अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस ट्राफिकको फन्दामा - Sajha Mobile
SAJHA MOBILE
अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस ट्राफिकको फन्दामा
Posts 2 · Viewed 28157 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस ट्राफिकको फन्दामा

जावलाखेल, हरिहरभवन र कुपन्डोलमा रोक्न खोज्दा भागेका पारसलाई थापाथलीमा प्रहरीले पक्रियो

घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा.१४प २१३१ नम्बरको गाडी थियो ।

कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो देखिन्छ । दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू ।’

हरिहरभवनको ट्राफिक तयारी अवस्थामा बस्यो । नभन्दै बेतोडले हुइँकिएको गाडी हरिहरभवन आइपुग्यो । नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुक्दै रोक्न संकेत गर्‍यो । तर, सुनेको–नसुन्यै गरी चालकले झन् गेयर बढायो । हरिहरभवनका ट्राफिक प्रहरी पनि जावलाखेलका झैँ हेरेको–हेर्‍यै भए ।

हरिहरभवनबाट पनि अगाडि बढेपछि गाडी रोक्नुपर्ने खबर कुपन्डोल र थापाथली ट्राफिकमा पुग्यो । कुपन्डोलका ट्राफिक पनि तत्काल ‘एक्सन’मा खडा भए । तर, उनीहरूले रोक्न खोज्दा पनि गाडी रुकेन । कुपन्डोलका ट्राफिकलाई हैरान पार्दै गाडी थापाथलीतिर कुद्यो ।

थापाथली ट्राफिकले नयाँ जुक्ति निकाल्यो । उक्त गाडी थापाथली आइपुग्नै लाग्दा ट्राफिकले त्यस अगाडिका चार–पाँच गाडी रोकिदियो । अब बा.१४प २१३१ नम्बरको गाडी उम्किने अवस्था भएन । त्यसो त त्यहाँबाट फुत्किएको भएपनि माइतीघर र त्रिपुरेश्वरका ट्राफिक पनि तयारी अवस्थामा थिए ।

थापाथलीका दुई–तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड ?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त ?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे । चालक गाडीबाट झर्नेवित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, ‘पारस शाह ।’ त्यसपछि त सडकमा हल्लीखल्ली नै भयो । जावलाखेल चोकबाट प्रहरीले निगरानीमा राखेका ति चालक पूर्व युवराज पारस शाह थिए । गाडीमा उनी एक्लै थिए ।

नम्बर प्लेट पुछेर पारस गाडीमा बसे । ट्राफिक प्रहरी वाकिटकीमा उपल्लो निकायमा कुरा गर्न थाले । एकैछिनमा पारस फेरि गाडीबाट झरेर ट्राफिककहाँ पुगे र आफ्ना ‘डकुमेन्ट’ फिर्ता मागे । ट्राफिकले जवाफ दिए, ‘एकछिन समय लाग्छ ।’ त्यसपछि उनी गाडीमै गएर बसे । एक मिनेटमै फेरि गाडीबाट ओर्लिए र ट्राफिकसँग उही अनुरोध दोहर्‍याए । ट्राफिक प्रहरीले पनि अघिल्लै जवाफ दियो, ‘समय लाग्छ ।’

त्यतिवेलासम्म पारस निकै आक्रोशित भइसकेका थिए । रिसाएर उनी कड्किए, ‘तैले मलाई चिन्नुपर्छ ।’ यति बोलेपछि पारस लाइसेन्स र ब्लुबुक छाडेर गाडीभित्र पसे र माइतीघरतर्फ हुइँकिए ।

पारसका अंगरक्षक थापाथली प्रहरीमा
लाइसेन्स र ब्लुबुक ट्राफिकलाई छाडेर पारस हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालयमा आए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसिद काटेको थियो । रसिदमा चालक/धनीको नाम ‘पारस वि.वि. शाह’ उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स फिर्ता ल्याए ।

गल्ती गर्ने सबैलाई कारबाही हुन्छ : 

वसन्त पन्त एसएसपी, महानगरीय ट्राफिक प्रहरी महाशाखा

Nepaligoru
· Snapshot 999
Like · Liked by · 0
Paras is the real Don of Nepal. Rest are jharpaat.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 57
· Posts 59 · Viewed 2469
· Posts 4 · Viewed 569
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 84
· Posts 2 · Viewed 283
· Posts 5 · Viewed 657
· Posts 4 · Viewed 758
· Posts 6 · Viewed 533
· Posts 1 · Viewed 147



Travel Partners
Travel House Nepal