16 ghazals from Abhivyakti - Sajha Mobile
SAJHA MOBILE
16 ghazals from Abhivyakti
Posts 155 · Viewed 49588 · Likes 6 · Go to Last Post
shirish
· Snapshot
Like · Likedby · 0
Here is a cool ghazal गजल मुन पौडेल त्यो कालो रात र झमझम पानी (12) त्यो तिम्रो साथ र झमझम पानी मधुरो दीपमा खुसखुस खुसखुस मायालु वात र झमझम पानी जाडोले रातमा सब चिसाम्मै त्यो तातो हात र झमझम पानी कसरी बिर्सनु मौसम र रुपको संगम (16) नसालु मात र झमझम पानी त्यो तिम्रो देहमा बिजुली चम्क्यो झर्यो प्रपात र झमझम पानी त्यो कालो रात र झमझम पानी त्यो तिम्रो साथ र झमझम पानी जनकपुरधाम । copy and paste from madhuparka
Load Previous
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
मलाई पनि! मलाई चाहिँ सबै भन्दा दा----मी लागेको लाइनहरु- म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ ‘दिएँ कथा यो पढेर बुझ्नु’ भनी अनौठो जबाब दिन्छौ मबाट टाढा नभाग साथी रुनेछु एक्लै म सम्झनामा उसै त साह्रै थिएँ बिरामी तिमी त्यसै झन् तनाब दिन्छौ वाह! वाह!! वाह!!
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
अभिव्यक्ती, फाल्गुन २०६३ सबीना मिश्र- जिन्दगीको एउटै आनिबानि छैन खुसिको मात्रै कहानि छैन तिमी मलाई सिमाना दिन्छौ बाँधिने मेरो बानी छैन यो कस्तो रोदन रोइएछ आज आँखामा छाम्दा पानी छैन छट्पटाइरह्यौ "शब्बु" एक्ली राधा! कृष्णको कतै नाम निशानी छैन
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
Error

Error Occurred While Processing Request

Error Diagnostic Information

An error occurred while attempting to establish a connection to the service.

The most likely cause of this problem is that the service is not currently running. You can use the 'Services' Control Panel to verify that the service is running and to restart it if necessary.

Windows NT error number 2 occurred.

PallaGhareAntare
· Snapshot
Like · Liked by · 0
बडा मीठा गजलहरु बिर्खे माईलाजी। अरु नि राख्दै जाम।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
अभिव्यक्ति, बैशाख २०६३ अंक १२८ बाट दुई गजलहरु- आशा यसरी पनि लेखिँदो रहेछ! रासा- यहि यौटा घर पनि छोडौँ जस्तो लाग्छ तिम्रैतिर आफ्नो पाइला मोडुँ जस्तो लाग्छ बसाएर नयाँ बस्ती उतै बस्न जाऔँ पुराना ती नाता जम्मै तोडुँ जस्तो लाग्छ कति रोप्नु फूलमात्र आफैँलाई भुली गमलामा मायै माया गोडुँ जस्तो लाग्छ बटुलेर खुसियाली कति नाच्नु अब वेदनाको घडा आज फोडुँ जस्तो लाग्छ रुखासुखा खाइएला दुई ज्यान त हो थारै सहि जायजेथा जोडुँजस्तो लाग्छ रिक्तता यसरि पनि बहँदो रहेछ! शरु काली- जति दूर नजर, लुकेर के भो मन नै त नाजुक दुखेर के भो कुनै दिन रानी बनेर त्यो दिलमा बस्या थिएँ आज झुकेर के भो लुट्न सम्म सारा सर्वश्व नै लुटे भुस्याहाले व्यर्थ भुकेर के भो कति बजे आँसु, रित्तिसके आँखा बेअर्थको पानी सुकेर के भो आफ्नै छायाँ सामु नाङ्गिएको मान्छे आज दुनियाँले थुकेर के भो
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

धेरै समय सम्म टड्पीएपछि, यसरी कुरा बुझ्न पुगेछन् लेखक-

-निर्मल ढुङ्गाना
-अभिव्यक्ती- अंक १३०,भाद्र २०६३

 

