मुसल्टेको जस्तो तल टुप्पोमा........ - Sajha Mobile
SAJHA MOBILE
मुसल्टेको जस्तो तल टुप्पोमा........
Posts 5 · Viewed 2154 · Likes 1 · Go to Last Post
Bennedict
· Snapshot 0
Like · Likedby · 1
कसैले आज मलाई सोध्यो
मुसल्टेको जस्तो तल टुप्पोमा
काटिएको छ कि छैन, ए मोरो?
दिमागको सुइ पुग्यो बार्हमा
सोच्न पुगे अनी म एकोहोरो

खै आफुलाई त थाहा छैन
काटिएको कि नकाटिएको?
जिउमा त ठिकै छ निन्द्रा र चैन
किन डराउनु अब म एक बोको?

कसैले आज मलाई सोध्यो
अनी बाउको कस्तो छ नि तेरो?
दिमागमा लाग्यो अर्को एक झट्का
कसरी सोध्नु नि हो प्रश्न नमिठो?
बिर्सिएर कुरा सबै लाज अनी सँस्कारका

खै? भने फेरी के छ, के छैन?
मलाई के थाहा अब होला र?
कुनै छ र नियम त्यस्तो कुनै ऐन?
लोग्ने मान्छे सबैले काट्नुपर्छ भनेर?

कसैले आज मलाई सोध्यो
दिदी - बहिनीलाई सोधिस त जाँठो?
भिनाजु -ज्वाँईको के छ हालत?
छि! कसरी सोध्ने हुँदै म बाठो
खाला नि मैले फेरी मुक्का र लात!!

दसैंको महोत्सवमा सोधियो यस्तो प्रश्न
उत्तर बिहिन भए म पर्दै जिल्ल
सुर त थियो रमाइलो कस्न
परेर अब तास र रक्सिमा टिल्ल

कसैले आज मलाई सोध्यो
दिदी - बहिनिको स्वास्थ्य कस्तो छ?
उनिहरुलाई पठाइस त अब चक्की?
कस्ता कस्ता प्रश्न राखेको छ,
कुन गाँउको चरी हो? यो के भएकी?

दसैंको भेटघाटमा जानकारी मैले लिनु रे
सारा दसैं एकातिर, लबस्तरीका प्रश्नहरु एकातिर
कस्तो सोचाइ भएको मान्छे यो आँडे
शन्कै पो लाग्छ नर, नारी हो या बिच निर।

dkhanal
· Snapshot 170
Like · Liked by · 0
डिक ज्यु, के कविता लेख्या यो हे भगवान ! :)
Bennedict
· Snapshot 182
Like · Liked by · 0
कबिता नलेखेको युग भयो। सधैं को को सँग बाझीबसेको मान्छेलाई कहिले काही कसैले बोलेको शब्दले हिट गर्‍यो भने मात्र कबिता फुर्छ मलाई। तर कथा भन्दा कबिता चै लेख्न मन पराउथे र मन पराउछु पनि।
अब तपाईं मलाई के यस्तो कबिता लेखेको भए रियाक्ट गर्न आउनु थियो होला त?

"आजका हामी कोपिला
भोली फुल बन्नेछौ
भोली फुल बनेर
सारा बासना छर्नेछौ"

dkhanal
· Snapshot 214
Like · Liked by · 0
डिक ज्यु, लेखाइ चाही हजुर को र सुश्ते को उस्तै उस्तै छ के, हजुर को अलि अलि सभ्य सुनिन्छ तर सुश्ते को चाही मुजी भर्खर ताजा डुंगा बाट उत्रेको ले लेख्या जस्तो ! :)
edv2023
· Snapshot 311
Like · Liked by · 0
हैट !! बेन्डिक सरका लेख धेरै राम्रा छन् , सुस्तेका लेख संग तुलना गर्न मिल्ल्ला र ???
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 465 · Likes 1
· Posts 4 · Viewed 854 · Likes 3
· Posts 17 · Viewed 1446 · Likes 1
· Posts 11 · Viewed 489
· Posts 3 · Viewed 162
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 118
· Posts 3 · Viewed 386 · Likes 1
· Posts 6 · Viewed 609



Your Banner Here
Travel Partners
Travel House Nepal