नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनिले संविधानसभाबाट संविधान जारी गर्ने क्रममा भारतले लगाएको नाकाबन्दीका तीन कारण औंल्याएका छन् । संविधानलाई लिएर मधेशमा असन्तुष्टि चुलिएका बेला भारतले २०७२ सालमा नाकाबन्दी लगाएको थियो ।
जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाले अध्यक्ष सीके राउतले भनेका व्यक्तिलाई आफ्नो स्वकीय सचिव नराख्दा कारबाही गर्न खोजिएको बताएकी छन् । सांसदले राख्न पाउने स्वकीय सचिव पनि पार्टीले भनेको व्यक्तिलाई राख्दा आफूलाई सहज नहुने भएकाले आफ्नैअनुसार राखेको बताइन् ।
पाँच वर्षअघि नै मस्यौदा भइसकेको 'दलित अधिकार प्रवर्द्धन, सशक्तिकरण तथा विकास सम्बन्धी विधेयक' मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै थन्किएको छ । मस्यौदा तयार भएको पाँच वर्षसम्म पनि विधेयक प्रदेश सभामा पेश हुन सकेको छैन । विधेयक दुई पटक मुख्यमन्त्री कार्यालयमा पठाएपनि अघि बढ्न नसकेको सामाजिक विकास मन्त्रालयका अधिकृत बलवीर सुनारले बताए।