सुरेन्द्र जी,अब हेर्नुस्, माओवादीको सो कल्ल्ड "मुभ्मेन्ट" बिदेशी डिजाइन, दलाल के बाट सन्चालित थियो, त्यो कुरा सबै म बिस्त्रित जान्दिन, न म राजनीति गरेको मान्छे, न कुनै पार्टी, ग्रुप सँग आबद्द भएर लगानी, समर्थन गर्ने मान्छे। यसै पनि काठमाडौंकाहरु धेरै कम नै राजनीतिमा होमिन्छन, यो चै काठमाडौंबासीहरुको बे-रुची भएर नै होला, नत्र हेर्नुस् सबै नेता भनाउदाहरु, सबै बाहिरै जिल्लाहरुका छन, अपबाद बाहेक, जस्तै गगन थापा। द्वन्द-काल भरी म नेपालमै भएको हुनाले माओवादीहरुले चै मेरो जिबनमा प्रत्यक्ष-अप्रत्यक्ष दुबै असर गर्यो।
क्याम्पसमा जाँच भएको दिनमा आर्मी आएर जाँच रोकिदियो, क्याम्पस डीन समेत् निरह बनेर केही गर्न सकेन, कारण थियो, क्यामसमा कुनै माओवादी गतिबिधी भैरहेको छ भनेर सुराक पायो रे। अनी बाटोमा साथीहरुसँग यसै हिड्दा पनि झोला सबै खोलेर देखाउने, आर्मीले थर्काउने गरे। रिस पनि उठ्थ्यो के गर्ने अब? कट्टु तिवारीजीको जस्तो माओवादी बस्ने जिल्लामा बसिएन। यसैबिच मैले माथि भने अनुसार, एकदिन म बाजुरा जानु नै पर्ने भएको थियो। म काठमाडौंको मान्छे, बाजुरा जान्छु, यो माओवादीहरुले उत्पात मच्चाएर सनसनी गरेको बेला भन्दा मेरो घरमा कत्रो टेन्सन भयो होला। तैपनी लागे, काठमाडौं-नेपालगन्ज हुँदै। धन्न त्यहा आर्मीहरु चै तैनाथ थिए, एयर्पोर्ट ध्वस्त बनाएछी त्यहा उनिहरु चै रहेका थिए, फेरी अर्को कुनै संरचना नभत्काउन भनेर होला तर तेही एयर्पोर्ट बाहेक केही नै थियो र? यसरी भएको इन्फ्रास्ट्क्चर भत्काएर, सरकारलाई थर्काएर, स्थानिय सोझा लोकल, निहथा बासिन्दालाई त्रसित बनाएर के पाए होलान यि माओवादी भन्ने पशुहरुले म अझै पनि सोच्दछु हो।
त्यहा आर्मिका हेडहरुले त सोध्ने नै भए, आउनु को प्रयोजन आदी, अनी उनिहरुले भने मलाई, तपाईं आएको यि माओवादीको जत्थाहरु सबैले थाहा पाईसकेका हुन्छन, तर तपाईं सेफ हुनुहुन्छ धन्दा नमान्नुस्, तर आर्मीको दललाई हो या आफ्नो पावर देखाउन दिन भर बन्दुक, तोप के के हो चै पड्काइराखेका थिए छेउको डाडा वर पर बाट। कती त्रास, कती डर भयो होला मलाई ल भन्नुस्, गवर्न्मेन्टको "सुराकी" भनेर कती खेर आँफै झडपमा पर्ने हो कि भनेर। कट्टुजी ले पनि यो सब खेप्नु पर्ने अनी थाहा हुन्थ्यो होला अचानोको पिर, यहाँ एउटा गीत बन्दा वहाँको यत्रो गुनासो को लर्को लागेको बेला।
खैर, कट्टुजी को अर्को जुन माओवादीबाट बैचारिक सामन्तबादको अन्त्य भयो, जातिय समानता ल्याए भन्नुभाको छ, म त्यो कम्प्लीट्ली मान्ने वाला छैन। यसको केही कारण छन।
मेरो घरमा नेपाली डान्स रियलिटी शोज, सिङिङ कम्पिटिशन अझै हेर्छन, सुन्छन। यत्तिका बर्ष पछी नि म टि.भी हेर्दा अझै सुन्छु तेही जात्-भातको कुरा। कुनै छेवाङ लामाको 'जातको गीत' बज्दा कत्ती वाही वाही हुन्छ, वा कुनै विश्वकर्मा भाई या बहिनी नाचेर जित्यो भने फेरी तेही जातको कुरै गरिन्छ त्यहा स्टेजमा। अनी भन्नुस्, कट्टुजी, के को अन्त्य भो यहाँ?? रिमा विश्वकर्मालाई अझै पनि उनको सरनेमले गर्दा मान्छेहरुले इरिटेट गर्छन् रे। कबिता नेपालीलाई उनको डान्स फिल्ड्मा उनकै कास्ट भेटिएकोले झन मोटिवेशन भएको छ रे, कबिता नेपाली, सपना श्री, प्रकाश सपुत यस्ता नाम आउनुको कारण के होला त कट्टुजी, किन लुकाउन्छन मान्छेहरु आफ्नो ईतिहास? किन बनिन्छन अझै पनि जात्-भात कै गीत? तपाईंले भन्नुभाको माओवादीले ल्याएको तथाकथित जातिय समानता यही हो?? माओवादीको सो कल्ल्ड उपलब्धी आखिर के हो?