एकान्त नै जिन्दगीको साथी रहेछ,
अरुभन्दा यो त धेरै माथि रहेछ

अघि बढ्न नसक्नुको अर्थ भेटियो,
मेरै सहकर्मी बिश्वासघाती रहेछ

अति साह्रो दुखेपछि बल्ल थाहा पाएँ,
आफन्तले किच्ने मेरै छाती रहेछ

सधैँ आफ्नो बुद्धिलाई व्यर्थ धिक्कारेँ
यो त ननिभेरै बल्ने बाती रहेछ

कसैलाई रुवाएर बाँच्नु भन्दा त
दुईहात घोट्ने कर्म जाती रहेछ

 

shirish
· Snapshot
Like · Liked by · 0

हे राजनीति गर्नेहरु यो निमुखाहरुको कुरा पढ्नु अनि जबाफ दिनु -

गजल

? सुन्दर भट्ट

 

भोट माग्न आ'का थिए, डोको देखाइ दिएँ

दुई दिनदेखि न'खाको पेट, भोको देखाइ दिएँ

 

तिम्रो घरमा अन्नपानी पठाइदिन्छौ भन्दै थिए

मागी ल्याको मकै पिठो पोको देखाइ दिएँ

 

गाउँ-गाउँमा स्वास्थ्य चौकी बनाइ दिन्छौँ भने अनि

जीउ भरि घाउ-खटिरा फोको देखाइ दिएँ

 

तिम्रो गाउँ स्वर्गजस्तै बनाइदिन्छौ भने तिन्‌ले

खान नपाई बालबच्चा रो'को देखाइ दिएँ

 

 

 

यो लास्टामाचाहि अलि फितलो खाले शेर परेछ -

 

नबुझिने अरू पनि धेरै थरी कुरा गर्थे

घाँस काट्न हिँडेको म, बोको देखाइ दिएँ।

 

 

- साहित्य सरीताबाट साभार

shirish
· Snapshot
Like · Liked by · 0

Manu Brazaki is an established name in ghazal. Here is one written by him. Courtesy tanneri.com

Probably a good example for varied usage of kafiya.

जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले
त्यसैमाथि आफ्नो नाम लेखेँ मैल

जतातिर बल्यो आगो उतैतिर
प्रतीक्षामा आफ्नो हात सेकेँ मैले

चौबाटोमा उभिएर सोच्दै छु म
कुन बाटोमा खुट्टा आफ्ना टेकेँ मैले ?

मध्याह्नमा हिँड्दा लाग्न थालेको छ
आफ्नो छाया आफूले नै छेकेँ मैले

'मनु'लाई भेटेपछि गन्न थालेँ
गुमाएछु जिन्दगीमा के-के मैले ?

Last edited: 11-Nov-07 09:04 PM
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

त्यो माथिल्लो गजलको अन्तिम शेर साँच्चिकै एउटा शेर थपिदिएको जस्तो मात्र देखियो। 'बोको' राख्नैको लागि बनाएको जस्तो!

 

एउटा गजब को गजल भेटियो!

मोतिराम भट्टले लेखेका रे! मलाई आइडिया नै थिएन त्यतिबेला देखि नै नेपाली गजल लेखिन्थ्यो भनेर!

 

मोतीराम भट्ट-

(तन्नेरी बाट)

 

इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे

 

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

 

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

 

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे

 

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे

 

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि 'मोति' पनि झर्न लागे

shirish
· Snapshot
Like · Liked by · 0

हे हे बिर्खे

लौ नेपाली गजलको शुरुवात त मोतीराम भट्टले गरेका हुन् !

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

तेइ त, उइले नै मोतिराम भट्टले गर्या हुन भन्ने सुन्या जस्तो लाग्थ्यो एउटा कानले सुनेर उडाइएछ, आज बिहान पो तन्नेरीमा यसो हेरेको त, श्लोकमा राख्ने जस्तो शब्द राखेर गजल देखेँ। म त दङ्ग! गुरुहरु जस्तो गम्भिर भएको भए यहि धागोमा लेखिया कति लेख एक एक शब्द पढेर थाहा हुन्थ्यो होला! गजल पढ्ने तर गजल सम्बन्धि लेखमा खासै नजर नदिनाले यस्तो भएको!

