पाडे पुराण - Sajha Mobile
SAJHA MOBILE
पाडे पुराण
Posts 7 · Viewed 5894 · Likes 6 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
पाडे पुराण कसैले पढ्नु भएको छ ? सायद एसएलसी दिएर बसेको बेला दाइको संग्रहमा राम कुमार पाडे बाट लिखित पाडे पुराण पढ्न पाएको थिए | बिषय बस्तु के के थिए सबै झिनो हुदै गए पनि एक कुरा चै बेला कुबेला सम्झन्छु त्यो हो " सोल्टी माथि साढे, साडे माथि पाडे" जुन नेपाल सहरमा निस्फिक्री गुमेर बस्ने साडे संग जोडिएको व्यंग कथा थियो | साझा सदस्य पाडेजिको नाम देख्ना साथ् सोल्टी माथि साडे , साडे माथि पाडे सम्झन्छु |
पाण्डे पुराण पढ्नु भएको भए २/४ हरफ कोरिदिनु भए आभारी हुने थिए |
AnandNepal
· Snapshot 29
Like · Liked by · 0
पाडे पुराण त पढेको छैन ..
त्यसैमा भएको "मुख महातम्य" चाँहि रमाइलो लागेको थियो .. पुरानो महेन्द्रमालामा भेटेको म पढेर एकै छिनमा प्रस्तुत गर्छु है त (युट्युवमा) !

सुन्नुको सट्टा, पढ्न नै मन हो भने स्क्रिनशट पनि शेयर गरुँला।
AnandNepal
· Snapshot 64
Like · Liked by · 1
लु यस्तो बन्यो ..
डिस्कृप्सनमा यो थ्रेडको लिंक पनि पोष्ट गरेको छु

https://youtu.be/mkm3zzGc6X8

(पढ्दा अलि छिटो पो भयो कि जस्तो लाग्यो ... )
logan
· Snapshot 125
Like · Liked by · 1
धन्यबाद आनन्द जी,
फुर्सदमा भैरब अर्यालको जयभुडि तासिदिनु भए श्रोतागण रमाउने मात्र होईन कलेटी परेका ओठ रसाउने थिए | मेरा गुरुले सुनाउनु हुदा पेट मिची मिची हासिन्थ्यो |

सानो अन्स ;
बुडो:मैले कस्तो कुटे जस्तो गरे |
बुढी: मैले कस्तो रे जस्तो गरे |
सम्धी: अनि मैले पनि कस्तो गए जस्तो गरे |
AnandNepal
· Snapshot 153
Like · Liked by · 1
१० ओटा निबन्ध छन ..
सबै एक से एक

अपडेट --> अनि साँच्चि, नयाँ पाँडे पुराण शुरु गर्ने जमर्को गरेको छु -- कालु पाँडेको कथा सिरिज। I am really excited - it's so much fun to know about that historical guy and create non-sense stories - ठ्याक्कै अकबर बिरबल स्टाइलका कथा बनेको छ ... अहिले भर्खर पहिलो भाग अपलोड गरेँ । 

मलाइ अनौठो लागेको पहिलो निबन्ध .. चन्द्रलोक कस्को ...
सन २०२८ (लेख्न चै. १९२८ लेखिएको छ) को भबिष्यवाणि गरेका छन - चिन (र बेलायत) विश्वशक्ति हुनेछन भनेर .

https://youtu.be/gUbI6ra01b8
Last edited: 02-Feb-22 04:47 PM
logan
· Snapshot 230
Like · Liked by · 1
अध्योपांत सुनियो, पढ्न भन्दा सुन्न मै आनन्द आउने रहेछ | पढ्नु भनेको चपाउनु हो, सुन्नु भनेको दुध पियाई हो | व्यंग विधामा आखानै नलगाएका हरुले यो चपाई र पियाई को समीकरण के हो भनि सोधन पुग्लान, त्यसको जबाफ म पनि भोलि दिउला भनि तिथि सार्ने काम गर्नु पर्ला ?
भोजपुर शब्द दुई पल्ट सुने पछि यसको महत्व बुझ्न मन लाग्यो भने कसैका मुखारबिन्द बाट भोजपुरे कोईरला ले छाल गनेर पनि कमाउछन, भंसारकै जागिर चाहिदैन भन्ने सुनेको थिए र यिनीहरुको अकलामंदी बेला मौका मा सापट लिएर भए पनि काम चलाउन सिक भनेको त होईन ?
पुन धन्यबाद : copy & paste

Last edited: 05-Feb-22 12:13 PM
logan
· Snapshot 464
Like · Liked by · 1
पढ्न गाह्रो लाग्ने, अल्छ्या, २ लाइन पढी सक्न पाएको छैन हाई हाई गर्ने हरुको लागि दुराभस ( audio )ले हजुरहरुलाई खुदो पल्टिएझै होला | अलिक सभ्य भाषामा भन्नु पर्दासुनमा सुगंध् थपिए झै हुनेछ| यस्लाई भनिन्छ एक सुका को तेल दे अनी घसी दे झै हुनेछ, अनी खुदो पल्टाई भएन त ?
यो साझा २ / ४ जना यस्ता बिशिस्ट व्यक्तित्वका छन / छौ जो तेल पिंधने गोरु भन्दा कमका छैनौ तर अरुलाई भने औल्याउदै टिका टिप्पणी गर्न पछी पर्दैनौ} हाम्रा मन मस्तिस्कमा जे जे बिषय बस्तुले लादिएका / भरिएका छन् त्यो बाहेक अरु कुरामा ध्यान जादैन र logically सोच्ने क्षमता पनि गुमाई रहेका छौ | यिनिहरुको  दिमागको CTscan गर्ने हो भने दिमागको एक क्षेत्र बढी प्रभावित भएको देखिन्छ भने अरु क्षेत्र संकुचित हुदै गएको देखिएला
भन्न खोजिएको कुरा : सधै एकै नास को उराठ लाग्दा सामाग्री मात्र नपस्क त्योआफ्नो दिमाग बाट उपज होईनन भने ! खोज्दै छु सुन्दर महिलाका सुन्दर र र्याल काड्न बनाउने चित्रहरु , एक दिन टासी दिउला र नासलाई सम्जदै आनन्द लिनुहोला |
Last edited: 08-Feb-22 09:18 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 66
· Posts 1 · Viewed 54
· Posts 4 · Viewed 500
· Posts 4 · Viewed 441 · Likes 1
· Posts 3 · Viewed 247 · Likes 2
· Posts 4 · Viewed 364
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 275
· Posts 24 · Viewed 7587 · Likes 2
· Posts 26 · Viewed 2914 · Likes 5



Your Banner Here
Travel Partners
Travel House Nepal