नेपालीको बहादुरी यसरि भाइरल बन्यो मलेसियामा - Sajha Mobile
SAJHA MOBILE
नेपालीको बहादुरी यसरि भाइरल बन्यो मलेसियामा
Posts 4 · Viewed 8775 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ ।

यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् ।

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिएका छन् ।

सुरक्षागार्डको नियन्त्रणमा परेका मार्सल आर्ट लडाकूले भने आफुले सुरुमा थप्पड हान्नु गल्ती भएको फेसबुकमार्फत् बताएका छन् । आफु उनीहरुसँग लडन सक्षम भए पनि धेरै प्रतिकार नगरेको उनले दावी गरेका छन् । ‘मैले सुरुमा थप्पड हान्नु गल्ती थियो, मैले उनीहरुसँग सरी भनेर माफी पनि मागिसकेँ । यो एउटा सामान्य असमझदारीबाहेक केही हैन् ।’ उनले भनेका छन् ।

https://www.youtube.com/watch?v=uIOpVrSWMQg

भिडियो साैजन्य,  सुवाङ जयको फेसबुक वाल ।

http://www.onlinekhabar.com/2017/07/610915/

Last edited: 18-Jul-17 08:34 AM
sidaNepali
· Snapshot 743
Like · Liked by · 0
Looks like our brother got himself kicked
urban rural
· Snapshot 837
Like · Liked by · 0
3-1 and still brave lol
teroobaau
· Snapshot 856
Like · Liked by · 0
जित्नु नै बिरता होइन नि. आफ्नो काम इमान्दारिता साथ गरेर त्यत्रो ज्याद्रो सित नडराउनु बिरता हो नि ..अरु लै त नेपाली ले गोडा तान्छ भंचन ..आफ्नो पनि पारा हेरनी हो कि उर्बन
Last edited: 18-Jul-17 03:59 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 10 · Viewed 812
· Posts 5 · Viewed 464
· Posts 3 · Viewed 189
· Posts 21 · Viewed 1719
· Posts 7 · Viewed 936
· Posts 17 · Viewed 2841
· Posts 7 · Viewed 1164 · Likes 2
· Posts 5 · Viewed 287
· Posts 1 · Viewed 92
· Posts 6 · Viewed 464



Your Banner Here
Travel Partners
Travel House Nepal