Manju, Malai Maaf Gara Hai !--II - Sajha Mobile
SAJHA MOBILE
Manju, Malai Maaf Gara Hai !--II
Posts 310 · Viewed 128655 · Go to Last Post
Ok
· Snapshot
Like · Likedby · 0
पहिलो धागो: http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 साथीहरु, सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु। प्यारा पाठकहरु, बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ? धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला। ------ ओके
Load Previous
Gogol
· Snapshot
Like · Liked by · 0
OK जि, म तपाईंको कथा पढ्न ढिला भएँ । पढ्छु भनेर निकै अघी सोचेको भए पनि यस्तै त हो >>> काम्, पढाई। भर्खर् छैठौं खण्ड् पढ्दै छु।।। हल्ला सुनेको कथा सकियो रे।। पछि पछि क भाग् पढु भने, अघिका खण्ड पढ्न तेति रमाइलो नहोला। एउटा कुरा चाहि सोध्न मन् लागिहाल्यो>>>तपाइ कि आमा अहिले कहाँ हुनुहुन्छ नि?
neutral
· Snapshot
Like · Liked by · 0
OK ji, I admire your writting skill. It is really a heart breaking story. Though I came across this thread before, but I did not follow it thoroughly. Today, I managed to read all; I also think that with proper editing this material can be a potentially best-selling book manuscript. But on other aspects, I wonder how seriously you thought about the privacy matters- not only of your family memebrs but also of Manju's and her parents. Your response to some of the comments says "it is real story except change in character's name", but the name of the place is real, right? So, many can guess who you are! I agree with some of the observation bideshi made above. It seems that you have high IQ but terrible EQ (sorry, no offense intended!) Neutral -------------------------------------
aman
· Snapshot
Like · Liked by · 0
After deciding to express LOVE to MAnju, immidiately accepting Menaka's Proposal was not tasty.In my opinion, I would like to have lil more twist and turn. BY THE WAY HOW MUCH TRUE IS THIS STORY. 100%, 50%, 0%?
Amazing
· Snapshot
Like · Liked by · 0
२ रात लगायर कथा सके, कति चोटि रोय गन्नै सकिन
Amazing
· Snapshot
Like · Liked by · 0
साझामा आयको २ बर्श हुदापनि मैले यो thread पढेकै थिइन, कथा कविता सम्बन्धि होला भन्ने गेस् गरेको थिय, तर हिजो राति ११ बजे तिर assignment गर्न लागेको बेलामा हाम्रो साझा चौतारिमा के हुदैछ भनेर यसो हेर्न लागेको बेलाम यो thread ma आउन मन लाग्यो अनि ब बिस्ताराम गय बिहान ५ बजे, class मा झुलेर त्यो बुढि Professor le हेर्नुसम्म हेरि, कहिले स्कुल छुट्टि होला र बाकि भाग पढ्न पाउला जस्तो लाग्यो, १५ मिनेटको ब्रेकमा पनि लाइब्रेरीमा गयर पढे। अहिले बिहानको ३ बज्यो र बल्ल सबै कथा पढेर सके। Om दाइलाइ मेरो धेरै धेरै धन्यबाद तर मन्जुको मनको कुरा नबुझ्नुभयकोमा रिस् पनि उठ्यो, कथा वास्ताविक होस् या काल्पानिक SAD ending चाहि मलाइ मन पर्दैन तर सोचेजस्तो त कहा हुन्छ र सधै, मेरा केहि जिग्यासाहरु Om Dai lai के तपाइले आफ्नो बुबा जस्तो ब्यक्ति मानुभयको ब्यक्ति घनश्याम सर् लाइ पनि आफ्नो बिहामा बोलाउनुभयन? (Forget abt asking his decision abt getting married) Then what was his reactions when he heard abt that? मेनुका भाउजुलाइ मन्जुको र तपाइको बारेम नभन्नु पनि तपाइले मन्जु गुमाउनुको कारण हो कि? (before marriage) तुरुन्त तपाइको यो कृति पुस्तकको रुपमा हेर्न पाउ भाइ/Amazing
Gogol
· Snapshot
Like · Liked by · 0
I did what the Amazing bro did. It' s almost 4 in the morning. Just finished reading. Great. Good job OK bro. I will write more tomorrow.... it's really late ...
PlanTo(Work)ToPlan
· Snapshot
Like · Liked by · 0
friends, I will start writing a poem now, I really need to .
