आउनुस् ! एकैछिन हल्ला गरौं - Sajha Mobile
SAJHA MOBILE
आउनुस् ! एकैछिन हल्ला गरौं
Posts 3 · Viewed 2266 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
छोड्नुस् यो सब कुराहरु
आउनुस् एकछिन हल्ला गरौं
यो सहर कसरी तताउने
यो कुराको सल्लाह गरौं
रुख ढालौं
कार्बन बालौं
मानवतालाई
समुन्द्रमा फालौं
विचार अलि मन्ध गरौं
कुराण र गीताको द्वन्द गरौं
एक अर्काको दिमाग चाटौं
युरेनियमसँग जीवन साटौं
म जहाज उडाउँछु तपाई बम खसाउनुस्
म सहर जलाउँछु तपाई भात बसाल्नुस्
किताब पुस्तक बालीदिनुस्
आँखा कान टालिदिनुस्
चित्रपत्र जलाई दिनुस्
सक्नुहुन्न? सलाई दिनुस्
के के छ तपाई राख्नु
बाँकी सब मलाई दिनुस्
आउनुस्
एक्छिन हल्ला गरौं
सहर तताउने सल्लाह गरौं
Lekhak ko chela
· Snapshot 319
Like · Liked by · 0
एउटा अर्को उर्फ थपियो वाह वाह उस्ताद नै भन्नु पर्यो
logan
· Snapshot 432
Like · Liked by · 0
साझामा सधै हुन्छ हल्ला
ठिकै भन्नु भो दिमाग चाट्ने बारे
स्कुल कलेज पछि पुस्तक
नखोल्ने हरु लाई जलाएझै नै हो
मानबता को बुझाइ
घर बाट सुरु हुनु पर्ने
घरनै युद्दस्थल भए पछि
सिक्ने र सिकाउने ठाउ
साझा नै हो, गरौ सकेको हल्ला
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2263 · Likes 3
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 63
· Posts 4 · Viewed 397
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 209
· Posts 6 · Viewed 815
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 371



Your Banner Here
Travel Partners
Travel House Nepal