अनौठो सम्बन्ध - Sajha Mobile
SAJHA MOBILE
अनौठो सम्बन्ध
Posts 4 · Viewed 8465 · Likes 4 · Go to Last Post
Mrigtrishna
· Snapshot 0
Like · Likedby · 3

दिएर गयौ तिमी ,यो प्यार अनौठो
एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।।

छैन स्पर्श कतै तिम्रो बहने पवनमा
तर पनि म जिउने छ आधार अनौठो।।

हुन्न अब कसैको म तिम्री नभएपछी
एकछत्र राज तिम्रो अधिकार अनौठो।।

मन मष्तिस्क सदैव लिई हिंड्दापनि
गर्हौं कत्ति नलाग्ने तिम्रो भार अनौठो।।

म परें बिरलै प्राथमिकतामा तिम्रो
आफ्नै प्रेम नअट्ने त्यो परिवार अनौठो।।
Mrigtrishna
· Snapshot 642
Like · Liked by · 0
धेरै धन्यवाद गज़ल को भाव एती सरल र मिठो बनाइदिनुभएकोमा !
ThahaChaena
· Snapshot 1155
Like · Liked by · 1
आस्था दाहालको यो गजल को याद दिलाउनु भयो मृगतृष्णा जी ..... मिठो लाग्यो तपाईको रचना

सङ्गीहरुको हुलमै हुदा मलाई उस्ले डाकेपछि ।
के गरुँ म रातो गुलाफ मेरै सामु राखेपछि ।

उम्कनलाई प्रयास मैले नगरेको होईन
कति गरुँ अस्वीकार गर्दा गर्दै थाकेपछि ।

उसका पछि लाग्ने पनि थिए होलान कति कति
गल्दै गएँ नजरबाणले मलाई मात्र ताकेपछि ।

उ मेरो अनि म उस्कै लागि जन्मेको रे
हार खाएँ मलाई पाउन देबी देउता भाकेपछि ।

फलाम होईन मेरो मन पगाल्नलाई आगो चाहिने
विबश भएँ उसको माया जालले मलाई ढाकेपछि ।

शनै:शनै छहारीको अभाव दुख्न थाल्यो
गरेँ स्वीकार ममा पनि मायाको बेल पाकेपछि ।
Mrigtrishna
· Snapshot 1452
Like · Liked by · 0
Nasjee , कोशिश जरुर गर्नेछु| निराश बनाउन त चाहान्न| छिट्टै लेख्ने प्रयेत्न गर्छु ल | :)

धन्यबाद थानेजी , आस्थाजी को गजल मिठो लाग्यो| अरु रचनाहरु पनि पढ्न पाए अझ आभारी हुने थिएँ| :)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 114
· Posts 5 · Viewed 1153
· Posts 1 · Viewed 52
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 118
· Posts 73 · Viewed 17304 · Likes 16
· Posts 1 · Viewed 108
· Posts 9 · Viewed 1055
· Posts 1 · Viewed 105
· Posts 1 · Viewed 104



Your Banner Here
Travel Partners
Travel House Nepal