Sheetalb
· Snapshot
Like · Liked by · 0
I think this OK guy is really really selfish. In some ways he seem to be happy and proud that he married a rich government worker's daughter. I guess he was a true opportunists like many nepalis from the rural place. They are hardworking, honest but then opportunist to the last degree, else i am surehe would have considered marrying Manju becasue every guy can feel the love of a girl especially of a girl like Manju who gave so much throughout the entire relationship. This is really sad.... sad for Manju
Gogol
· Snapshot
Like · Liked by · 0
Again Another generalization......."true opportunists like many Nepalis from rural places". I hate generalizations. I also think OK is selfish to some extent (in this story). But I hate Sheetalb (SH|T alb)'s generalization more than anything. Sorry for your ignorance.. there are many people who are exceptions of your generalization... Poor frog, Come out of the pond and see the world ! it's too big and different from what you think.
s.sigdel
· Snapshot
Like · Liked by · 0
Dami cha yar.........
Ok
· Snapshot
Like · Liked by · 0
धेरै पाठकहरुको कमेन्ट जम्मा भैसक्ता पनि यहाँहरुका जिज्ञासाहरुमा केहि लेख्न भ्याईन। क्रिसमस नजिकिँदै जाँदा आज केहि लेख्ने जमर्को गर्दैछु। गालावजी, मैले पहिले पनि कसैको कमेन्टमा लेखेको कुरा हो, मेनुकाको यसमा रतिभर पनि गल्ति छैन। मेनुकाको कुनै पनि कमजोरी नहुनु पनि मेनुकासँगको विवाहको प्रस्थावलाई ओमले नकार्न नसक्नुको मुख्य कारण हो। त्यसैले ओमले यो कथा लेखेर मञ्जुसँग के कुरा भन्न खोजेको हो भने "म मेनुकासँग विवाह गरेर पछुताएको छैन। तिमीसँग जीवन विताउन नपाएर पछुताएको छु, तड्पिएको छु र छट्पटिएको छु। तिमी र मैले सँगै विताएका ति क्षणहरु अहिलेको यो मेरो विलासिताको जीवन भन्दा कयौँ गुणा चीरस्मरणिय र जीवन्त छन्"। ओमले मेनुकाको कुरा बुझ्नै पर्छ र र बुझेको पनि छ - यो कथाले यसै भन्छ। सल्लाह र सुझाउको लागि धन्यबाद! पपीफीजी, कमेन्टको लागि धन्यवाद। एण्डजी, यो कथा वास्तविक या अवास्तविकको बारेमा धेरैचोटी कमेन्टहरु आए र मैले धेरैपटक लेखिसकेको पनि छु। मेरो विचारमा चाहिँ "कुनै पनि कथा पूर्णरुपमा काल्पनिक र पूर्णरुपमा वास्तविक हुनसक्दैन। दुबैको मिश्रण नै कथा हो। यो कथा पनि यसवाट अछुतो छैन।" मैले यो कथा लेखेर ओम, मञ्जु र मेनुकाका केहि वास्तविक र केहि काल्पनिक पक्षहरुलाई केलाएको मात्र हुँ। कमेन्टको लागि धन्यवाद। जिसीउडल्याण्डजी, कमेन्टको लागि धन्यबाद तर मैले तपाईँले भन्न खोजेको कुरा वुझिन। विषय प्रसंगले यो कथामा जे जस्तो देखिए पनि एउटा कुरा चाहिँ के पक्का हो भने म "आउट अफ ट्राक" चाहिँ पक्कै छैन। नेपालियनजी, सुरुदेखि नै मेरो कथा पढेर कमेन्टहरु लेख्नुभ'कोमा धन्यबाद। तपाईँले भनेको कुरामा मेरो पूर्ण समर्थन छ। यसको प्रमाणस्वरुप मौखिक तथ्यांक हरौँ: ओम ८०० जनसँख्या भ'को उस्को गाउँबाट एसएलसी गर्ने आठौँ ब्यक्ति हो, ८ जना एसएलसीपासवाट क्याम्पस पढ्न जाने तेस्रो ब्यक्ति हो, ३ जना क्याम्पस जानेबाट ब्याचलर्स गर्ने दोस्रो ब्यक्ति हो र २ जना युनिभर्सिटी ग्राजुयटबाट बिदेश गएर माष्टर र पिएचडी गर्ने पहिलो ब्यक्ति हो। यसैबाट थाहा हुन्छ कि कति "ओमहरु" त्यहिँ छोडिएका छन् भनेर। तर अहिले चाहिँ निकै नै परिवर्तन आईसकेको छ, ओमको