Nepalese workers in Israel - Sajha Mobile
SAJHA MOBILE
Nepalese workers in Israel
Posts 1 · Viewed 2679 · Go to Last Post
clubmanhattan
· Snapshot 0
Like · Likedby · 0
रोजगारीका लागि इजरायल जान छनौटमा परेका निवेदकको परीक्षा आउँदो मंगलबार हुने भएको छ । केयर गिभरको काममा इजरायल सरकारको छनौटमा परेका एक सय जना परीक्षामा सहभागि हुन पाउने छन् । भाषा परीक्षाका लागि दरखास्त दिएकामध्ये १ सय ३९ जना छनौट गरेर पठाइएकोमा इजरायल सरकारले एक सय जना छनौट गरेको हो । परीक्षा मनमोहन मेमोरियल कलेज सोह्रखुट्टे काठमाडौंमा दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षा स्वच्छ, पारदर्शी एवं निष्पक्ष हुने भएकोले कुनै पनि असान्दर्भिक, व्यक्ति, संस्था वा निकायसँग भर नपर्न र आर्थिक कारोवार नगर्न विभागले जानकारी गराएको छ । परीक्षार्थीले राहदानी तथा नागरिकता प्रमाणपत्रको सक्कलै प्रति लिएर दिनको १२ बजे परीक्षा केन्द्रमा पुग्नुपर्ने छ । परीक्षाबाट पहिलो चरणमा इजरायल जाने ६० जना कामदार छनौट गरिने छ ।E
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2790 · Likes 5
· Posts 39 · Viewed 1018
· Posts 3 · Viewed 357
· Posts 1 · Viewed 83
· Posts 2 · Viewed 139
· Posts 2 · Viewed 148
· Posts 122 · Viewed 28149 · Likes 29
· Posts 2 · Viewed 141
· Posts 7 · Viewed 3265 · Likes 1
· Posts 5 · Viewed 328



Travel Partners
Travel House Nepal