Obama against Indian Blockade of Nepal - Sajha Mobile
SAJHA MOBILE
Obama against Indian Blockade of Nepal
Posts 1 · Viewed 4035 · Go to Last Post
ugeslimbu
· Snapshot 0
Like · Likedby · 0
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ । राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना गर्नुभएको रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिनुभएको हो । उहाले नेपाल बिरुद्ध भारतले गरेको नाकाबन्द िबिरुद्ध पनि बोल्नुभएको थियो । अमेरीकी राष्ट्रपति ओबामाले नेपाललाई नाकाबन्दी गर्दा भारतलार्यनै नोक्सान हुने बताउदै तत्काल नाकाबन्दी फिर्ता गर्न भारतपक्षलाई अनुरोध गर्नुभयो । उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताउनुभएको थियो । यसैगरी राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनले आयोजना गर्नुभएको विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गर्नुभएको थियो ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 3076 · Likes 1
· Posts 2 · Viewed 162
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 71
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 125
· Posts 4 · Viewed 1117
· Posts 1 · Viewed 241
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 144



Your Banner Here
Travel Partners
Travel House Nepal