प्रावि पनि माबि बनिसकेको छ। कमेन्टहरुको लागि धन्यबाद। यो कथा सकिए पनि "मेरो कथा" त सकिएकै छैन। लेखेँ भने अबश्यै सेयर गर्नेछु। विदेशीजी, सायद मेरो कथा एकैपटक पढेर यति धेरै मज्जाका कमेन्ट लेख्ने तपाईँ नै हुनुहुन्छ। मलाई त कस्तो सम्म लाग्यो भने तपाईँले मैले भन्दा बढि गहिरिएर विश्लेषण गर्नु भयो। धेरै साथीहरुले जस्तै तपाईँले पनि ओमको नै ठूलो गल्ति देख्नु भयो। म मान्छु तर ओमको गल्तिको कारण तपाईँले सोचेजस्तै आत्मकेन्द्रित मात्र नहुन पनि सक्छ। उसका विवशताहरु धेरै छन् र समयको गतिमा "राम्रो गर्ने" उस्को उदेश्यका सामु अरु कुराहरुमा ध्यान नगएको पनि हुनसक्छ। ध्यान दिउँ भन्दा पनि समय नपाएको हुनसक्छ। समय पाए पनि उसले कुन समयमा कुन कुरा गर्ने र कस्ता कुरा गर्नु ठीक हुने र नहुने भन्ने द्धिविधामा परेको पनि हुनसक्छ। खैर जे भए पनि ओमको गल्ति त कथाको शिर्षकबाट नै देखिन्छ। ओमलाई मञ्जुको अहिलेको अवस्थाबारे ज्ञान नहुनु चाहीँ अस्वभाविक छैन। ओमले नेपाल छोडे देखि फेरि टेकेको पनि छैन। मञ्जुका परिवार गाँउमा बस्छन् जहाँ सञ्चार माध्यामको कुनै सुबिधा छैन। फेरि मञ्जुको जीवनको बारेमा सोधखोज गरेर उ आफ्नो र मञ्जु दुबैको पारिवारिक वातावरणमा कुनै धमिलो हुन दिन चाहँदैन। गोप्य रुपमा जान्न सँधै सफल हुईँदैन। तर उ मञ्जु अवस्थाको बारेमा जान्न निकै उस्सुक देखिएको छ। म मान्छु कि मञ्जुको अहिलेको अवस्था राम्रो पनि हुनसक्छ। यो कथा लेख्नुको कारण चाहिँ मञ्जुसँग ओमले गरेको प्रायश्चित हो। यो कथामा मैले निकै नि होसियारी अपनाएको छु कि यो लेखेर मञ्जुको वास्तविक जीवनमा कुनै किसिमको पनि आँच आएको छैन। यदि साँच्चिनै प्रकाशित गर्नु पर्‍यो भने मञ्जुको अनुमति लिन म कहिले पनि भुल्ने छैन। यति मीठा कमेन्टहरुको लागि मुरिमुरि धन्यबाद। मैले निकै डिटेल्सहरु थप्नै पर्ने आवश्यकता देखेँ तपाईँका कमेन्टहरु पढेर। नेपालको छोराजी, कमेन्टको लागि धन्यबाद। जीन्दगि सोचे जस्तो मात्र हुँदो रहेनछ। जीन्दगिको बारेमा अलिकतिमात्र अनुमान लगाउन सकिँदो हो त, अहिलेको ओमको ठाँउमा मञ्जु र मञ्जुको ठाँउमा ओम हुनुपर्ने हो। तर के गर्ने भैदियो उल्टो! तपाईँले भनेजस्तै जीन्दगिका पानाहरु किताबका पानाहरु जस्तै क्रमश: पल्टाउन चाहीँ मिल्दैन र सधैँ एउटै किसिमको हुन्न। गोगोलजी, कथा पढेकोमा धन्यबाद। तपाईँले लेख्छु भनेको कमेन्ट हेर्न पाउँछु भन्नै अझै आस छ। न्युट्रलजी, न्युट्रल कमेन्टको लागि धन्यबाद। मैले प्राईभेसीको कुरालाई सबभन्दा माथि राखेको छु। अझ यसलाई सुधारेर प्रकाशन नै गर्ने हो भने अरु निकै कामहरु गर्नु पर्नेछ, मतलब धेरैजनाबाट पूर्वस्विकृति लिनु पर्नेछ। अहिलेसम्मको लागि चाहिँ कुनै प्रोवलम छैन। सचेतताको लागि पुन: एकपटक धन्यबाद। अमानजी, तपाईँ नै भन्नुस् त कति प्रतिशत होला यस्को सत्यता? तपाईँले लेखेका चारवटा प्रतिशतहरुमा एउटा त पक्कै हो। धन्यबाद कमेन्ट लेख्नुभ'कोमा। अमेजिंगजी, धन्यबाद। मेरो कथाले तपाईँलाई झण्डै वित्याँस पारेनछ। रुनु पनि, बुढिमिसले आँखा तरेर हेर्नु पनि अनि कथाको पनि "स्याड ईन्डिङ"। मेनुका भाउजुलाई अहिलेसम्म त भनेको छैन, त्यतिखेर भन्ने आँट त्यो लुरे ओमलाई कताबाट आओस्? ओमले घनश्यामसरलाई विवाहमा नबोलाउनुको कारण चाहीँ "डरपोक" भर हो। जेहोस कथा पढेर कमेन्ट लेख्नुभयो। मेरो लागि यहि नै ठूलो कुरा हो। प्लानटु(ओर्क)टुप्लानजी, लौन सुनौँ (पढौँ) तपाईँको कविता? सीताएलविजी, कमेन्टको लागि धन्यबाद। तपाईँले कुनै कसैलाई त्यस्तो भेटे पनि गोगोलजीले भने जस्तै "जनरलाईज" गर्न चाहीँ अलिक मिल्दैन। जहाँ पनि राम्रा र नराम्रा मान्छे हुन्छन्, शहरमा पनि गाउँमा पनि। तर गाउँका मान्छेकै जस्तो दुख चाहिँ शहरकाले गर्दैनन्। अनि जस्ले दुख गरेको छ, उस्ले अरुको दुख देख्नु स्वभाविकै हो। धन्यबाद कमेन्टको लागि। एससिग्देलजी, भर्खर पढ्नुभो? धन्यबाद है! - ओके (सधैँ बस्ने भन्दा अर्कै ठाँउबाट)
