बिछोड नै सही, एकपल्ट प्रेम गरेरै मर्नुको मज्जा बेग्लै,
बिछोड नै सही, एकपल्ट प्रेम गरेरै मर्नुको मज्जा बेग्लै,
रेटेरै नै सही, एकपल्ट प्रेम भेटेरै मर्नुको मज्जा बेग्लै|
मुस्काएको फूल देखेर कसको मन रोमान्चित हुँदैन र?
चुम्दा चुम्दै मुटुमा काँडा घोचेरै मर्नुको मज्जा बेग्लै |
कति लेखेंहुँला रातरात जागेर उसलाई पत्र प्रेम पत्रहरु,
मुटु चिरी रगतले अन्तिम पत्र लेखेरै मर्नुको मज्जा बेग्लै |
बिर्स , छोड भन्दा मानिन , कस्तो आवारा पागल भन्यौ
जिन्दगीमा एकपल्ट त पागल भएरै मर्नुको मज्जा बेग्लै |
बिछोड नै सही, एकपल्ट प्रेम गरेरै मर्नुको मज्जा बेग्लै,
रेटेरै नै सही, एकपल्ट प्रेम भेटेरै मर्नुको मज्जा बेग्लै|
वाह ! ठुल्दाई मिठो शेरहरु आए ,
लु एक टुक्रो मेरो नि :
एक नजरको प्यारो आभास, कड्केर हेर्यो भन्यौ
त्यही झलकको झल्कोको लागि मर्नुको मज्जा बेग्लै |
- थाहा छैन
Very good.
Last edited: 09-Mar-16 09:06 PM
Would my life be better/happier and outlook on life different if I hadn't met you ? Definitely. Would I change "the steps i took on that fateful day" so that i would never have known u ? NOPE.
Please log in to reply to this post
You can also log in using your Facebook