आजको मान्छे - Sajha Mobile
SAJHA MOBILE
आजको मान्छे
Posts 2 · Viewed 1064 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
आफ्नो अस्तित्वको शिर झुकाएर बाँच्दै छ मान्छे आज

अनगिन्ती पीडा र वेदनालाई लुकाएर हाँस्दै छ मान्छे आज

स्वचालित भन्दा बढि सञ्चालित भएर होला,

सभ्यताको नाउमा यान्त्रिक बन्दै छ मान्छे आज।

केवल पैँसाको पछाडी दगुर्दा दगुर्दै

मानवताको स्वरूपलाई नै भुल्दै छ मान्छे आज।

त्यी सुमधुर भावनात्मक संबन्ध खोई कता गए,

पारिवारिक भिडमा समेत एक्लिएर जिउँदै छ मान्छे आज

नातीले बाजेलाई चिन्न छाडी सक्यो यहाँ

पहिचान दिने पुर्खाको योग्दानलाई मास्दै छ मान्छे आज।

आफ्नो संस्कार र धरातललाई बिर्सिएपछी कसको के लाग्छ र,

गन्तव्यविहीन भै अल्मलिँदै छ मान्छे आज

न दिनमा चैन छ न त रातमा निद्रा,

अरूको सफलता र उन्नतिदेखि जल्दै छ मान्छे आज।

अब छोड त्यो खोष्टे आदर्शका पछाडी बरालिन

र खोल त्यो नक्कली भौतिक्ताको मुकुट,

अनि देखाई देउ मानव हुनुको वास्तविक अस्तित्व

पुगेर मानवताको त्यो उच्चतम बिन्दुमा,

चिनेर आफू को हुँ भनी,

अनि पारेर त्यी हुर्किँदै गरेका सपनालाई साकार


Sabitri poudel & smriti malla .
Bennedict
· Snapshot 31
Like · Liked by · 0
हुर्कदै गरेको सपनालाई साकार बनाउन त यान्त्रिक हुनै पर्‍यो, आदर्श भन्दा वास्तविकतालाई समेट्नै पर्‍यो। हामी गन्तब्य बिहिन त भएका छैनौ तर भिडमा रहेर पनि एकान्की जिबन ब्यतित चै गर्दैछौ कि? मानव हुनुको वास्तविक अस्तित्व नै आफ्नो परिवार, समाज प्रती गर्नुपर्ने कर्तब्य निर्बाह हैन र? कोही कोही चै होलान, मानव सम्वेनाह आदी नै थाती राखेर एकोहोरो भौतिकताबादी भएका छन, सबै त छैनन होला कि?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12450 · Likes 1
· Posts 7 · Viewed 3783 · Likes 1
· Posts 1 · Viewed 1055
· Posts 1 · Viewed 1011
· Posts 1 · Viewed 915
· Posts 1 · Viewed 1024
· Posts 1 · Viewed 1008
· Posts 21 · Viewed 9618 · Likes 1
· Posts 3 · Viewed 2439
· Posts 5 · Viewed 7664 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal