आत्मदाहका घटनाहरू बडेपछि बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने - Sajha Mobile
SAJHA MOBILE
आत्मदाहका घटनाहरू बडेपछि बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने
Posts 4 · Viewed 2076 · Likes 2 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0

https://www.onlinekhabar.com/2023/01/1252966

पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनी समेत दिएको छ ।

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।

आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको निधन - Purwanchal Daily

यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो ।

आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

काठमाडौंमै केही समय अघिमात्रै एक युवतीले पनि इन्गेजमेन्ट टुटेपछि प्रेमीको घर अगाडि आत्मदाह गरेकी थिइन् ।


logan
· Snapshot 100
Like · Liked by · 0
मोटर साइकलमा बेर बेला प्रेसर कुकर बम फ्याक्ने चलन आएको बेला मा पनि केहि Ban गरे जस्तो लाग्छ |
chicagoan
· Snapshot 127
Like · Liked by · 2
Great idea. Kohi rukhma jhundiye rukh katne, pokharima dube Pokhari sukaune
Khaobaadi_Netaa
· Snapshot 162
Like · Liked by · 0
अब रानी पोखरी सुकाउन बालेन शाहलाई निवेदन चडाउन पर्ला
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...



Travel Partners