अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिनँ भन्ने प्रवृत्ति आपराधिक भएको बताए ।
राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम ग्याल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्त सभापति हुने पक्का भएको छ । शनिबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवालयमा पुगेर शेर्पा र पन्तले समिति सभापति पदमा उम्मेदवारी दर्ता गराए ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको बताएका छन् । नेसपाको एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको उनको भनाइ थियो ।