लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले - Sajha Mobile
SAJHA MOBILE
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
Posts 25 · Viewed 11258 · Likes 53 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 4
उनकै पार्टिका प्रबक्ता भन्छन --
"आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो।यो लागु हुन सक्दैन।यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।"

बिपक्षि पार्टिका गगन थापा - "संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।
@PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।"

तर, उन्ले गर्दे पछि गर्दे ..

https://youtu.be/RvvUEQkzxes
Load Previous
AnandNepal
· Snapshot 627
Like · Liked by · 3
yes @logan ..

अहिलेको सिचुएसन ठ्याक्कै यो कथा जस्तो भएको छ !

नेकपा पार्टि भारुण्ड चरा जस्तो भएको छ -- मैले दुइ हप्ता अघि यस्तै हुन्छ भन्ने अनुमान गरेर तयार गरेको कथा हो यो !

अनुमान यति चाँढै मिल्छ होला भन्ने लागेको थिएन
https://www.youtube.com/watch?v=zRSrpOwllHw
AnandNepal
· Snapshot 740
Like · Liked by · 3
अनि यो ..

बिघटन के हो .. किन भो .. पहिले के के भएको थियो .. पहिलो भाग --
बिस्तारै इतिहास प्रस्तुत हुनेछ ..

https://youtu.be/gk-t3l_2Ttk
tallagheremaila
· Snapshot 894
Like · Liked by · 1
जे होस् कुबिध्या देबी ले समाज मा एउटा नया नाता " धर्म पति " पनि हुन्छा है भन्ने संदेश दिनुका साथै प्रमाणित पनि
गरि दिएकी छिन /
AnandNepal
· Snapshot 940
Like · Liked by · 3
;)

ओलिको टुक्का .. प्रचण्डले बोल्नै दिएनन भन्ने गुनासो .. खै के खै के ..
https://youtu.be/77Dzbzu4dck
AnandNepal
· Snapshot 1009
Like · Liked by · 3
प्रचण्डलाइ फाइदै फाइदा भयो ..
आधा एमाले उनकै साथ छ - माओबादि झण्डै झण्डै पुरै नै उनको साथमा छ
घाटा जति सबै ओलिलाइ ..

https://youtu.be/I8KInpmmKnU
AnandNepal
· Snapshot 1147
Like · Liked by · 3
** बिगठनको इतिहास**
भिडियो तयार गर्दै छु
पहिलो बिगठन - २०१७ सालमा - राजा महेन्द्रले (भिडियो तयार भै सक्यो)

दोश्रो बिगठन - २०५१ सालमा - गिरिजा प्रसाद कोइरालाले - २६ असारमा - सरकारको निति तथा कार्यक्रम स्विकृत नभए पछि (गर्दै छु)

तेस्रो बिगठन - २०५२ - मध्यावदि निर्वाचन पछि अल्पमतको सरकार बन्यो मनमोहन अधिकारिको नेतृत्वमा। ९ महिना पछि अबिश्वास को प्रस्ताव आए पछि संसद बिगठन गरिदिए। तर, भदौ १२ गते सर्बोच्चले पुनर्स्थापना गर्यो। मनमोहन अधिकारिको बिरुद्धमा - नेपालि कांग्रेस र राप्रपाले संसदको बिशेष अधिबेशन

चौथो बिगठन - २०५४ मा २४ पुष मा राजासंग सिफारिस सुर्य बहादुर थापाले । ९६ जना सदस्यले दरवारमा निबेदन दर्ता गरे। सर्बोच्चले प्रतिनिधि सभा बिगठनको प्रयास ।

पाँचौ बिगठन - २०५५ को अन्त्यमा - गिरिजा प्रसाद कोइराला -- कांग्रेस एमाले सरकारको नेता गिरिजाले गरेको शिफारिस कार्यान्वयन भएन । २०५६ मा नियमित निर्वाचन भयो।

छैठौं बिगठन - २०५९ - शेरबहादुर देउवा - कांग्रेसले बहुमत प्राप्त गरेको थियो - सत्ता झगडा - नयाँ राजा ज्ञानेन्द्र शाह - असोज ८ गते संसद भंग गरेर निर्वाचन घोषणा गरे । तर उनले निर्वाचन सम्पन्न गर्न नसकेपछि राजाले शेरबहादुर देउवालाइ असक्षम भन्दै उनलाइ बर्खास्त गरेर आँफैले सत्ता हातमा लिए। त्यस पछि राजा बिरुद्धको जन आन्दोलन ले गति लियो र प्रतिनिधि सभा बिगठित भएको ३ बर्ष पछि पुनर्जिवित गराइयो।

सातौं बिगठन - बाबुराम भट्टराइले संविधान सभा बिगठन गर्ने शिफारिस गरेको - तर दलहरुले मिलेर खिलराज रेग्मिलाइ सरकार प्रमुख बनाएर चुनाव गराएको (यो बारेमा सोधखोज गर्न बाँकि नै छ)

आठौं बिगठन - २०७७ को केपि ओलिको बिगठन

पहिलो भाग यो हो :
https://youtu.be/WdCrZMRkm74


अन्तिम बिगठन प्रचण्ड चुनावसंग डराएको ले भएको रहेछ
https://youtu.be/8TiOfspmwVA
logan
· Snapshot 1203
Like · Liked by · 1
त्रुम्प बाबालाइ जनताले हराए पनि सत्तासिन हुन् हजारौ दाउपेच देखि मार्सल ल पनि लागु गर्न सल्लाह दिए भन्ने देखि १० दिन अगि राजिनामा दिएर पेन्स रास्ट्रपति बनेर आम माफी लिए कुरा पनि नचलेका होईनन | अमेरिका जो संसारकै ठुलो प्रजातान्त्रिक देश को यो चाला छ हाम्रो त ३ दसक मात्र तेस्मा पनि भारतको इसारामा नाच्ने र करोडौ हातमा हालिदिए सदन बिघटन हुनु नौलो कुरा भए र ?
Eklopan
· Snapshot 1210
Like · Liked by · 1
कोरोन महामारी बाट आक्रान्त देश लाइ सामान्य अवस्था मा फर्काएर जनता र स्मल बिस्नेस लाई राहत दिनु पर्ने बेलाम संसद भंग गरेर ठुलै युद्ध जिते जसरि कुर्लिदै हिडेको छ साल चोर। यी मुला हरु लाई देश को माया भएपो। यस्तै पारा हो भने देश नै पो नरहने हो कि भन्ने डर पो हुन थाल्यो/ पशुपति नाथ ले सबै को कल्याण गरुन सबैमा सद्बुद्धि आयोस/
जय देश
AnandNepal
· Snapshot 1269
Like · Liked by · 2
पशुपति ले कल्याण गर्लान

https://youtu.be/HlIbhPcSK4s
AnandNepal
· Snapshot 1307
Like · Liked by · 2
यि मन्त्रि हेर्नुस्न ..

https://www.youtube.com/watch?v=_5dN_2dA8HQ

Last edited: 25-Dec-20 09:50 PM
AnandNepal
· Snapshot 1360
Like · Liked by · 2
राजनितिले सबै चिज खाइदिएपछि सेलिब्रेटिहरुले भाउ नै पाएनन ..

तेसैले उनिहरुको भनाइ उत्खनन गर्ने कार्य गरियो यो भिडियोमा -- भिडियो बनिसकेपछि बल्ल हाम्रा रायस दाइले के भने होलान भन्ने कौतुहलता लागेको थ्यो .. खोज्न भ्याएको छैन

https://youtu.be/ejO8OAW1nbo
AnandNepal
· Snapshot 1427
Like · Liked by · 2
अनि प्रचण्डको कुरा

https://youtu.be/f4Rajk78zqQ

harkhe7
· Snapshot 1514
Like · Liked by · 2
अहिले मेरो दिमागमा एउटा प्रस्न उठिरहेको छ | प्रचण्डले अनुमान त गरेका होलान सन्कि ओलीले सम्सद बिगटन पनि गर्न सक्छन भनेर | ओली सम्सद बिगटन गर्नुको एक दिन पहिला प्रचन्डलाइ भेट्न पनि गएका थिए | यदि शंखा थियो भने प्रचण्डले किन ओलीलाई रोकेनन ? यदि यो गणतन्त्र fail भयो भने प्रचण्ड हार्नेछन ओली होइन |
salamkrishne
· Snapshot 1547
Like · Liked by · 2
हर्के सोल्टा, प्रचण्ड लाई त्यो संका भएको भए त अविश्वासको प्रस्ताव अघिल्लो दिन नै आउँथ्यो नी । चतुर ओलिको खुराफाती प्रचण्डले अनुमान नै गर्न सकेन । ओली जे भए नी झापाली ,, ई हो नी :)
AnandNepal
· Snapshot 1682
Like · Liked by · 2
@harke7 प्रचण्ड चुनाब भयो भने त बिजोग हुन्छ भनेर डराएका थिए ।
ओलिले त्यहि डरलाइ क्यास गरेका हुन जस्तो लाग्छ मलाइ ।

yes @salamkrishne ... he had no idea...

ओलिको आँट चाँहि मान्नै पर्छ ..
एकै तिरले ३-४ ओटा शिकार गरेका हुन -- प्रचण्ड, माधव नेपाल र झलनाथ सबैलाइ सक्ने चालवाजि हो।
चुनाव भनेको समयमा कुनै हालतमा हुँदैन ।

सबै एमाले कार्यकर्ता आँफ्नो पक्षमा नआइन्जेल चुनाव हुँदैन। माधव नेपाल र प्रचण्ड दुइजनै अध्यक्ष भएर झन ठिक भयो भन्ठानेका होलान। दुइटा टाउके भएको पार्टि अघि बढ्न एकदमै गाह्रो हुन्छ।

उनको मन्त्रिमण्डल बिस्तार नै असम्बैधानिक हो तर पनि केहि हुने वाला छैन .. :
https://youtu.be/F5SwDLjJ6m0
harkhe7
· Snapshot 1699
Like · Liked by · 1
प्रचण्डले डर देखाएका पनि हुन सक्छन | I can't underestimate Prachanda. He is a historical man. The world is curious about his peace process. Afghan team came to learn about the peace process in 2018. Being clever can only get you so far. You need a vision to have a long lasting legacy. While the Chinese team rushed to Nepal, India is silent. That had never happened before.
harkhe7
· Snapshot 1780
Like · Liked by · 2
We shall find out soon which leaders were under the influence of Dunning -Krueger effect. 🤓

https://youtu.be/y50i1bI2uN4
harkhe7
· Snapshot 2420
Like · Liked by · 1
Nostalgic!

https://www.crisisgroup.org/asia/south-asia/nepal/nepal-must-escape-shadows-chased-bp-koirala
AnandNepal
· Snapshot 2521
Like · Liked by · 1
Interesting @harkhe7
मैले बुझेको कुरालाइ अहिलेको अबस्थालाइ लिएर थोरै लेख्ने प्रयास गरें .. (तर मलाइ रिपोर्टरको रिपोर्ट अधुरो लाग्यो - भारतिय स्कलर को हो .. नाम पनि छैन स्रोतको कुनै उल्लेख पनि छैन। केहिको पनि श्रोत उल्लेख गरिएको छैन।")
"writes one commentator." - who & where ?
"B. P. had spoken to an Indian academic" - name? or just a made up thing?

...
२०१५ सालमा नेपालमा पहिलोपटक निर्वाचन भयो र बिपि कोइरालाको नेतृत्वको नेपालि कांग्रेसले बहुमत प्राप्तगर्यो। बिपिको नेतृत्वमा सरकार बनेको एक बर्ष पछि एक भारतिय बुद्धिजिवि संग कुरा गर्दै शन्तोष ब्यक्तगरेका थिए, "बल्ल एउटा सरकारबन्न नपाउँदै कुनबेला कसले फेर्ने हो भन्ने चिन्ता लिनु नपर्ने भएको छ।"

"अहिले कम्तिमापनि स्थायित्व त बहेको छ। बिगतलाइ हेर्दा यो एक अद्वितिय कुरा हो।"

तर, दुखको कुरा उनले त्यसरि स्थायित्वको बखान गरेको ६ महिना पछि नै उनको सरकार ढल्यो। उनलाइ राजा महेन्द्रले गिरफ्तार गरेर एक प्रजातान्त्रिक र स्थायित्वको प्रयासको अन्त्य गरिदिए।

अहिले ६० बर्ष पछि फेरि त्यहि अबस्था दोहोरिएको छ। त्यो बेला राजाले संसद बिघटन गरेर प्रधानमन्त्रिलाइ बन्धक बनाएका थिए। त्यस बेला जस्तै अहिले पनि पञ्चायत हटेर बहुदल आएको ३० बर्ष पछि बनेका सबै सरकार अस्थाइ रहेका थिए। एक बर्ष भन्दा लामो समय चल्नु नै अनौठो जस्तो लाग्ने अबस्था आएको थियो। अनि, ३ बर्ष अघिको चुनावमा जनताले नेकपाको गठबन्धनलाइ झण्डै दुइ तिहाइको बहुमत दिएर सरकार बनाउन लगाए। इतिहासमा नै सबै भन्दा शक्तिशालि यो सरकारले देश बिकास गर्छ भन्ने ठुलो आशा थियो। तर, सरकार शुरु देखि नै अल्पमतको सरकार जस्तो बन्यो। आन्तरिक कलहका बिच प्रधानमन्त्रिले पटक पट्क मन्त्रिपरिषद फेरबदल गर्दै असन्तुष्ट पक्षलाइ खुशि पार्ने प्रयास गरिरहे। तर, यो गठबन्धन नै जनतालाइ धोका दिएर बनाइएको रहेछ भन्ने प्रचण्डले खुलासा गरे। उनिहरुले प्रधानमन्त्रि नै पालो पालो बन्ने भनेर भित्रि समुझौता गरेका रहेछन। यो गोप्य सम्झौता खुलासा गरे पनि ओलिले प्रम पद छोडेनन, प्रचण्डले उनको खुट्टा तान्न छोडेनन।

यहि खिचातानिको बिचमा इतिहास दोहरियो फेरि संसद बिघटन भयो।

(थपथाप र मिलाउन बाँकि नै छ)
harkhe7
· Snapshot 2573
Like · Liked by · 0
This is another interesting article if you haven't seen it yet. It basically talks about how the struggle between the party president and the prime minister has caused instability in Nepal for the last 7 decades.

https://www.spotlightnepal.com/2020/12/24/politics-dissolution-unresolved-seven-decades/
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 362 · Likes 1
· Posts 3 · Viewed 181 · Likes 1
· Posts 4 · Viewed 317
· Posts 1 · Viewed 67
· Posts 2 · Viewed 330
· Posts 1 · Viewed 237
· Posts 24 · Viewed 7541 · Likes 2
· Posts 26 · Viewed 2717 · Likes 5
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 131



Your Banner Here
Travel Partners
Travel House Nepal