बरु तन्नेरी तिर र अरु पनि यता उता फाट्ट फुट्ट परिचित गजलहरु देखिन थाल्या छन् नि त! नछाडौँ है प्रभु!

shirish
· Snapshot
Like · Liked by · 0

मैले सुने बुझे पढे थाहा पाए अनुसार यी अग्रज गजलकारका काफीयाको प्रयोगमा परिबर्तन गर्नु पर्ने आबश्यकता पो देख्छु म त !

यस्तो प्रयोग मान्य भए धेरै सजीलो हुने थियो - हाम्लाई नि लेख्न !

 

गजल

ज्ञानुवाकर पौडेल


कति कुरा भन्नु थियो
कति कुरा सुन्नु थियो

थाल्नु अघि सँगै यात्रा
राम्रैसित चिन्नु थियो

पाइनँ खै खबर तिम्रो
आउने दिन गन्नु थियो

अधुरै रहृयो चाहना मेरो
सपना नयाँ बुन्नु थियो

मिल्छ भने टिप्न फेरि
फूल राम्रै चुन्नु थियो

खोई कसरी कवि भएछु
के के मलाई बन्नु थियो ।

-गौशाला, काठमाडौँ

http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2064/07/inner/inner19

Nepe
· Snapshot
Like · Liked by · 0

नविनता पटक्कै नभएको र गुदि पनि खासै नभएको गजल !

जहाँसम्म काफियादिको कुरा छ, यो काफियाविहिन र रदिफसिमित शैलीको गजल हो । यो गजलमा "नु थियो" रदिफ हो, र यस हिसाबले यसमा काफिया नै छैन ।

यस शैलीको उर्दु गजल विरलै देखिन्छ, तर देखिन्छ ।

Nepe 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

सधैँ माया मात्र पाएर  पनि मान्छेलाई दिक्क लाग्दो रेछ!

विक्रम तीमल्सीना (तन्नेरीबाट)- 

मायामात्र कस्तो-कस्तो अलिअलि चोट देऊ
अलौकिक होइनौ भने अलिअलि खोट देऊ

जताततै प्रेम भेटेँ, तरल जिन्दगानी लेखेँ
थोरै कडा हुने मन छ, त्यसैले अठोट देऊ

गुलियोको राज कतै तीतोपनमा लुकी बस्छ
काँडा पनि पलाएको गुलाबको बोट देऊ

जिताउँथ्यौ जित्थेँ सधैँ तर यौटा अर्को रहर
किन-किन हारूँ लाग्यो विपक्षमा भोट देऊ

 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

तन्नेरीबाट एउटा नशालू गजल:

प्रकट पंगेनी 'शिव'-

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

'छुहाएर' को सट्टामा 'छुवाएर' नै भनेको भए के हुन्थ्यो?

Last edited: 27-Dec-07 12:45 PM
uptowngal
· Snapshot
Like · Liked by · 0

नेपे दाई खै त मेरो लागि गजल लेख्नु भाको। हिजो देखी हजुरको गजल सुन्न कुरेर बसिराको। तस्बिर ठुल्नानीको खित खित खित।


vivashme
· Snapshot
Like · Liked by · 0
Interesting..
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

नेपाली रचना बाट २ गजलहरु-

प्रेमप्रकाश मल्ल 'महेन्द्र मधुकर'

अशक्त छु म, सडक ममाथि हिडोस्

अपाङ्ग छु म, सडक ममाथि हिडोस्

 

जिन्दगीको तडक भडकदेखि अलग

विरक्त छु म, सडक ममाथि हिडोस्

 

उपयुक्तताहरू ती कता गए कता-

अनुपयुक्त छु म, सडक ममाथि हिडोस्

 

अभिनन्दित सम्मानित तर अन्ततोगत्वा

अतिरिक्त छु म, सडक ममाथि हिडोस्

 

तप्त छु सन्तप्त छु परितप्त छु

अभिशप्त छु म, सडक ममाथि हिडोस्

 

मबि सिंह

आफ्ना टुक्राहरू टिप्नमै कति व्यस्त छौ !

