दुवै मिली चुडांइदिए तिनैलाई जोड्ने पूल थिएॅ
कांडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएॅ।
भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो
उपहार नी फाल्छ कोही, धत् म त भूल थिएॅ।
पाएं आज आफैंलाई रेटि काटी फालिएको
उन्कै पेटमा हिजो सम्म, म कति प्रफुल्ल थिएं।
गरिन बिन्ती बचाऊ भन्दै यस्ता निर्लज सामु
तिन्लाई के’था म त तिन्कै प्रेमको मूल थिएँ।
सोच्दैछु म आज यहाँ जे भयो ठिकै भयो
बाँचे पनि म आखिर आंखाकै धूल थिएँ।
Kata haraunu vo vaneko ta balla dekhna paaiyo. Arko damdar ra marmik prashtuti. Keep them coming.
मृगतृष्णा ज्यु ,
मिठो र शसक्त बिषयको उठान गर्नु भयो गजलको माध्यम बाट तर तेश्रो शेर चै "शेर" भएन शायद . अलिकति मिलेन गजलको नियम अनुसार जस्तो लाग्यो , काफिया मिलेन नि हैन र . अन्य शब्द जस्तै :
शूल
तूल
कूल
हूल
प्रयोग गरेर केहि बनाउन पो सकिन्छा कि ?
अल्पज्ञानी छु , अन्यथा नलिनु होला .
- थाहा छैन
Last edited: 07-Mar-16 11:20 AM
Altijdgoede ज्यु: Thank you so much. I will try my best to post further too. and yes ! नहराउने कोशिश गर्नेछु |
Thanchaena ज्यु: अन्यथा लिन थालियो भने त अगाडी बढ्ने कसरी? होइन त!
Instragram ज्यु: खै? बाउ आम को हो थाहै नपाई चुडिएको एउटा फूल|
पढिदिनु हुने सबै मा आभार.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 73
· Viewed 17210
· Likes 16