Difference between US and India - Sajha Mobile
SAJHA MOBILE
Difference between US and India
Posts 1 · Viewed 1693 · Go to Last Post
gwajyo
· Snapshot
Like · Likedby · 0
दुई वादको भेद ऋतुराज कार्यालय जाँदा-आउँदा दिनहुँ ओहोरदोहोर गर्ने बाटैमा पर्छन् भारतीय राजदूतावास र अमेरिकी राजदूतावासअर्न्तर्गतको अमेरिकन क्लब, जो नारायणहिटी राजदरबारको दक्षिणतर्फ अवस्थित छ । अमेरिकन क्लब र भारतीय राजदूतावास दुवैले झन्डैझन्डै एउटै समयमा पुरानो भत्काएर आफ्नो कम्पाउन्ड घर्ेर्ने नयाँ पर्खाल बनाए । त्यसो गर्दा अमेरिकन क्लबले कान्तिपथतर्फको कुनोलाई गोलो बनाइदियो र राजदरबार्रतर्फको पर्खाललाई सारेर साबिकको फुटपाथलाई फराकिलो पारिदियो । अब राजदरबारको दक्षिणतर्फको सडक पहिले हेरी खुला र हर्ेन लायक देखिन्छ । उता भारतीय राजदूतावासले भने ब्रिटिस राजदूतावार्सतर्फ तीन मान्छे अग्लो पर्खाल बनाएको छ । ती दर्ुइ राजदूतावासको पर्खालबीच रहेको छेँडो अब सुरुङजस्तो लाग्दछ । एकताका त्यस छेँडोलाई दोहोरो गाडी चल्न सक्ने गरी फराकिलो बनाइने हल्ला चलेको थियो, जुन हल्लाले कपुरधारादेखि पूरै सामाखुसी एरियाका बासिन्दा फुरुङ्ग परेका थिए । तर कहाँ हुने त्यो छेँडो फराकिलो - भारतीय राजदूतावासले एक अङ्गुल नछाडी झन् अग्लो र बलियो पर्खाल पो लगाइदियो । दूतावासहरूमा सबैभन्दा ठूलो क्षेत्रफल हुने भारतीय राजदूतावास नै हो । त्यति भइकन पनि भारतीयहरू अमेरिकीहरू झैँ उदार देखिएनन् यो मामिलामा । अमेरिकालाई 'साम्राज्यवादी' र भारतलाई 'विस्तारवादी' भन्ने गर्छन् कोहीकोही । कथित साम्राज्यवादीले चाहिँ जमिन छाड्न सक्दो रहेछ र विस्तारवादी भनाउँदोले चाहिँ एक इन्च पनि नछाड्ने रहेछ । यी दर्ुइको भेद त्यही हो कि क्या हो ? http://www.nepalihimal.com/2062/magh-1-15/ritubichar.html
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6910 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 347
· Posts 2 · Viewed 712
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal