भन्सार प्रणालीको सरकारी अभिलेख नै नष्ट गरी राजस्व चुहावट अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपालले आयरल्यान्ड उल्भस (ए) लाई दोस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा पनि पराजित गरेको छ । कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिएपछि नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनले पराजित गर्यो ।
कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।