उस्तै उस्तै हामी - Sajha Mobile
SAJHA MOBILE
उस्तै उस्तै हामी
Posts 25 · Viewed 29641 · Likes 50 · Go to Last Post
Mrigtrishna
· Snapshot 0
Like · Likedby · 7
मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।।
तिमी सजिएर गयौ मलाई सजाएर लगे ।।

म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै
तिम्लाई भने स-साना काम कजाएर लगे ।।

फुल्को माला मेरो भयो दुबोको तिम्रो भागमा
गोजिको अौँठि टलक्क अोहो! मजाएर लगे ।।

रोये बा आमा मेरा झर्को लाग्दै थियो अब
तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।।

आगँनमा तिम्रो मेरो उस्तैउस्तै घुईचो थियो
त्यता नौमती यता शंख बजाएर लगे ।।

Load Previous
instagram
· Snapshot 453
Like · Liked by · 2
राम्रो कबि लाइ आफ्नो कबिता मा के छ स्वम उसलाई नी थाहा हुन्न रे । त्यस्तै होला मृग तृष्णा जी । धेरै राम्रो कबिता ।
Punter
· Snapshot 472
Like · Liked by · 2
सुन्दर कविता मिग्र त्रिसनाजी , तर अलि बुज्न गर्यो भयो हाम्रो नाज ब्रो ले भनेको जस्तै!!!
कीप द गुड वोर्क मिर्ग त्रिसना जी अनि हजुर लै २०१६ को दीपावली को हार्दिक मंगल माया सुभकामना पनि!!!
Punter
· Snapshot 604
Like · Liked by · 1
हाम्री प्यारी मृगतृष्णाजीलाइ के तपाईको हृदयले पनि महान कवयत्रि को रुपमा लिन भैसक्यो ब्रो ? नाज ब्रो मैले सोची राको छु हाम्रो मिग्र त्रिसनाजी लै हामी ले साझामा पाएर हामी ले आफु लै धेरै भाग्यमअनि सम्जिनु पर्चा किनकि उहा को कविता एकदम राम्रो छ! म त् भन्छु उहा लै हामी "आसुकबि" को उपनाम ले सम्मान गर्नु पर्छ!!!
ujl
· Snapshot 659
Like · Liked by · 2
मुटु नै चिसिक्क हुने कविता. मैले पनि मिलि जी ले बुझे जस्तो बुझे.
panacea
· Snapshot 690
Like · Liked by · 2
बुझ्नलाई दुइपल्त पद्नु परेनी कविता भने गहिरो र भाबुक छ |
लेख्दै गर्नु होला |
Punter
· Snapshot 858
Like · Liked by · 2
हजुरलाई पनि म पुन:एक खेप सहृदय धन्यवाद दिन चाहन्छु ! यो वर्ष पनि म "साझा बोका हस्ती २०१६ " गर्छु अनि तपाई लै बधाई छ तपाई यो साल नोमिनेट हुनु भाको छ !!!
पुन्तर ब्रो, हजुरले भन्नु भाको जस्तै हामीले वहालाइ साझाको "आसुकबि" को उपनाम दिएर उहालाई सम्मान गर्न पर्छ ! तपाई ले सहि कुरा गर्नु भयो!! मिग्र त्रिसना जस्तो प्रतिवासली मान्छे हामीले ले साझा मा पाउनु भनेको ठुलो गर्व को कुरा हो !!! येही संदर्ब मा म र नाज ब्रो को तर्फा बाट एउटा सानो उपहार हामीमिग्र त्रिसनालै दिन चन्हान्चौ!!!
आसा गर्छु हजुर लै हाम्रो उपहार मन पर्छ!!!
tito-satya
· Snapshot 1109
Like · Liked by · 1
Am I reading Albert Camus's Absurdism? Everybody sounds absurd.. please google what absurdism means before commenting on me pleaaseeeeee.... i beg uuu....
Also, i felt it is more on Existentialism ... well, my sajha friends, please google what that means too and then only comment... yakkk! I know people will throw their three cents ( not 2 cents this time, I know u understood what i meant), to show and pretend that they know all and they are superior... well, good lord! u r welcome!



