This is How a King Should Be!
२०६२ जेठ १७ मंगलबार
राजाको कुरा भन्ने बित्तिकै अहिले नेपालमा राजावादी र राजाविरोधीका कान ठाडा हुन्छन् । तपाईँले पनि त्यही भएर यो ब्लग पढ्दै हुनुहुन्छ भने माफ गर्नुहोला, यो त बेग्लै सन्दर्भको कुरा पर्?यो । यो त एक अफ्रिकी देश स्वाजिल्यान्डका राजाको रमाइलो जीवनको कुरा हो । भर्खरै उनले १२ अ?ौं दुलही भित्र्याएका रहेछन् । अनि उनकी यी २५ वर्षीया नयाँ दुलहीले उनको २५ अ?ौं सन्तान जन्माउँदै रहिछिन् । त्यतिमात्र हो र दुई जना युवती उनीसित बिहे गर्न तयार भएर बसेका छन्, साइट र राजाको मूडमात्रै कुरिरहेका । उता, गद्दी गुमाइसकेका राज्यबिनाका जर्मनीका एक राजा भने दुलही खोज्न पत्रपत्रिकामा विज्ञापन छपाउँदै रहेछन् । बाँकी
स्वाजिल्यान्डका ३७ वर्षीय राजा मस्वाती तृतीयले गएको बिहीबार मात्रै गोप्य रुपमा नोलिक्वा नटेन्टेसासित बिहे गरेका रहेछन् । पछि कुरा फैलियो र सरकारका प्रवक्ताले समेत यसको पुष्टि गरे ।
१८ वर्षको उमेरमा गद्दी सम्हालेका यी राजा केटीको मामलामा सार्?है कमजोर छन् । गएको वर्षमात्रै त हो उनले एक उमेर नपुगेकी केटीलाई परिवारको स्वीकृति बेगर अपहरण गरी दुलही बनाएको भनी आफूविरूद्ध भएका प्रचारको कुनै वास्ता नगरी लन्डनमा भएको मिस वर्ल्ड सौन्दर्य प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्ने सुन्दरीलाई आफ्नी अर्की दुलही बनाउने प्रयास गरेका थिए ।
त्यसो हुँदाहुँदै पनि बाबुको तुलनामा उनको चर्तिकलालाई धेरै कम मान्न सकिन्छ । उनका बुबा राजा सोबुजाले आफ्नो ६० वर्षको शासनकालमा १०० भन्दा बढीलाई स्वास्नी बनाएका थिए ।
त्यहाँको परम्परा अनुसार राजाले जतिवटालाई बिहे गरे पनि हुन्छ ।
सामान्यतया रिड डान्स पार्टीमा भर्खरका केटीहरूले अर्धनग्न अवस्थामा राजाको अगाडि नृत्य गर्ने पारम्परिक समारोहमा राजाले आफ्ना लागि केटी छान्ने गर्छन् ।
त्यसरी छानिएका केटी पछि आफ्नो लागि अनुपयुक्त भएको देखियो भने उनले गाउँका मुखिया, बूढापाका वा राजपरिवार कै अन्य सदस्यलाई उपहारस्वरुप दिनसक्छन् ।
केही अघिमात्रै उनले आफूलाई मन पर्न छाडिसकेको एक दुलही आफ्ना ६० वर्षका दाजुलाई उपहारस्वरूप भिडाएका थिए ।
-
http://merosansar.blogsome.com/2005/05/30/swaziking/
the real king
SWAZILAND - The king of Swaziland has taken an 11th wife and has lined up two other teenage girls to marry.
The Times of Swaziland reported King Mswati III, head of one of Africa's poorest countries, married Noliqwa Ntentesa last Thursday in a private traditional ceremony where the bride's face was painted with red ochre. She is pregnant with his 25th child.
King should be like the 12th centry emperor of Mongolia who is said to have had 500 wives so that means he now has about 18 million decendents.
And every one in the kingdom would have been pro-minarch..hehehhe
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 7003
· Likes 2