s.sigdel
· Snapshot
Like · Liked by · 0
OK ji I just read it today after long time.... I read more then half in my work today as soon as I come home I open my PC again and start to read it.... have to go pick up my wife so take break for 30 min and rest I just finish now. Now I am breafing it with my wife. I will write a comment when I will discuss with my partner now I am breafing her. Cheers. PS: we are same batch of SLC(I mean on same year)
pacifier
· Snapshot
Like · Liked by · 0
Read it all but sadly enough i cud not open the 13th page( unlucky number) for the ending of this autobiography...Your struggle will always inspire anyone who reads this..
pacifier
· Snapshot
Like · Liked by · 0
galti se mistake bhayo..page no 14 is inaccessible ........
pacifier
· Snapshot
Like · Liked by · 0
Finally i was able to read the ending......speechless now!!!
chipledhunga
· Snapshot
Like · Liked by · 0
ओकेजी, weekend मा साझा छिर्न नभ्याएकोले केही छुट्यो कि भनि हेर्दै थिएँ, तपाईंको कथा भेट्टाँए । धेरै अघि नै समाप्त भएको रहेछ, मैले त पत्तै पाइन । तपाईंको बिहे पक्का भए पछिको मन्जुसँगको भेट र अझ त्यो चिट्ठीका अंशहरु पढ्दा आशु नझारि बस्न सकिनँ ।
Ankita
· Snapshot
Like · Liked by · 0
Ok, One year back , there used to be loads of thread similar to urs... I suppose now, may be those threads were poped up with ur inspiration. At that time, ONce i had opened ur thread too but my bad , as it was written in unicode i switched to other thread, only after reading 3-lines . And after a year, last month when i happened to open ur this thread then unpurposefully i happen to read ur first paragraph. "Gush!" yes it was the first word which came on my head. It thrilled me a lottttttttt. ur single para- touched my heart totally.Then i was extremly keen to read ur stroy from the begining but i cudn't read ur first part completely becuz of pain i felt in ur words. But i read ur this thread without skipping even a single line( its bcuz i wanted to know why u are asking maffi with manju :D) .Dyamn! i was sobing with its read...ehehe. I don't want to comment anything just wanted to let u know that what i felt after reading ur story is, neither "om" has to ask any maffi with manju nor "manju" has to ask maffi with om. Bcuz they both are suffering enough for not confessing their LOVE to another. So, i guess its better for them to be happy for one-anothers life and to move on in own life accpeting the truth... If i were om, then i wud have gifted her this ur written two threads after her 50's ;). then again i m not om and om is not me *smily*
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