खुलासा भयो होला तिमी ध्वस्त छौ !

 

घातक नतीजा चुम्न माहीर बनायौ,

मायाको सानो माग राखे देखि त्रस्त छौ !

 

नजानी भएका गल्तीमा माफी पाईन !

आफू चाहिं जानी जानी घोप्न अभ्यस्त छौ !

 

जगको इंटा चोरिएको होस गरेनौ,

अझै छाना अडाउने कुरामा विश्वस्त छौ !

 

बलात्कार भएन निर्वस्त्र हुँदा समेत

ऐना सित यौवनको बयानमा मस्त छौ !

 

खुइलेको रङ्गलाई परिवर्तन भन्दै

हरिया पातका नशा काट्न सिद्धहस्त छौ !

Last edited: 31-Jan-08 11:19 AM
Nepe
· Snapshot
Like · Liked by · 0

प्रेमप्रकाश मल्ल "महेन्द्र मधुकर" ("तखल्लुस" पनि लामो, "रदिफ" पनि लामो रुचाउनुहुँदोरहेछ !) को गजल कस्तो भने एउटा मीठो अचारलाई नै main course बनाएको भोजन जस्तो । शेरहरुमा अधिक भावुकता र विषयगत/भावगत अविविधता (redundancy) छ ।

मबिको चाही एकदम फरक । वैविध्यपूर्ण र बौद्धिक ।

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

दुईजनाको दुई किसिमको गजल! तन्नेरिबाट!

 

परीहास सुब्बा-

रातदिन मलाई सम्झी रुन्छौ रे नि निरु
घरमा भए रुन ढोकै थुन्छौ रे नि निरु

उसको न्यानो  काखमाथि  निदाउन  छाडी
अझै पनि मलाई  मात्र  चुन्छौ  रे नि निरु

यो  सब   कुरा  हिजो  मात्र  बुनुबाट सुनेँ
सिउँदो पनि त्यै  आँशुले धुन्छौ रे नि निरु

पिउनु  मेरो  रित  भा'छ   तिमी  गएदेखि
भुल्यौ भन्थें कहाँ र ? बत्ती छुन्छौ रे नि निरु

तिम्रो यस्तो खबर सुन्दा  झन विह्वल छु म
गालाभरी   अश्रुहार   उन्छौ   रे   नि  निरु

एउटा  बाटो  रोजेको  छु   पर्ख  धैर्य   गर
माइत  जानेँ   दिन  सँधै  गुन्छौ  रे नि निरु

 

म बि सिंह‍-

नदीमा बाँध बाँधेर गयो
डुबेको गाउँ हेरेर गयो

बुख्याँचाले सुने जस्तो गर्यो
नेता भाषण ठोकेर गयो !

निर्णय चाहिएथ्यो तत्काल,
बिचार गर्छु भनेर गयो !

खुवाई राख्यो पिलायो जस्ले
उसैको कुरा काटेर गयो !

कल्ले भन्यो बाटोमा उभिन ?
गाडीले हिलो छ्यापेर गयो !

चलन उस्को पूरानो उही
खा'कै थालमा चुठेर गयो !

सिफारिस पद उन्नतीको
अयोग्य खुट्टा तानेर गयो !

जिउंदो/मूर्दा, जे भए हुन्छ
तस्बीर मेरो टांसेर गयो !

www.tanneri.com

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12542 · Likes 1
· Posts 7 · Viewed 3929 · Likes 1
· Posts 1 · Viewed 1084
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 970
· Posts 1 · Viewed 1063
· Posts 1 · Viewed 1035
· Posts 21 · Viewed 9901 · Likes 1
· Posts 3 · Viewed 2549
· Posts 5 · Viewed 7755 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal