पूर्वमाओवादी र कांग्रेससँग मिलेर उपेन्द्र देवकोटाले ‘नयाँ शक्ति’ बनाए - Sajha Mobile
SAJHA MOBILE
पूर्वमाओवादी र कांग्रेससँग मिलेर उपेन्द्र देवकोटाले ‘नयाँ शक्ति’ बनाए
Posts 3 · Viewed 5896 · Go to Last Post
ugeslimbu
· Snapshot 0
Like · Likedby · 0

पूर्वमन्त्रीसमेत रहेका चर्चित डा. उपेन्द्र देवकोटाले केही पूर्वमाओवादी एवं पूर्वकांग्रेसका नेतासँग मिलेर ‘राष्ट्रिय जागरण अभियान नेपाल’ गठन गरेका छन् ।

‘नयाँ शक्ति’का रुपमा अघि सारिएको अभियानमा पूर्वमाओवादी नेता तथा वाम विश्लेषक भरत दाहालसमेत छन् । त्यस्तै पूर्वकांग्रेस नेता अनारसिंह कार्की पनि देवकोटाको अभियानमा छन् । अभियानको प्रवक्तामा डा.विनोद न्यौपाने छन् ।

‘यो राजनीतिक दल नै हो’ अभियानका प्रवक्ता न्यौपानेले अनलाइनखबरसँग भने- ‘यसले चुनाव लड्ने नलड्ने भविश्यको कुरो हो, । तर, अहिले हामी इमान्दार, युवापुस्ता र राष्ट्रप्रति जिम्मेवारहरुलाई समेट्दैछौं ।’

अहिले संगठन विस्तारको काम सुरु भएको भन्दै प्रवक्ता न्यौपानेले भने- ‘इमान्दार र राष्ट्रपति जिम्मेवार मानिसहरुको संगठन बनाएका हौं ।’

Bharat Dahal

भरत दाहाल

राष्ट्र/राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकी समस्या समाधान गर्न सम्भव छैन भन्ने निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापीरुपमा राष्ट्रिय जागरण अभियान उठाउन ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको प्रवत्ता डा.विनोद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभियानमा सहभागी नेता भरत दाहालले भने यो पार्टीका रुपमा नभएर राष्ट्रियताको मुद्दामा लविङ गर्न गठन गरिएको अभियान भएको बताए ।

‘हामी तीन वर्ष अघिदेखि नै डा. देवकोटासँगै थियौं,’ दाहालले अनलाइनखबरसँग भने,’तीन वर्षदेखिको सहकार्य र एक वर्ष पहिले गठित अभियानलाई अहिले सार्वजनिक गरिएको हो ।’

‘यो संविधानले समस्या समाधान गर्दैन’

संविधानले नेपालको संकटको समाधान एकथान संविधान बन्नु वा नबन्नुमा निहित नभएको भन्दै अभियानले संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व नगर्ने बताएको छ ।

‘दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन’ अभियानले भनेको छ ।

- See more at: 
magorkhe1
· Snapshot 20
Like · Liked by · 0
http://sajha.com/sajha/html/index.cfm?threadid=115009&noofposts=2

Check yourself.



Last edited: 18-Sep-15 04:09 PM
Fuel Tank
· Snapshot 108
Like · Liked by · 0
मलाई मनपर्ने राजनैतिक विश्लेषक मध्यका हुन् भरत दाहाल, निडर एवं स्पस्ट वक्ता | उनको पार्टीले के गर्ला साँची कै नेपालको बिकाश गर्ला कि माओवादी जस्तै हात्ती आयो हात्ती आयो फुस्सा गर्ला, भविष्यले देखाउला | मलाई उनी मान्छे मनपरेको चै यो अन्तर्वार्ता हेरे पछी हो |

https://www.youtube.com/watch?v=l7Kh_Yt1qnY
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 24 · Viewed 2416 · Likes 3
· Posts 1 · Viewed 56
· Posts 3 · Viewed 448
· Posts 7 · Viewed 1184
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 117
· Posts 11 · Viewed 2270 · Likes 6
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 187
· Posts 1 · Viewed 252



Your Banner Here
Travel Partners
Travel House Nepal