Mrigtrishna
· Snapshot 1269
Like · Liked by · 1
सम्मान पाए पछि अरु के नै पो चाहियो र? म त मख्ख अब | :p धेरै धेरै धन्यबाद | :)
Punter
· Snapshot 1513
Like · Liked by · 2
हजुर खुसि हुन् हुँदा कसम मेरो दिन नै बन्छ मृगतृष्णाजी ! मलाई पनि मिग्र त्रिसना जी र नाज ब्रो खुसि भयको देख्दा मलाई नि खुसि लग्यो जे होस् हजुर हरु दुवै लै मेरो अव आउदै गरेको हुन्दुहरु को महान चाड दीपावली को हार्दिक मंगल माया सुभकामन बेक्त गर्न चाहन्छु म पुन्टर को तर्फा बाट!!!
Mrigtrishna
· Snapshot 1538
Like · Liked by · 1
Punter जी अनि nas जी , हजुरहरु दुबैलाई पनि दिपावलीको हार्दिक मंगलमय शुभकामना | अब नेपाल जानु तेस्तै भयो, जहाँ हुनुहुन्छ , यहाँको चाडबाड रमाइलो गरि बितोस | हार्दिक शुभकामना | :)
KyaJhoor
· Snapshot 1560
Like · Liked by · 2
आज सम्म साझामा पदेको मध्य सबै भन्दा राम्रो गजल। हुन त कमेन्ट नगरेनी तपाईंको गजलहरु पढिरहेको हुन्छु तर यो गजल ले मेरो मन् नै छोयो । साझामा यस्तो लेख पढ्न पाइरहु।
Mrigtrishna
· Snapshot 1712
Like · Liked by · 1
धन्यबाद kyajhoor जी.. कमेन्ट नगरेपनि लुकी लुकी पढ्ने हजुरलाई धेरै धन्यवाद | :)

nas जी फेरी पनि मख्ख बनाइदिनु भएको र फुर्क्याई दिनु भएकोमा धेरै धेरै धन्यवाद | :)

शुभ दिन :)
ThahaChaena
· Snapshot 1810
Like · Liked by · 1
मृगतृष्णाजी, 

 गजल मिठो छ , तर उत्कृष्ट चाही म भन्दिन . 

 तपाईका पहिलेका गजल यो भन्दा उच्चकोटीका रहेका छन् झैँ लाग्यो है मलाइ चाही. यस गजल मा चौथो शेरको काफिया अलिक के नमिलेको जस्तो लाग्यो . "तिम्रा आए साथी तिम्लाई लजाएर लगे ।। " - तिम्लाई लजाएर लागे = लजाएर लग्न मिल्छ र ? भाव पोख्न खोजेको बुझें तर शब्दसंरचना पो नमिलेको हो कि भन्ने भान भयो . 

यसो गर्दा कसो होला 
 रोए बा आमा मेरा झर्को लाग्दै थियो अब 
 तिम्रा आए साथी तिम्लाई रिझाएर लगे ।। 

 मेरो एक शेर थप्न अनुमति चाहें : 
खुसिका नवपालुवा सदा तिमीलाई भयो 
 यहाँ निमोठिएको गुलाब वरिपरि चढाएर गए 

गलत रहेछु भने अन्यथा नलिनु होला के गर्नु आफलाई त धेरै कुरा "थाहा छैन" .

