आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले
प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले
सपना सारा मिठा थिए बुनिएका सजिएका
इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले
एकोहोरो नाइँ नास्ती, हुन्न भनिरहँदा म
अस्मिताको मेरो घर त्यो ढाल्यौ तिमीले
आँखा रसिलो मेरो कहिले हुनदिन्न भन्थ्यौ
मेरो इज्ज़त आफ्नो वचन फाल्यौ तिमीले |
डरायौ हो? तिमी विरुद्ध लड्छु कि कतै म
समाजको डर देखाई मुख टाल्यौ तिमीले ||
पिडा छ हजुर पिडा ..
अंग प्रत्यंगको नाप लिई शल्यक्रिया गरेपछि
मुटु चिरा चिरा पारि नुन छर्क्यौ तिमीले
देख्नासाथ तिमीलाई मनमा फ़क्रन्थे कोपिलाहरु
तर अनायाशै मन भरि बिष बृक्ष्य पाल्यौ तिमीले
मृगतृष्णा ज्यू,
तपाईको गजलहरु खारिदै आईरहेको छ . एउटा गजलकारको उदय देख्दै छु म . हरेक गजलमा एउटा पूर्ण कथा पस्किने गर्नु भएको छ जुन साह्रै सुन्दर लाग्छन् मलाइ .
धन्यवाद यति मिठो गजलको लागि
- थाहा छैन
धन्यवाद KALIKOPOI, ALTIJDGOEDE JEE. हजुरहरु थपिदिनु हुन्छ र त अझै लेख्ने हौसला मिल्छ.|
NAS जी जबर्जस्ति को अनुमान एकदम मिल्यो :) | बिश्वास गरेको मान्छेबाट नै घात हुनु अनि चिन्दै नाचिनेको मानिस बाट लुटिनु दुई भिन्न पाटाहरु हुन् सायद| बितृष्णा पैदा हुन्छ भन्या कहिले काही त वियोगान्त लेख्दा |
thahachaena जी धन्यवाद फ़ुर्काइदिनु भएकोमा | हजुरहरु मन पराइदिनुहुञ्छ, कमि कमजोरी औल्याई दिनुहुन्छ त्यसैले प्रेरित गर्छ |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 73
· Viewed 17290
· Likes 16