घोटेर अनगिन्ती अधुरा सपनाहरू
रित्याएर एक्लो रातमा मलाई
सम्हाल्ने बोतलहरू
समेटेर असरल्ल छरिएको ‘म’ लाई
निचोरेर मुटु
नङ्गाएर लाज
मारेर आशा
भरिदिएँ मैले कलम मा मसी
च्यातिफालेँ तिम्रोलागि लेखेका कविताहरू
अनि छाड्दैछु यो कलम उपहार तिमीलाई
अब तिमी लेख्नु मलाई
कोर्नु रूपरंग मेरो
तिम्रो मनखाने जस्तै
‘म’ शून्यसंग गर्नु गणित
अनि सिउरिनु ‘म’ नै ‘म’ भएको कलमलाई
केसमा
म सम्झनेछु कि तिमीले मलाई अंगाल्यौ
Sudarshan Poudel
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12467
· Likes 1
· Posts 7
· Viewed 3798
· Likes 1
· Posts 21
· Viewed 9653
· Likes 1
· Posts 5
· Viewed 7680
· Likes 1