस्थिति), अन्तश्शुल्क -अन्तःशुल्क), पुनस्स्थापना -पुनःस्थापना), प्रातस्स्मरण -प्रातःस्मरण), निश्शुल्क -निःशुल्क) -नियम ः विसर्जनीयस्य सः, पाणिनिसूत्र ८।३।३४) । ६. अन्त्यमा रेफ अथवा सकार भएका रूप पछाडि क वर्ग र प वर्गका अघोष -कप, खफ) वर्ण भए, त्यो रेफ पनि कि सकार बन्छ कि सकारसमेत विसर्ग बन्छ । उपसर्ग भए, त्यहाँ अनिवार्य रूपमा सकार हुन्छ, तर दुई शब्दका बीचमा समास भए, विशेष नियममा बाहेक विसर्गमात्र हुन्छ, जस्तै ः -उपसर्गमा) ः दुष्कर्म, दुष्प्रभाव, निष्कपट, निष्कण्टक, निष्काम, निष्त्रिmय, निष्कर्ष, निष्पाप, दुष्परिणाम, निष्फल, निष्काशन, निष्पक्ष । -समासमा) ः मनःकामना, पुनःपरीक्षा, ज्योतिःपुञ्ज, प्रातःकाल, अन्तःकरण -विशेष नियम) ः अन्तस्करण, नमस्कार, पुरस्कार -नियम ः नमस्पुरसोर्गत्योः, पाणिनिसूत्र ८।३।४०) । ७. कुनै शब्दका अन्त्यमा अकार पछाडि विसर्ग छ र त्यसपछि घोष व्यञ्जन -गजडदब, घरुढधभ, नम, यरलवह) छ भने, त्यो विसर्ग समेतको अकारचाहिँ ओकारमा बद्लिन्छ, जस्तै ः अधोगति, मनोज, पुरोडाश, मनोदशा, मनोबल, पुरोधा, अधोभाग, मनोभाव, मनोनीत, मनोमालिन्य, मनोरञ्जन, मनोविज्ञान, मनोवाद, तेजोवध, मनोहर -नियम ः हशि च, पाणिनिसूत्र ६।१।११०) । अचेल नेपाली सञ्चार क्षेत्रमा धेरै प्रचलित 'मनोकाङ्क्षा, मनोकल्पना, मनोकामना' जस्ता शब्दमा विसर्ग पछाडि अघोष वर्ण 'क' भएकाले तिनीहरूको शुद्ध रूप 'मनःकाङ्क्षा, मनःकल्पना, मनःकामना' हुन्छ । माथिकै विश्लेषणका आधारमा 'पुनस्र्थापना, अन्तर्कलह' र 'पुनपर््रयोग' शब्दको शुद्ध रूप क्रमशः 'पुनःस्थापना' -अथवा 'पुनस्स्थापना'), 'अन्तःकलह' र 'पुनःप्रयोग' हुन्छ । 'अन्तक्रिर्या' शब्दको शुद्ध रूप दुइटा हुनसक्छ ः 'अन्तःक्रिया' अथवा 'अन्तरक्रिया' ।
Gautam B.
· Snapshot
Like · Liked by · 0
साथीहरु, सानो प्रश्न। "उच्छवास" भन्ने नेपाली शब्दको ठ्याक्कै अर्थ के हो? यो शब्दको सबैभन्दा सटीक प्रयोग कुन अनुभवलाई ब्याख्या गर्नलाई हुनसक्छ? अधीरता, असीमित खुशी----------------------? जानकारहरुबाट ब्याख्याको पर्खाइमा। धन्यबाद।
gaalab
· Snapshot
Like · Liked by · 0
गोताएँजी, "उच्छवास" भन्ने नेपाली शब्दको ठ्याक्कै अर्थ के हो? यो शब्दको सबैभन्दा सटीक प्रयोग कुन अनुभवलाई ब्याख्या गर्नलाई हुनसक्छ? मैले थाहा पाए सम्म "उच्छवास" भनेको लामो सास लिनु हो, विशेष गरी लामो थकाइको अन्त्यमा। जस्तै,
  • मानिलिनोस् तपाईंलाई एउटा प्रोजेक्ट ५ घन्टामा पुरा गर्नुपर्ने छ। ४ घन्टा ५० मिनेट लागातार एक चित भएर बल्ल बल्ल भ्याउनुभयो। त्यस बेला अनायस निस्कने लामो सासलाई "उच्छवास" भन्न सकिन्छ।
  • एक वर्ष अघिको नेपालको कल्पना गर्नुहोस्। मान्छेको काटमार मात्रै छ, राजनैतिक निकासको भेउ छैन। त्यस बेला मानिलिनुस् तपाईं इन्टर्नेटमा पत्रिकाहरु पढिरहनुभएको छ, र ती निरासाबादी समाचारहरु पढ्दा पढ्दै तपाईंले "खत्तम भयो देश" भन्ने अर्थमा एउटा लामो सास लिनुहुन्छ। त्यो "उच्छवास" हो।
तर, यदि कुनै डाक्टरले विरामीको छातीमा स्टेथेस्कोप लगाएर "लामो स्वास लिनोस् त" को सट्टामा "उच्छ्वास लिनस् त" भन्यो भने चाहिं त्यो अलि अप्राकृतिक सुनिन्छ। बेलुका शब्दकोश हेरेर, यदि गल्ती भएको छ भने खबर गरुँला।
Nepe
· Snapshot
Like · Liked by · 0
गालबजीले अर्थ दिई नै हाल्नु भयो, उच्छवास = सुस्केरा ।
Gautam B.
· Snapshot
Like · Liked by · 0
धन्यबद गालउजी, नेपेजी।
Tero Kaka Ko Bau
· Snapshot
Like · Liked by · 0
Fry dal ra tomato ko chatni banaune tarika pam Hajur, yo weekend ma nabani bhayena
zhyapee
· Snapshot
Like · Liked by · 0
युनिकोडमा मेरो सानो प्रयास.......
nikunj
· Snapshot
Like · Liked by · 0
ल साथीहरु यो राम्रो प्रयास हो्।लेख्दै जाऊ।
happy days
· Snapshot
Like · Liked by · 0
ब्यकरणमा त म पनि पछी नै छु तेसैले juggy सँग सिक्न बिचार गर्दैछु ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 77
· Posts 14 · Viewed 1890 · Likes 3
· Posts 6 · Viewed 630
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 256
· Posts 4 · Viewed 721
· Posts 2 · Viewed 368
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 123
· Posts 7 · Viewed 707



Your Banner Here
Travel Partners
Travel House Nepal