"जेठी"
त्यस दिन अर्कै खालको बातावरण थ्यो घरमा, फुपु र आमाको खुसुर पुसुर सुनिन्थ्यो भान्छा कोठामा। एउटा नयाँ अनुहार देखिएको थ्यो हाम्रो घरमा, फुपुले ल्याउनु भएको। त्यस्तै ३०-३२ बर्षको महिला, तर उमेरभन्दा धेरै पाको देखिएको, कुर्कुचा पटपट फुटेका, छाला खस्रो र घामले डढेको, खाली खुट्टा हिंड्ने। फुपुले नयाँँ चप्पल किनिदिनु भएको रे, तर उनलाई लाउन आउँदैन रे। यस्तै यस्तै कुराहरु सुनिन्थ्यो। उनको नाम सीता रे, तर घरमा "जेठी" भनेर बोलाउने रे। फुपुको "जेठानी" रे नातामा, लोग्नेले कान्छी श्वासनी ल्याए पछी दु:ख पाएकी रे। दुइटा छोरा सङै एक्लै गाउमा बस्थी रे। त्यो मात्रै हैन, बेलाबेलामा फुपुले सानो आवाजमा आमालाई "जेठीको" पेटतिर देखाउदै के के भन्नु हुन्थ्यो। हामी साना साना भुराभुरी हरु केही बुझ्दैनथ्यौ। अरु भन्दा मलाई केही न केही भैरहेको छ भन्ने शँका लागिरहेको थ्यो। म बेलाबेलामा फुपुको कोठातिर चिहाउने गर्थे।
***********************************************
हामीले पनि सीतालाई "जेठीदी" भनेर बोलाउन थाल्यौ। जेठिदी सबै काम गर्थी, घर सफा गर्ने, भाँडा माझ्ने, पानी बोकेर ल्याउने। उनको मुहारमा एउटा निर्दोष मुस्कान थ्यो। हेर्दा लाटी जस्तै देखिए पनि उसँग केही न केही आकर्षण थ्यो। म कल्पना गर्थे, उनको कपाल श्याम्पु लगाएर स्टेप कट काट्ने र हलुका मेकप गरिदिने। उ धेरै राम्री त हैन तर शहरकी महिला जस्ती देखिन्थी होला। गाउमा उनी दाउरा काट्ने, गाइबस्तु हेर्ने, खेती गर्ने गर्थी रे। त्यसैले होला उसको पाखुरा बलिया र ठुला ठुला देखिन्थे। उ खाना पनि मिठो नमिठो जे पनि सफा गरेर खान्थी। जेठीदी कहिलेकही रुन्थी एक्लै। मैले उनलाई २-३ चोटि कहिले भान्छामा, कहिले धारामा एक्लै रोएको देखेकी थिए।
फुपुले एकदिन जेठीदिलाई अस्पताल लानु भयो। त्यो दिन जेठीदी उदास देखिनु हुन्थ्यो। मैले फुपुलाई सोधे, जेठीदिलाई के भयो? उहाँले केही पनि भन्नु भएन। तर पनि मलाई केही न केही रहस्य छ जस्तो लाग्यो।
राती म छिट्टै निदाएको जस्तो गरे तर म फुपु र आमाको कुरा सुनिरहेको थे।
"आइमाइको जात सार्है दुखी!" फुपुले कुरा निकाल्नु भयो।
"लोग्नेमान्छेको रहर, आइमाइको पीडा। झन यो जेठी अब का जान्छे? गाँउबाट त निकाली हाले नि त्यो चोरले ।" आमाको कुराले मेरो कान ठाडो भयो।
"बाहुन थियो रे जङलमा जाँदा दाउरा घाँसमा सघाउथ्यो रे, मुर्दार! सघाउने मात्रै हैन अरु पनि गरेछ जेठीलाई। बिचरी, लोग्ने को माया नपाएकी , पग्ली होली नि त्यो असतिको जालमा। त्यो मुर्दारको त श्वासनी छोराछोरी नि थियो रे। उ लोग्ने मान्छे, जे गरे नि माफी, जेठी श्वासनी मान्छे, यसै बेश्ये उसै बेश्ये । मन नपरेको लोग्नेले झन मौका पायो, बेइज्जत गरेर गाउ निकाला गर्यो नि। अब का पठाउनु तिनलाई?"
"पेट त लोग्नेको नि हुन सक्छ, कहिले कही रक्सी खाएर आउथ्यो रे नि त?"
"लोग्नेको भये नि, बाहुनको भये नि कसले सुन्ने र गरीब आइमाइको कुरा? कसले दिने न्याय? कसले अपराधको छिनोफानो गर्ने ? जेठाजु नै प्रधानपन्च हुन त।"
"धन्न, कुटिपिटी मारेनन जेठीलाई। अब, फेरी त्यस्तो नहोला भन्ने के बेर? एक्ली छे, फेरी अरु कसैले फाईदा उठाएर पेट बोकी भने?"
"अब त्यस्तो गर्दिन होला, बिचरी ! यत्रो दु:ख पाइसकी?"
"के भन्न सकिन्छ, नानी? आइमाइको रुप मात्र हैन, शरीर नै शत्रु !"
"भाउजु, तपाईंको त्यो चिनेको स्कुलमा काम खोजिदिनु न जेठीलाई। जे काम नि गर्न सक्छे। सोझी छे। दु:ख गरेर भएपनी आफ्नो पेट पाल्छे नि।"
"दुइ चार दिन आराम गर्छे, रगत बग्न रोकेपछी खोजौला काम, जेठिलाई।"
"के गर्नु, भाउजु? लोग्ने त मेरो पनि गतिलो छैन। बाहिर राख्या छ त्यसले पनि मेरो सौता। तर घरकोले निकाले पनि "जेठीदी" म जस्तै आइमाइ हुन, अरुले नबुझे पनि हामीले बुझ्छौ उनको दु:ख।"
"त्यही त! लोग्नेले कान्छीसँग सुत्ने तर जेठी पवित्र बस्नु पर्ने। । जेठीको पनि रहर हुन्छ नि, लोग्नेको माया पाउने।"
"आज त खाना पनि खानु भएन। माया त लाग्छ नि आफ्नो सन्तानको, बाउ जो सुकै होस्। एकचोटि कोखमा आएपछी, सन्तान त आमाकै हुन्छ।"
"डक्टरले ढिलो भयो अब केही गर्न मिल्दैन रे। जेठीदी पनि मान्नु भएन। अब दु:ख गरेर नि हुर्काउछु भन्नु हुन्छ। के गर्ने भाउजु?"
"नानी, हामीले सकेको गरौ, अरु जे हुन्छ, जेठीको भाग्यको कुरा। तर तपाईंको दाई र ज्वाँईसाहेबलाई केही थाहा दिनु हुन्न। जेठीको काम खोज्ने जिम्मा मेरो। तर कसैलाई नभन्नु है ?"
त्यो रात मैले अलि अलि कुराहरु बुझे, केही कुरा बुझिन। तर "जेठीदी" को पेटमा बच्चा छ भन्ने कुरा थाहा पाए। माया लाग्यो, केही भन्न सकिन।
***************************************************************************
१ हप्तापछी "जेठीदी" हराउनु भयो, शायद कतै आमाले काम खोज्दिनु भयो। आँखाबाट टाढा भए पनि कहिले कही उहाको बच्चा जन्मेको, अनी काम राम्रो भन्ने कुराहरु सुन्थे,म लुकी लुकी, फुपु घर आउँदा। अचानक ३-४ बर्षपछी "जेठीदी" फेरी टुप्लुक्क आउनुभयो, एउटा तीन-चार बर्षको छोरो र काखे नानी बोकेर। आमा, फुपु, म लगायत सबैमा ठुलो आश्चर्य थियो। कुरै कुरामा थाहा भयो, जेठीदिलाई फेरी अर्को लोग्नेमान्छेले बासनाको शिकार बनाएछन र दोस्रो बच्चा भएछ। त्यो दिन जेठीदी को अनुहार निभेको दियो जस्तो थ्यो, अध्याँरो। छोरोको नाम "गोरे" राख्नु भएछ, छोरीको नाम ? छोरी फिर्ता गर्नु पर्ने रे केही महिना पछी। उसको नाम "कान्छी"। तर "कान्छी" को जन्म दिने आमाले कर्म दिन नपाउने रे। तिनै पढेलेखेका, रक्सी खाएर "जेठीदी" लाई बलात्कार गर्ने पुरुषको घर "दार्जिलिङ" पठाउने रे। त्यसदिन हामी सब स्तब्ध थ्यौ, हामीसँग "जेठीदी" लाई सम्झाउने शब्दहरु सकिएको थ्यो। हामीसँग रित्तिएको थ्यो उनलाई दिने सान्त्वनाहरु।
