डिप्रेशनको औषधि खाइरहेकि डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा - Sajha Mobile
SAJHA MOBILE
डिप्रेशनको औषधि खाइरहेकि डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा
Posts 1 · Viewed 863 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन्। 

छाउनीस्थित घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे धौभडेल झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार धौभडेल उक्त घरमा आफ्ना श्रीमान कविराज भण्डारीसँग बस्दै आएकी थिइन्।

झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पुर्‍याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। भण्डारी पनि डाक्टर हुन्। 

धौभडेल लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेको एसपी अधिकारीले बताए। 

शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। 

https://www.setopati.com/social/325895

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 683
· Posts 2 · Viewed 544 · Likes 1
· Posts 5 · Viewed 451
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 68
· Posts 4 · Viewed 471 · Likes 1
· Posts 3 · Viewed 269 · Likes 2
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 288
· Posts 24 · Viewed 7610 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal