बन्दुकधारीको गोली प्रहारबाट टेक्सासमा एक नेपाली युवा गम्भिर घाइते - Sajha Mobile
SAJHA MOBILE
बन्दुकधारीको गोली प्रहारबाट टेक्सासमा एक नेपाली युवा गम्भिर घाइते
Posts 3 · Viewed 9600 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

टेक्सास (अमेरिका)- एक अश्वेत बन्दुकधारीले गोली चलाउंदा अमेरिका टेक्सासको ब्रायनमा एक नेपाली युवा गम्भिर घाइते भएका छन् ।

नेपालको कञ्चनपुर पुर्नवास धनगढी घर भई करिब एक बर्ष यता ब्रायन स्थित एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन् ।

स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर आएको अश्वेत बन्दुकधारीले सोमबार बिहान साढे ६ बजेतिर एक्कासी गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको घाइते जेठाराका जेठान दाई मोहन कुसारीले बताउनुभयो ।

सामान्यतया पैसा लुट्नका लागी बन्दुक लिएर आउने भएतापनि गम्भिर घाइते जेठारालाई भने स्टोरमा ग्राहकको रुपमा आई सिधै गोली प्रहार गरेर भागेको बताइएको छ ।

श्रीमती संगै एक छोरी अमेरिका आउने प्रक्रिया शुरु हुनै लाग्दा जेठारा माथी बज्रपात परेको हो । अमेरिका त्यसमाथी टेक्सास राज्यमा पछिल्लो समय ग्यांस स्टेशनमा लुटेरा र बन्दुकधारिहरुको आक्रमनको शिलशिला बढेको छ ।

http://www.himalpationline.com/9244/?fbclid=IwAR3PGf3iZJBGuO9OISyMhgG6mvXhxGcfPAAWKjh0aP4_81PljgfZR1Rjdjk

solu123
· Snapshot 770
Like · Liked by · 0
NLM
Nepalese Lives Matter.
GwachAquarian
· Snapshot 898
Like · Liked by · 0
सरि तु साउण्ड लाइक अ रेसिस्त, बट् व्हाई आर दिज हप्सिज सो सेन्सलेसलि ब्रुतल लाइक आनिमल्स ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6910 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 347
· Posts 2 · Viewed 712
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal