मधेसीहरुले अवसर पाएन भनि नाकाबन्दी गर्न लगाएका राजेन्द्र महतोले कति पैसा जोडे - Sajha Mobile
SAJHA MOBILE
मधेसीहरुले अवसर पाएन भनि नाकाबन्दी गर्न लगाएका राजेन्द्र महतोले कति पैसा जोडे
Posts 3 · Viewed 3968 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0

rajendra mataho's property


१ माघ, काठमाडौं । मधेसका गरीव एवं उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा कति जग्गाजमीन जोडेका होलान् ? तथ्य थाहा पाउने हो भने मधेसमा आन्दोलनरत उनकै दलका कार्यकर्ता छक्क पर्न सक्छन् ।


विमानस्थलमा लोडरको जागिर खाइरहेका भए महतोले काठमाडौंमा घर र करोडौंको जमीन किन्न शायदै सम्भव थियो । तर, राज्यले हेपेको तर्क गर्दै पटक-पटक मन्त्री बनेका महतोका लागि मधेसको राजनीति आर्थिकरुपमा फलीफापपूर्ण देखिएको छ । महतोले काठमाडौंका विभिन्न ठाउँमा ३ रोपनीभन्दा बढी जमीन किनेको तथ्य भेटिएको छ ।


सार्वजनिक भाषणहरुमा काठमाडौंले मधेसलाई शोषण गरेको बताउने महतोले मधेसी जनताको सपनालाई रामै्रसित भने दोहन गरेका छन् । पहिलो मधेस आन्दोलनमा सहिद र घाइते बनेका जनतालाई बेवास्ता गर्दै आफ्नै श्रीमती शैल कुमारी देवीलाई उनले सांसद बनाएको विषय पुरानो भइसकेको छ । राज्यले मधेसी जनतालाई हेरेन भन्ने महतो आफूले चाँहि राज्यका निकायमा अवसर पाउनासाथ कार्यकर्ताको साटो आफ्नै पत्नी र परिवारलाई रोज्ने गरेको कसैसँग छिपेको छैन ।

सदभावना अध्यक्ष महतो र उनको परिवारले काठमाडौंमा कति जग्गाजमीन जोडिसकेका छन् भन्ने तथ्य सदभावना पार्टीकै कार्यकर्तालाई थाहा छैन ।




काठमाडौंमा कति छ जग्गा ?


काठमाडौंको भीमसेनगोलामा राजेन्द्र महतोको घर रहेको सबैले थाहा पाइसकेकै विषय हो । तर, त्यसबाहेक उपत्याकाका कुनाकाप्चीमा समेत महतोले आफू र पत्नीका नाममा करोडौं मूल्य पर्ने जग्गा जोडेका छन्, जसको स्रोत स्पष्ट छैन ।

काठमाडौंको मच्छेगाउँ-२ मा महतोपत्नी एवं सांसद शैल कुमारी देवीका नाममा १ रोपनी ६ आना २ पैसा जग्गा छ । त्यसैगरी काठमाडौंकै वार्डभञ्ज्याङ-३ मा महतोले २ रोपनी ९ आना जग्गा किनेका छन् । यो जग्गा पत्नीको नाममा नभएर महतोले आफ्नै नाममा राखेका छन् ।


काठमाडौं महानगरपालिका वटा नम्बर ९, प्रयागमार्गमा रहेको ५ आना जग्गाचाँहि महतोपत्नी तथा सांसद शैल कुमारी महतोकै नाममा छ ।


महतो परिवारले घर बहालबाट समेत नियमित आम्दानी गर्दै आएको छ ।




मधेसमा कति छ जमिन ?


मधेसका जनताको हितका लागि लागेको बताउने तर सत्तामा गएपछि कमाएको पैसाले उपत्यकामा जमिन जोड्ने महतो परिवारको मधेसमा पनि जग्गा जमीन छ ।


नागरिकता अनुसार महतोको स्थायी ठेगाना सर्लाहीको बबरगञ्ज गाविस वडा नम्बर ८ मा पर्छ । पूर्वमन्त्री समेत रहेका महतोले स्थायी लेखा नम्बर पनि लिएका छन् । उनको स्थायी लेखा नम्बर १००३६२१०९ हो ।


सर्लाही बबरगञ्जका महतोको विष्णुपुर- ६ मा एक कठ्ठा १८ धुर जग्गा छ । यो घडेरी सांसद शैल कुमारीका नाममा छ ।

बबरगञ्ज- ८ मा महतोको ४ बिघा १२ धुर जमीन छ । यो जमिन राजेन्द्र महतोकै नाममा छ ।


सर्लाहीकै नेला गाविसमा महतोका नाममा १४ कठ्ठा जमिन छ ।


धनुषाको बेगासीपु-६ मा महतोपत्नी शैलकुमारीका नाममा १ विघा १३ कठ्ठा १८ धुर जग्गा छ ।


सुन ९५ तोला, चाँदी ३ किलो


महतोले मन्त्री एवं पार्टी अध्यक्ष हुँदा कमाएको सम्पत्ति जग्गा जमीनमा मात्रै होइन, सुन चाँदीमासमेत लगानी गरेका छन् । महतोसँग ९५ तोला सुन र ३ किलो चाँदी रहेको तथ्य अनलाइनखबरले फेला पारेको छ ।

तीनवटा बैंकमा खाता


काठमाडौं, नयाँ बानेश्वरस्थित एभरेष्ट बैंकमा राजेन्द्र महताको खाता छ, जसमा घरभाडा उठेको रकम जम्मा गर्ने गरिएको छ । विगतमा सभासद र मन्त्री हुँदा उनको पारिश्रमिक यही बैंकमा जम्मा हुन्थ्यो ।


महतोको अर्को बैंक खाता सर्लाही मलंगवाको नेपाल बैंक लिमिटेडमा छ । त्यहाँ पनि उनले नगद जम्मा पारेका छन् ।

त्यसैगरी कृषि विकास बैंक गौशालामा महतोपत्नी शैल कुमारी देवीको खाता छ । सांसद बनेपछि एभरेष्ट बैंकमा पनि उनले खाता खोलेकी छिन् ।

Mahato Sampati

- See more at: http://www.onlinekhabar.com/2016/01/375439/#sthash.t1reY8Sj.9f0GPSnR.dpuf
Ip Man
· Snapshot 5
Like · Liked by · 0
चोरहरु !! अख्तियार आयोगले किन एस्तो नेतालाइ केहि गर्दैन??
KP OLI
· Snapshot 104
Like · Liked by · 0
garb raicha ni!!!kathai
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 120
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 126
· Posts 18 · Viewed 4227 · Likes 3
· Posts 1 · Viewed 168
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 256
· Posts 1 · Viewed 523
· Posts 1 · Viewed 308



Your Banner Here
Travel Partners
Travel House Nepal