-थाहा छैन
Last edited: 26-Oct-16 10:11 AM
Altijdgoede
· Snapshot 1828
Like · Liked by · 1
TC मित्र, यो कुरा मलाई पनि खट्केको हो | यी गज़लहरुको संरचना मिलाउन गार्हो छ, म मृगतृष्णाजीको समस्या बुज्छु तर यो गज़ल मिठो चाही छ तर अरु जस्तो सरर बगेको छैन, मिठो खिर घाँटीमा गएर अड्केको अवस्था जस्तो |

Trishna jilaai kasto lagachha khai, tara tapaiko addition bado jod dar lagyo malai ta, 
Last edited: 26-Oct-16 09:19 AM
ThahaChaena
· Snapshot 1877
Like · Liked by · 1
अल्तिजगोएड मित्र , धन्यवाद .
मृगतृष्णा जी एवम् अन्य गजलका पारखीहरुलाइ यहीं साझाको एउटा धागो सप्रेम उपहार है यो .
http://sajha.com/sajha/html/index.cfm?threadid=56448&noofposts=36
आजकाल सिरिश दा, ठुल्दाई, नेपे दा, वाका दाइ अनि लोप्चनलामा जी जस्ता घडघडान गजलकार /गजल्गुरु हरुको अनुपस्थितिमा उहाँहरुको पुराना खारिएका गजलहरुले नै मार्ग निर्देशन गर्लान भन्ने आशाले माथिको धागो जोडेको है ....

Mrigtrishna
· Snapshot 1891
Like · Liked by · 1
धेरै धन्यवाद thaha chaena जी । चौथो काफिया "लजाए'र लगे " हुनु पर्ने मा अन्येथा हुनगएको मा माफी चाहन्छु । साथी लजाउन त मिल्छ होइन र? गज़ल को काफिया "जाएर " भएको हुन ले धेरै शब्द मिलाउने गार्हो भयो :) अझै सल्लाह सुझाब को अपेक्छ्या गर्दछु ।

धेरै धन्यवाद altijdgoede जी । घाटी मा अड्कन गएको मा माफी चाहन्छु । अनि मलाई thaha chaena जी को अन्तिम शेर मिठो लाग्यो । :)


हजुर हरु दुबैलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना ।
Altijdgoede
· Snapshot 1942
Like · Liked by · 0
एउटा शेर थप्ने हिम्मत गरेको छु तृष्णाजी, चित्त नबुझे माफी हवस् |

युग लगाई एकठ्ठा गरेथें यो जिवन मैले
क्षिन भरमै खुद्रै खुद्रा गरी, भजाएर लगे
Punter
· Snapshot 2237
Like · Liked by · 0
मिर्ग त्रिसनाजी
हजुर लै जन्म दिन को धेरै धेरै सुभकामना छ मेरो र नाज ब्रो को तर्फा बाट किनको हजुर यो साझा को लक्ष्मी प्रसाद देवकोटा हुनु हुन्छ!! अनि आज लक्ष्मी पुज्जा , हजुर को र हाम्रो महान कबि श्री लक्ष्मी प्रसाद देवकोटा लै को जन्म दिन तेही भएर हजुर हरु लै जन्म दिन को धेरै धेरै सुभकामना !!!

MarkAntony
· Snapshot 19452
Like · Liked by · 1
यो कविता निकै नै राम्रो रैछ whoever wrote ह्याट्स ओफ to him/her
magorkhe1
· Snapshot 19509
Like · Liked by · 0
युग लगाई एकठ्ठा गरेथें यो जिवन मैले
क्षिन भरमै खुद्रै खुद्रा गरी, भजाएर लगे

यो पढे पछि शिरिसजी लाइ सम्झन पुगे, वहाँले लेख्न छोड्नु भएको छैन, साझामा तास्नको लागि सहि बातावरणको प्रतिक्षामा हुनु हुन्छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 311
· Posts 20 · Viewed 1918 · Likes 1
· Posts 7 · Viewed 1038
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 74
· Posts 11 · Viewed 2154 · Likes 6
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 140
· Posts 1 · Viewed 198
· Posts 2 · Viewed 540



Your Banner Here
Travel Partners
Travel House Nepal