Didn't like any serious work to do this weekend. Just recalled some lines of the children's poem which I used to read in my childhood. If you remember as well, don't forget to post them, if possible with some cartoon as well.
ल, यो चैं राम कुमार पाँडेको कविता जस्तो लाग्छ मलाई। मैले सम्झेको पहिलो कविता।
मेरो घ्याम्पे बेलुन
मेरो घ्याम्पे बेलुन
सबै भाई खेलुन
फुकि दिए फुल्छ
..................(यो लाइन चैं भुलें)
हिर्काइ दिए भाग्छ
मलाइ माया लाग्छ
मेरो घ्याम्पे बेलुन....
फुकी फुकी फुलाइदिउँ
सानो भाइ खेलाइदिउँ
मेरो घ्याम्पे बेलुन
सबै भाइ खेलुन......
बाइरोडको बाटोमा
टर्?याकर्?सी गुडाउदै
धुलो उडाउदै .......
धेरै दिनपछि यौटा मार्मिक कविता याद आयो।
छोरीलाइ मानचित्र पढाउँदा
यो हिन्दुस्तान,
यो पाकिस्तान
हिन्दू मुसलमानको
रगतले कोरिएको
यही हो रेखा महान्..
...................
world-map,
can you pls make a sketch for my piece above...it appears incomplete w/o a sketch of yours! thanks.
Jyapoo ji,
Here is a sketch for your piece 'बाइरोडको बाटोमा' :-
चित्र राम्रो छ तर नि चित्रे ब्रो,
त्यो मोटर बाटो हो कि खोला हो समद्रमा गेऽर मिसिन्छ बा।
अनि खै त नि धुलो उडेको पिच रोडमा पनि धुलो उड्छ त नि हाम्रो घरतिर जाने जस्तो बाटो बनाऊ न।
ए दादा बुरो,
खै मैले चित्र राम्ररी नबना'को हो कि तपाईले उल्टो हेर्नु भा'हो? त्यो त आकाश पो हो त, कहाँ समुद्र हुनु, दुइटा चरा उडिरा'छन् नि त्यहाँ। नेपालको पहाडको घुम्ति बाटो बनाउन खोज्या त दादाले जापानको समुद्र पो सम्झिनु भएछ। अनि त्यो बाटो चैं रंगले गर्दा मात्र पिच जस्तो देख्या होला, धुलो चैं मोटरको पछाडि सकेसम्म उडाउने कोशिश भने गर्या छु जस्तो लाग्छ।
कुरा गर्चन कसरी, भन्गेरा र भन्गेरी .... ह्म्म्म्..... अनि बिर्से पो के रे ?
कुरा गर्छन् कसरी
भँगेरा र भँगेरी
चुर्चुर गर्छ भँगेरो
चिर्चिर गर्छे भँगेरी
चारा चर्न हुन्न है
यताउति नहेरी.....
एउटा आँखो तँ हेरि, अर्को आँखो म हेर
ट्याप्प टिपौँ कनिका, टिपीहालौँ नटेरि
चुर्र गर्छु म फेरी, भुर्र उड्नु तँ फेरी....
रिस
रिस हो सबको शत्रु
रिसले सब नाशिने
रिसैले उठछ झगडा
रिसले सब भासिने
रिसाहाको कुनै मित्र रहँदैन जगतभर
रिसको बसमा पर्दा, कैयौँको धन सन्पति
उडेको देख्दछौँ हामि....
--- थप्दै गरम --- आएन...
-बालकै बालक-
थिए बालक प्रल्हाद
ध्रुब ति बालकै थिए
एउटा भए महाभक्त,
अर्को तारा बनि रहे
सिताका दुइटा छोरा
लवले कुशले पनि
पारे चकित शंशार
सुरा योद्दा स्वयम् बनि
अवतारि चमतकारि, क्रिष्णका गर्नु के कुरा
जुक्तिमा बुद्दिमा साथै, युक्तिमा थे उनि पुरा
जेमसवाट थिए एक ज्यादै उत्सुक वालक
बाफको शक्ति पैल्याए, खोले बिज्ञानका पथ
-- बाँकि थप्दै गरम --
Its sad that for some reasons all the pics in this thread have disappeared, which had added flamboyance to this thread. However, I still have those pics in my PC. The first one:
मेरो घ्याम्पे बेलुन
मेरो घ्याम्पे बेलुन
सबै भाई खेलुन
फुकि दिए फुल्छ
..................(यो लाइन चैं भुलें)
हिर्काइ दिए भाग्छ
मलाइ माया लाग्छ
मेरो घ्याम्पे बेलुन....
फुकी फुकी फुलाइदिउँ
सानो भाइ खेलाइदिउँ
मेरो घ्याम्पे बेलुन
सबै भाइ खेलुन......
The second one:
दशैं पनि आउनै लाग्यो।
दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो
ठूला साना सबैलाई
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा साह्रै
यही उत्क्रीष्ट हाम्रो छ
.....................
.....................
हा हा मैले नि अलिकति सम्झे
सियो खै सियो
ऐले त्यहि थिओ
ऐले पर्यो कहा कहा
खोज तिखा आखा
....अरु आएन
चित्रे कस्तो राम्रो चित्र बना हो तिमिले .
इक्षा
इक्षा यो छ महेश अन्तिम
जसै यो मृत्यु सैया जलि
मेरो रक्त सुकाउला
म गरुला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटिहरु परुन नेपाल कै केबल
जस जस म छ हिम सैलीको
मधुरो मिठो चिसो चुम्बन।
न टिप्नु हेर कोपिला
न चुड्नु पाप लाग्दछ!
न च्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ!!
न छोप्नु हे चरिबरी
सराप आशु लाग्दछ!
न मार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ!!
खोइ मिल्यो कि मिलेन? सानो मा पढेको कुरो। आफुलाई पढेको भोलि पल्ट बिर्सिने बिमारी लागेको छ।
मिल्यो नि कुम्लेदाइ किन न मिल्नु
माहाकबिको त्यो बाल कबिता मेरो मानसपटलमा अझै ताजा छ।
उपर दलिनमा गौथली बस्दा,
तल तिर उस्को मैला खस्दा,
म उठे रिस ले सहसा जागी
त्यो गुड भत्काउनको लागी ।
अरु चाइ याद भएन। :P
'तरकारीको सभा' भन्ने यो बालकविता पनि रामकुमार पाँडेजीकै जस्तो लाग्छ। यो चैं मेरो किचनतिर पुग्दा गुनगुनाउने कविता थियो। सुनुम् न त।
तरकारीको सभा
तरकारीको सभा बस्यो
फर्सी सभापति
खुर्सानीले भाषण गरे
पीरो भयो अति
रामतोरिया बोल्दाखेरी
चिप्लो भयो कुरा
................
सारै साना लुरा
आलु डल्ले पल्टिएर
भुईंमा गुड्न थाल्यो
भुँडे गोलभेंडा थिचिएर
अचार बनि हाल्यो
.................
................
पाकी थाकी सभापति
भुईंमा भुंग खसे।
फेरी रामकुमार पाँडेकै अर्को कविता:
पुतलीको घर
आऊ बाबु, आऊ नानी
माथि माथि सर
पुतलीलाई सुताउने
बनाइदिउँला घर
??????..(यो लाइन बिर्सें)
मनभोग माटो
बम्बैसनको गारो
ईंटको साटो
पुरी छाना अड्याउने
तिलरीको सत्तरी
झ्याल हाल्ने जुल्फिको
ढोक खापा जेरी?
??????
Please log in to reply to this post
You can also log in using your Facebook