जेठीदी फेरी आउनु भयो २ हप्तापछी, यसपटक उहाँसँग "गोरे" मात्रै थ्यो हात समाउने।
शिक्षित भनाउदा उक्त पुरुषले उनलाई र उनको छोरालाई डेरामा राखेर बच्चा पाएपछी छोडेछन, तर १ महिनाको दुधे बालिका खोसेर। जेठीदी फेरी झुक्किनु भयो, यसपटक उहाको छोरी पनि खोसियो, लगातार बगेको आसु र दुधले "जेठीदिलाई" निथ्रुक भिजाएको थियो।
केही दिन फेरी हाम्रो घरमा फुपु र आमाको खासखुस शुरु भयो।
जेठीदीको काम पनि थिएन, बस्ने ठाउँ पनि थिएन अब। "गोरे" स्कुल जाने उमेरको हुन लागेको थ्यो। फुपुलाई चिन्ता थ्यो कसरी जेठीदिलाई काम खोज्ने भनेर। आमालाई शायद अरु कुराको नि चिन्ता थ्यो। एकदिन आमा र फुपु भएर फेरी "जेठीदी" लाई अस्पताल लानु भयो। केहीदिन जेठीदी आराम गर्नु भयो। त्यस्तै २-३ हप्तापछी आमाले उनलाई अर्कै ठाउमा काम खोजिदिनु भयो। "जेठीदी" फेरी गायब भइन्, गोरे लिएर। त्यही रात मैले फुपु र आमाको कुरा सुने।
"अब त दु:ख पाउदिन होला जेठीदी ले।" फुपुले भन्नु भयो।
"लोग्नेमान्छेले उनलाई हेर्ने दृष्टिकोण त के फरक हुन्थ्यो र?" आमाले भन्नु भयो।
"गरीब, एक्ली र बेसहारा आइमाइ लाई “बेश्या” सम्झिने त यो उहिलेदेखी को समाज हो। के छोड्ला र गिध्धे दृष्टिहरुले?"
"तर जे भये पनि अब उ फेरी पेट बोक्दिन।"
"हो, अब उसको भाग्यमा अरु धेरै दु:ख नथपियोस। उसको जस्तो दु:ख कसैले नपाओस।"
आजभोलि मलाई जेठीदीको खुब याद आँउछ। उहाँ कहाँ हुनुहुन्छ होला, "गोरे" ठुलो भयो होला, के गर्दै होला? उहाँसँग खोसिएर लगिएको छोरी कति बर्षकी भै होली? उसले "जेठीदी" लाई भेट्न पाइ की पाइन? कसैले उसलाई जन्म दिने आमाको बारेमा भन्यो कि भनेन? आदी, इत्यादी ।
समाप्त!
Crazy love feri aaunu bhayo, gham udaye jasto bhayo! Kati mann chhune katha, bichara jethi didi. Sabai dos ra jimmewari uhanko, ti papi sriman ra parapurush harulai chahin unmukti.
Hi Chicagoan,
So nice to see you! Thought nobody reads story these days or interest of people have been changed.
Came back after many years. There used to be friends, fans, and well-wishers in Sajha a long time ago. All of us have grown physically, mentally, and emotionally. Missed those days in Sajha.
But, I am so glad that you are still in Sajha and remember me.
Thank you very much for your comment!
CL
PS: Thanks to all silent readers.
Thank you for posting such a nice story. Sadly, it is the reality of Nepal (and other developing countries in the world). Let's hope Jethi Didi gets her due justice.
Hi Adhikari_bandhu,
Thank you for your comment!
Jethi didi did not get justice. Just wrote this because her side of the story was never accepted by our society.
CL
CL is back! And back with same powerful storytelling. Loved your story as always.curious to know what happened to Jethididi and kids.. (I sense a sequel)
Omg!
Guchcha chor,
How r u?
Long time no see.
Thinking to write some more. Let's see how motivated I will be.
CL
के कता कसो गरी छ्य्यास्स जानी नजानी अलिकती पुन्नेको काम गर्न पुगीएछ कुन्नी यता क्रेजी सँग ठ्याक्कै देखा देख भो गाँठे!
लेखाइमा निखार त नवयौवनमा सुन्दरताको झझल्को दिने झै छ।
बिषयबस्तु सान्दर्भिक, यथार्थ परक छ पक्कै। लेखाई फुल जस्तो तर जेठी दीदी जस्ता पात्रहरुको नियती भने काँडा जस्तो तेसैले होला मन सम्मै पुगेर घोच्यो। त्यस्तै जेठी दीदीहरु हाम्रा वरी परी छन, उनीहरुलाई न्याय अरुहरुले दिन्छन भनेर मात्रै हुन्न, अन्याय भयो भनेर मात्रै पुग्दैन, कथाको पाना पल्टायो बिर्स्यो गर्नु हुँदैन, आफ्नो तहबाट न्यायको अनुभुती गराउने जिम्मेवारी हाम्रो पनि छ।
आज त हजारवटा सुर्य ऊदाएको छ साझामा।
राशिफलमा ठुलै परिवर्तन हुन्छ जिबनमा भन्थ्यो दीप ज्यु पो झुल्किनु भयो त।
दीप सर, मेरो कथा पढेर यती मिठो प्रतिकृया दिनुभएकोमा धन्यबाद ।
सञ्चै? सन्तानले डाँडाकाडा ढाके कि ढाकेनन?
अनि अरु के छ त हालखबर?
सीएल जी,
मलाई राम्रा लागेका केहि तपाईका लाइनहरु:
"आइमाइको रुप मात्र हैन, शरीर नै शत्रु"
"गरीब, एक्ली र बेसहारा आइमाइ लाई “बेश्या” सम्झिने त यो उहिलेदेखी को समाज हो। के छोड्ला र गिध्धे दृष्टिहरुले ?"
तपाईको अरु लेखहरु पनि पढ्न पाइन्छ होला नै भविश्यमा ।
केहि समयदेखी यो साझामा छाडा कबिता, कथा, अनुभव पस्किएर वाक्क, दिक्क, प्याक्क गराइएको थियो । "साथिको माइजुसित" या "पूलिसनिसँग" या "मेरो कुमारत्व गुमेको रात्" जस्ता स्क्यान्डल युक्त साहित्य पनि यही देखिएका थिए । तपाइको लेख त एक breath of fresh air नै भयो भनौ । फेरी कोही चै "सुरुवाल मुत्नेहरु" भन्दै अरु मेमबरहरुलाई छिटाकशी पनि पोख्दै बसेका थिए । Taunt मार्ने र भाको नभाको यौनकथा पस्केर look what you are missing भन्न /गर्न पनि पछी परेनन । राम राम ।
तपाईको लेखले साझाको फेरिएको रूपलाई अझ मलजल गरोस्, मेरो कामना छ है ।
Hi Benedict,
Thank you for your comment!
The stories you mentioned seem interesting. I know many people do not express what their fantasies are. But some people have imagination about their sexuality. Sexual fantasies are healthy. Hopefully, my brothers in Sajha do not misinterpret my statement. lol
I am definitely going to write another story soon.
CL
Last edited: 29-Apr-21 04:16 PM
After a long time heart touching story. Jadau
Jadau, Shahi baba!
arko pani nam cha jasto lagyo tapaiko.
Nice to see you!
CL
ओहो, साहिंली ।
जुग पछि पो देखियो त । मीठो बतास आउँछ, साइली आउँदा साझामा ।
हाम्रो समाजको एउटा अर्को यथार्थ हो यो कथा । कस्तो घर गाउँमै सुनेको देखेको पात्र जस्तो । यि कुरालाई अवलोकन गर्दै यति मीठो अनुभुतिको रुपमा पस्किने यी साहिंलीको जय होस!
-somewhereondearth.
Please log in to reply to this post
You can also log in using your Facebook