रुख ! - Sajha Mobile
SAJHA MOBILE
रुख !
Posts 10 · Viewed 13482 · Likes 7 · Go to Last Post
jhaukiri
· Snapshot 0
Like · Likedby · 7
एउटा रुख थियो ।
असारको झरीमा,कुलोको डिल माथि हिलो खेल्दै गर्दा
मान्छे मोरे... रे... भन्ने सुनिन्थ्यो...
हुँदा हुँदै त्यो कुलोमा,
साउनको भेल सँगै मनिसका रगत बगे !

मलामीको लर्को, त्यही रुख भएर मसानघाट पुग्दा
मटानदेखी बुइगलसम्म छेस्किन हाल्न त सबैले सम्झे ....
तर दैलो उघारेर ....
परिवर्तन ल्याउछु भनी हिडेको छोरोलाई कसैले रोकेन....

त्यही छोरोको
जुठोले दशै छेकियो,
तिहारको दियोमा आमाको छाती पोल्दा,
सयपत्री रुगेर बसेकी बैनीले यमराज छेक्न भ्याइन,
खै परिवर्तन त आयो कि आएन तर
मरेको/ बाचेँँको /बेपत्ता भएको छोरो आएन

त्यो छोरो बिलायो
त्यो समय, त्यो रुख बिलायो !

एउटा रुख छ !
छेमेकीले जन्ती बाख्रो बानेको देखेर
बलुवाले दाँत माझेर बस्ने थलो,
माघ पुषको जाडोमा मण्डीसम्म उसैको मागेर
उतैको देवता उतै को ईश्वर भाकेर बस्ने जुकाहरु छन्
जो त्यो रुख फलाउंछ,

जब
मधेस पहाड हिमाल
त्यो रुखले ढाक्छ,
जुकाहरुले ढाक्छ्न,
फेरी असार आउँछ,
फेरी रगत बग्छन्
मलामीको लर्को हेर्र्दै आमा भन्छिन-
"बाबु त्यो रुखमा भुत छ" ।
Last edited: 11-Oct-15 09:43 PM
BadhiJanne
· Snapshot 30
Like · Liked by · 0
Maarmik
daum
· Snapshot 50
Like · Liked by · 0
Ekdaam Gahaan!
Pahilo Kaal : Marrmik
Dosro Aadhyaya : Yathartha Prerit

Aajhai chan bhane.. Aru ni jaaos.
kamal kattel
· Snapshot 100
Like · Liked by · 0
यस्तो मिठो कविता अनि तेस्मा पनि यति गहिरो भाव
बरु एउटा छन्द को कविता नि पढ्न पाए हुन्थियो नि हजुर को आशा छ है
ThahaChaena
· Snapshot 177
Like · Liked by · 0
निक्कै शसक्त कविता झ्याउँकिरि जी .
पहिलो रुखमा हिजोको प्रताडना र दोश्रो रुखमा अहिलेको बेदना समेटिएर आयो भूताहा रुख .

- थाहा छैन
hurray
· Snapshot 247
Like · Liked by · 0
Excellent!!
bairaghi
· Snapshot 329
Like · Liked by · 0
U can write. Keep it up !!! Sajha needs real poets like u. Not pretenders.
jhaukiri
· Snapshot 432
Like · Liked by · 0
Thank you everyone...will keep on writing :)
Geology Tiger
· Snapshot 556
Like · Liked by · 0
सधै झैँ यो रचना पनि सुन्दर र अर्थपुर्ण लाग्यो भाइ ..
jhaukiri
· Snapshot 824
Like · Liked by · 0
Dai Thank you :)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 61
· Posts 1 · Viewed 60
· Posts 15 · Viewed 2024 · Likes 3
· Posts 1 · Viewed 128
· Posts 6 · Viewed 689
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 273
· Posts 4 · Viewed 793
· Posts 2 · Viewed 426



Your Banner Here
Travel Partners
Travel House Nepal