स्मार्ट ? - Sajha Mobile
SAJHA MOBILE
स्मार्ट ?
Posts 5 · Viewed 6534 · Likes 4 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
सानचा र बाउचा छिमेकी मात्र नभएर हल गोरु झैँ हुन् रे अनि स्कुल पनि सगै गएका रे ? बिहे पनि जुम्ली छोरी खोजरे बिहे गरेका रे ? यिनका ९ महिनैमा जन्मेका छोरा हरुको नाम पनि नकुल र सकुल राख्न पुगे रे , यो भयो कथा को पूर्वार्द |

यिनका छोरा हरु आठ नौ बर्सको भए होलान अहिले , सान्चाले लोगो किनेर ल्याइदिए पछि दुबैका छोरा हरुले मन परेका गाडी बनाए छन् र गाडीकुद्ने र रेस गर्ने ट्रयाक पनि बनाएछन |
नकुल र सकुल आनन्दले खेली रहेको बेला संचा र बाउचा तिनका लोगो बाट बनेका गाडी हरुमा मेरो छोराले बनाएको गाडी राम्रो छ र तेज कुद्छ भनि कुरा सुरु भएको के थियो यिनका बिबादले बासघारिमा बसेका सारंग हरुलाई मात गर्ने गरि चर्का चर्किमा पुगेछन | अरुलाई केको धन्दा घर ज्वाइलाइ खानको भने झैँ यिनमा दबेर बसेको अहम / इगो अचानक प्रतिसपर्धामा भिड्न थाले |
बच्चा हरु बाउ का कुरा सुनेर कसको चाडो कुद्छ भनि खेलमा ब्यस्त भए पनि सानचा र बाउचा आफ्ना आफ्ना दिमागले भ्याए सम्मका कुरा निकाले पछि एक एक गरेर कुदाउने अनि स्टप वाच ले टाईमिङ्ग हेर्ने कुरामा दुवै सहमति जनाए पछि छोरा हरुले असहमति जनाए | स्टप वाच सुरु र अन्त्य गर्दा नानो सेकेण्ड ले पनि फरक पार्छ र कसको फास्ट कुद्छ थाहा हुदैन, इलेक्ट्रोनिक्स इक़ुइप्मेंट राखे मात्र थाहा हुन्छ |
बच्चा हरु आफ्नै खेलमा मस्त भए तर यी जिगारी दोस्त भनौ वा लगौटिया दोस्तको गलफती अन्त्य हुने देखिदैन थियो | नकुल उमेरमा स्यानो भए पनि बा एसो गरौ भनि सुझाब दिने मात्र होईन कसले बनाएको गाडी चाडो दौडिन्छ को पनि निर्क्यौल भयो रे ?
लौ भन्नुस कसरि थाहा पाउने कसले बनाएको गाडी चाडो कुद्छ?

साभार : क्लिक क्लाक ट्यापर ब्रदर्स (NPR)
frodo
· Snapshot 84
Like · Liked by · 0
Leave logan in peace .......

he will always create "creative" writing "within his capacity" ......

although many wont understand his metaphors ........ :)

(tryna support him)

Last edited: 08-Oct-21 01:05 PM
logan
· Snapshot 281
Like · Liked by · 1
कुनै हिन्दि फिल्म मा भिलन ले " ये मेरा प्रसंसा कर रही है या गालि " भंन्थ्यो रे , आज भोलि एक गोलीले २ सिकार गर्ने छटियल हरु प्रसस्तै देखिन थाले | नया छिरेका होईनन बल्कि नया नया नामाकारण / स्व-न्वारान गर्दै निस्किएका बर्खा का च्याउ हुन् कि ? लगौटी मित्र बीच सानो कुरामा गलफत्ति हुन्छ भने गलफत्तिकै लागि छिर्ने हरु दलाइ लामाको प्रबचन ठानेर बस्छोउ र ?

कसको गाडी चाडो दौडिञ्छ ?
दुवै गाडी एक पछि अर्को संग टसाएर कुदाउने ; पहिलो गाडी चाडो कुद्ने रहेछ भने पछाडिको पछि पर्छ (will keep distance), नत्र सगै तासिएर बस्छ | दोश्रो पल्ट मा पहिलो चॊटि आगाडी बसेको गाडीलाई पछाडी राखेर कुदाउएर हेर्ने यी दुई कुदाइ बाट थाहा हुन्छ कसको गाडी चाडो कुद्छ |

Bir_Nepali
· Snapshot 305
Like · Liked by · 2
के लेखेको हो यो एत्ता न उत्ता आलुबारी भित्ता? यो मुजि लोगन्चा चाँई अटिस्टीक-सटिस्टीक के हो हुनुपर्छ हो, नत्र येस्तो लेखाई त हुननपर्नी यौटा अडल्ट मान्छेको । दुई-तीन चोटी पढें, आधि-उधि बुझें, बाँकी त के लेख्या हो के । येस्लाई नेपाल पठाएर एक बर्स क्लस ८/९ तिर पढ्न पठाउँदा कसो होला ? केइ सिकेर आउँछ की?
logan
· Snapshot 1390
Like · Liked by · 0
प्राणि जातिमा मानब सबोत्तम मानिन्छन, चिप्यांजी बाट मानब रुप लिए पछि यिनको ध्रान सक्ति देखि Body language बुझ्ने क्षमता हराउदै गयो भने नया चिज थपियो : इगो , मै जान्ने सुन्ने आदि इत्यादि | एउटै कुरा हरेक व्यक्तिले फरक रुपमा देख्ने र बुझेको हुन्छ | क बाट ज्ञ सम्म मिलाएर लेख्न थाले फलानोको तासेको जस्तो ५ - ६ पाना भरिन पुग्छ र यस्ता कुरा पढ्न चाहनेले बालाशाहित्य पुस्तक हरु तिर ध्यान दिदा बेस होला |

कुराको चुरो: बाल बच्चा हरुलाई तर्क पूर्ण रुपमा हेर्न सिकाउ | यिनका सोच समझ लक्का जावन भन्दा माथि हुन् सक्छ, यस्ता कुरामा प्रसय देउ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12269 · Likes 1
· Posts 7 · Viewed 3684 · Likes 1
· Posts 1 · Viewed 1029
· Posts 1 · Viewed 984
· Posts 1 · Viewed 886
· Posts 1 · Viewed 987
· Posts 1 · Viewed 973
· Posts 21 · Viewed 9428 · Likes 1
· Posts 3 · Viewed 2393
· Posts 5 · Viewed 7548 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal