फेरि नयाँ खुशीको खोजमा - Sajha Mobile
SAJHA MOBILE
फेरि नयाँ खुशीको खोजमा
Posts 5 · Viewed 3787 · Likes 3 · Go to Last Post
Bennedict
· Snapshot 0
Like · Likedby · 1
एक निर्दोष पाना,
म लेख्दैछु
अदम्य साहसको स्याहीमा
बाटो हराएका शब्दका जुलुस निस्कन्छन
संघर्शको कथा बोक्दै
केही सपनालाई पछ्याउदै
अनी सहानुभुती खोज्दै
प्रताडित प्रयासलाई छर्लङ पार्दै
सबै उत्तरहरुलाई खोज्छन
प्रश्नहरुको लामको माझ
हरेक छण जसले झस्काउदै बस्छन

एक बैराग्य युक्त जिबन,
हरेक समुहबाट जो छ निश्काषित
घुम्दै छ जो गन्तब्य बिहिन भएर
तेही पुराना, घिसापिटा
बिमर्शहरुको प्रतिबिम्बमा
जसले धावा बोल्दै बस्छन
बेरोक, बेटोक
सधैंभरी
बिभिन्न शब्दका रुपमा
तर तेही मर्म, भावमा
देखाउछन
नसकिने दुर्भाग्यका अंशहरु
केही कुटिल चलनहरु
केही निर्दयी चालहरु

बिरोधाभास,
म केलाउछु
केही हराएका इच्छाहरु,
केही सम्पन्न आंकन्छाहरु,
बिस्थापित जिबनको दौडमा
होशबाट सन्यासित
अनी रणभुल्लमा हराएको आत्मा
सोचिरहन्छु अलमल्लमा
तर पनि कुनै कैदमा झै
कही कतै आशाको त्यान्द्रोमा
फेरि नयाँ खुशीको खोजमा


Logankobaje
· Snapshot 21
Like · Liked by · 1
Purano khusi ke bho?
Bennedict
· Snapshot 24
Like · Liked by · 1
बाजे,
राम राम छ है,
हराउनुभो नि गाँठे, सबै कुशल मंगल् होलानी हजुरको तिर है। अब तपाईं चै परमधाम हुने टाइममा अश्लील प्रतित हुने अवतार राखेर सबैको ध्यान आकर्शित गर्नेमा हुनुहुन्छ हैन, के भन्ने अब। मेरो केसमा चै, पुरानो खुशीहरु धुल्मिलिए, हराए, पुरानो खुशीले ज्यादा असर गर्न छाडे भनम, जस्तो तपाईं २० बर्षको हुँदा तपाईंलाई जे कुरामा interest लाग्थ्यो, अहिले नलाग्न सक्छ नि, तपाईंको जिउले नदेला, तपाईंको इच्छा नहोला, तेस्तै हो नि हजुर उमेरले नेटो काटेसी के के हुन्छ हुन्छ मान्छेको जिबनमा नि।
AnandNepal
· Snapshot 41
Like · Liked by · 0
बिरोधाभास, केलाउछु
हराएका इच्छाहरु, सेलाउछु
केही सम्पन्न आकांक्षाहरु अंगालेर
जिबनको दौड संगालेर

आशाको त्यान्द्रोबाट चुहेको रस पिएर
भएको होशबाट सन्यास बस्! लिएर
बेरोक, बेटोक थोरै मोजमा
फेरि नयाँ खुशीको खोजमा

:)
Bir_Nepali
· Snapshot 188
Like · Liked by · 0
बेनिडिकको डिकले काम गर्न छोडेको जस्तो छ!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 232
· Posts 1 · Viewed 330
· Posts 1 · Viewed 349
· Posts 2 · Viewed 742
· Posts 1 · Viewed 286
· Posts 1 · Viewed 307
· Posts 1 · Viewed 309
· Posts 1 · Viewed 418



Travel Partners
Travel House Nepal