Om साझामा म आउन थालेको ६ महिना जति भयो होला, तर हिजोमात्र यो कथाको बारे थाहा पाए, आज यसो प्रतिक्रिया हेरेपछि चाख लाग्यो, पढ्न शुरु गरेपछि ६-घण्टा लगातार पढे । बीचमा यो ओम कुमार खनाल पुल्चोक इञ्जिनियरिङ पढेका को मान्छे होला भन्ने खुल्दुली निकै लाग्यो । एकछिन आत्मवृतान्त बारे, - समग्रमा लेखनशैलि निकै सललल बगेको छ । दु:ख र संघर्ष अनि सफलता साह्रै तारीफ गर्न लायक छ । म जस्तो साहित्य पढ्न अल्छिलाइ पनि ६ घण्टा अल्झाउन सक्नु चानचुने सफलता होइन । गरीबिको चित्रण, ग्रामीण फटाहाहरु र मसिनो राजनीति जस्ताको तस्तै उतारिएको छ, कुनै काल्पनिकता वा बढाइचढाइ छैन है । प्रेम भावनाको वर्णनमा केहि काल्पनिकता अबश्य छ । ओमको मनोबिज्ञान एकांकिपनले ग्रस्त छ । आदर्शवान बनेर आफुले आफुलै निकै सज्जन देखाउने शैलि पछ्याएको हो कि जस्तो पनि लाग्यो । आत्मकेन्द्रित स्वार्थलाइ आदर्श, बाध्यता र परिबन्दको बन्दि बनाएर पर्दा भित्र लुकाउने मनसाय छ भन्ने आरोप त म लगाउदिन, तर १४ बर्ष संगत गरेको, जिन्दगी बनाउने आधारस्तम्भ, जग वा जे भने पनि अत्यन्तै महत्वपुर्ण भुमिका खेल्ने मञ्जुसित १-दिन भनेको समयमै भेट नहुँदा यस्तो दुर्घटना हुनु, मेनकासित २ घण्टा जतिको कुराकानीमै सबै कुरो छिनिनु जस्ता कुरोहरुको सुक्ष्म बिश्लेषण गर्दा ओममा लुकेर रहेको अवसरबादि अनुहारको झल्को अवश्य दिन्छ है । एउटा निर्देशककि छोरी, शहरमा हुर्केकि, सम्पन्न परिवारकि फर्वार्ड केटीको अगाडि गाउँबाट आएकि, माइजुको घरमा शरणार्थि बनेकि, आधुनिकता सिक्नै नपुगेकि मञ्जु शायद फिक्का थिइन होला र त त्यति छिट्टै निर्णय भयो नि बिहे को । दुइहप्ता पछाडि नै मञ्जुले बास्तविकता छताछुल्ल पार्दा पनि आफ्ना गल्ति ओमले महशुस गरेको जस्तो मलाइ पटक्कै लागेन । ओमको कठोर र स्वार्थि मन त एअरपोर्टमा देखेको मञ्जुको नाजुक अवस्था, फोटो र हृदय नै छिया छिया पार्ने लेखाइले मात्रै पगालेको हुनु पर्दछ । मञ्जुको त्याग र समर्पणले नै भनिसक्यो ओमले माफि मागेपनि नमागेपनि मञ्जुले पहिल्यै माफि दिइसक्यो, तर यो कथाका तमाम पाठक र ओम आफैले ओमलाइ मागि दिन के सक्ला र? अहँ म त कदापि माफि दिन सक्तिन । र अन्त्यमा, परिचय लुकाउने प्रयत्न गर्दागर्दै पनि ओम कुमार खनाल को हो भन्ने परिचय मैले पाएँ जस्तो लाग्यो । धेरै देखभेट, कुराकानी गरेका छम जस्तो लाग्यो । अहिले यसैपाली कृकेट-वर्ल्डकप जित्ने देशतिरै बसाइ रहेको दुइ अल्फाबेटधारी मेरा नजीकका मित्र नै यो ओम हुन जस्तो मानिछु के रे ।
sajhakhohero
· Snapshot
Like · Liked by · 0
can someone please write me a love poem in nepali word and please include also english transalation. thank you so much.
urfrenrites
· Snapshot
Like · Liked by · 0
OK Ji, If this is a true story, I think you should really go back to Manju and kneel down on her feet to beg a huge apology. She is a genuine 'Devi' in kaliyug. She is a great gal. I like the way you expressed every word in the story. I wish I could write like you someday. Thanks for a nice story, urfrenrites
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12762 · Likes 1
· Posts 7 · Viewed 4251 · Likes 1
· Posts 1 · Viewed 1168
· Posts 1 · Viewed 1191
· Posts 1 · Viewed 1082
· Posts 1 · Viewed 1168
· Posts 1 · Viewed 1133
· Posts 21 · Viewed 10466 · Likes 1
· Posts 3 · Viewed 2765
· Posts 5 · Viewed 7964 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal