बाहिर बिरोधै बिरोध, संसदमा निर्विरोध - Sajha Mobile
SAJHA MOBILE
बाहिर बिरोधै बिरोध, संसदमा निर्विरोध
Posts 2 · Viewed 4711 · Likes 1 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 1
हत्या आरोपित ब्यक्ति निर्विरोध सभामुख बन्छन :
देश अनौठो छ ..
https://youtu.be/XI3OrPgVWi8


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि सोमबारका लागि पेसी तोकिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आज पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आज मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिनिधिसभाले आज सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने भोलि सोमबारका लागि तय भएको छ । ..
atomic
· Snapshot 223
Like · Liked by · 0
मने, १७००० हैन ५ हजार मारें भन्ने लाई अब अन्तर्राष्ट्रीय अदालत मा ल्याएर सँजाए तोकी दिने अमेरिकि रास्ट्रपति लाई मेरो भोट र समर्थन ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 230
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 67
· Posts 15 · Viewed 2108 · Likes 3
· Posts 1 · Viewed 164
· Posts 6 · Viewed 760
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 327
· Posts 4 · Viewed 883
· Posts 2 · Viewed 496



Your Banner Here
Travel Partners
Travel House Nepal