राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम-२ मा लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो ।