नेपाल हिन्दु राष्ट्र नै किन हुनु पर्ने// debate - Sajha Mobile
SAJHA MOBILE
नेपाल हिन्दु राष्ट्र नै किन हुनु पर्ने// debate
Posts 11 · Viewed 7302 · Go to Last Post
rownyc
· Snapshot 0
Like · Likedby · 0
नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र थियो, तर दोस्रो जनआन्दोलन पछि बनेको अन्तरिम सम्बिन्धानले यसलाई एक्कासि धर्म निरपेक्ष राष्ट्र घोषित गर्यो । नेपालमा धर्मलाई लिएर कहिल्यै पनि विवाद भएको थिएन । नेपाल धर्म निरपेक्ष राष्ट्र हुनु पर्दछ भन्ने जनआन्दोलनको नारा पनि थिएन, तर बाहिरी शक्तिको  प्रभावमा एक्कासि यस्तो घोषणा गरियो । नयाँ संविधानमा नेपाललाई पुन: हिन्दु राष्ट्र घोषित गर्नको लागि अहिले जनताको चर्को आवाज उर्लेर आईरहेकोछ । नेपाललाई किन हिन्दु राष्ट्र कायम गर्न पर्ने, यस सम्बन्धमा हिन्दु धर्मको बारेमा केही जानकारी हुन आवश्यक छ ।

हिन्दु धर्म विश्वका चार प्रमुख धर्ममध्ये एक हो र सबभन्दा पुरानो धर्म पनि हो । आदिअनादिकालदेखि मानिदै आएकोहुनाले यसलाई सनातन धर्म पनि भनिन्छ । अन्य धर्मको जस्तो हिन्दु धर्मको प्रतिपादन एकजना व्यक्तिबाट भएको होइन; यसको सुरुवात वेदबाट भएको हो जसको रचनाकार विभिन्न ऋषिहरु थिए । वेद मुख्य आधार भएकाले हिन्दु धर्मलाई बैदिकधर्म पनि भनिन्छ । 

कर्म र पूनर्जन्मका दुई सिध्दान्त हिन्दु धर्मका जग हुन् । कर्मको सिध्दान्त अनुसार कर्म मुक्तिको माध्यम पनि हो र जन्म-मरणको बन्धन पनि हो । निष्काम कर्मले मुक्तिको मार्ग प्रशस्त गर्दछ भने सकाम कर्म बन्धन बन्दछ । निष्काम कर्मले कुनै फल दिंदैन, त्यसकारण संचित हुँदैन, तर सकाम कर्मले ढिलो चाँडो फल दिन्छ र त्यो फल नभोगेसम्म संचित भैरहन्छ । उपयुक्त साधना नगरेसम्म अनन्त जन्मदेखि संचित हुँदै आएको कर्म भोगेर मात्र कहिले पनि मेटिएर सकिंदैन । संचित कर्म नमेटिएसम्म मानिस मुक्त हुँदैन । 

पूनर्जन्मको सिध्दान्त अनुसार कर्मको फल भोग्न मानिस एक पछि अर्को जन्म लिइरहन्छ । पश्चिमी मुलुकहरूमा भैरहेको अध्यन-अनुसन्धानले पनि कर्म र पूनर्जन्मको सिध्दान्तलाई स्वीकारेको छ । यी विषयमा अध्यन-अनुसन्धान गर्नेहरुको पंक्तिमा माइकल निउटन अगाडी छन् । माइकल निउटन हिप्नोथेरापिस्ट हुन्| क्यालिफोर्निया स्थित आफ्नो क्लिनिकमा उपचार गर्ने क्रममा केही बिरामीले एक्कासि आफ्नो पूर्बजीबनको बारेमा गरेको कुराले निउटनलाई चकित बनायो । त्यस अनुभव पछि उनले मानिसको महाजीवनको बारेमा गहिरेर अध्ययन-अनुसन्धान गर्नथाले । यस्तो अनुसन्धान पश्चिममा अन्यत्र पनि हुन थाल्यो| सबै अध्ययनले कर्म र पूनर्जन्मको सिध्दान्तलाई प्रमाणित गरेको छ । यो प्रमाणिकताले पूनर्जन्ममा विश्वास नगर्ने कट्टरपन्थी ईसाईहरुलाई अप्ठ्यारोमा पारेको छ । 

हिन्दु धर्मको लक्ष ब्रह्मज्ञान प्राप्त गर्नु हो, तर साधनाका क्रम्बध्द चरणहरू आरोहण गरेर मात्र त्यो ज्ञान प्राप्त गर्न सम्भव हुन्छ । आरोहणको प्रथम चरण नैतिकताको अभ्यासबाट प्रारम्भ हुन्छ । नैतिक आचरण नभैकन कोही पनि धार्मिक बन्न सक्दैन । पुराण, इतिहास र स्मृतिको मुख्य उदेश्य नैतिक आचरणको शिक्षा दिनु हो । पुराणको उदेश्य आध्यात्मिक ज्ञानलाई कथाद्वारा रोचक बनाएर सर्वसाधारणलाई बुझाउनु हो । अध्यात्मिक इतिहास रामायण र महाभारतले हिन्दु धर्मका सिध्दान्त र आदर्शलाई सार्बसाधरणको हृदयमा पुराउदछन् । स्मृति हिन्दु धर्मका कानुन हुन् । वैयक्तिक आचरण र सामाजिक परिपाटीलाई स्मृतिहरूले निर्धारित गर्दछन् । 

अपराभक्ती हिन्दु धर्मको दोस्रो आरोहण हो । अपराभक्तीमा ब्रह्मको साकार पक्षको पूजा-आराधना गरिन्छ| यस्तो भक्तीमा भक्तहरुले मुख्यतय: आफ्नो श्रध्दा अनुसार ईश्वरको कुनै पनि अवतार वा देवी-देवतालाई इष्टदेवताको रूपमा पूजा-आराधना गर्दछन । प्राय सबै हिन्दुहरु आफ्नो इष्टदेवतामा मात्र सीमित नरहेर अन्य देवी-देवताको पनि पूजा-आराधना गर्दछन । सिधै निराकार ब्रहमको भक्ती कठिन हुनेहुनाले यस चरणमा साकार ब्रह्मको रूपमा ईश्वरको भक्ती गरिन्छ । अपराभक्तीलाई शुध्द भक्ति मानिदैन किनभने यसले द्वेतको सृजना गर्दछ अर्थात् पूजारीलाई पूज्यबाट अलग बनाउंदछ, भक्तलाई पूज्यबाट टाढा बनाउँदछ यद्यपि अपराभक्तीबाट भक्तको हृदय पवित्र हुन्छ जसबाट उ पराभक्तीको लागि तयार हुन्छ । पूजा-पाठ, भजन-किर्तन, जप-तप, तिर्थ-ब्रत, इत्यादि अपराभक्ती हुन् । अधिकांश हिन्दुहरु यसैमा अलमलिएका हुन्छन ।

पराभक्ती हिन्दु धर्मको तेस्रो तथा अन्तिम आरोहण हो । वेदले परमात्मा निर्गुण निराकार हुन् भनेको छ । त्यस निर्गुण निराकार ब्रह्मको भक्तीलाई पराभक्ति भनिन्छ । पराभक्ती सबभन्दा उच्चतम र शुध्द भक्ती हो । यस भक्तीमा भक्त आफैँतिर फर्कन्छ र ध्यान र ज्ञानद्वारा आफू भित्र रहेको परमतत्व ब्रह्मको खोजी गर्दछ । यस खोजीमा भक्तलाई गुरुको आवश्यकता पर्दछ । गुरु पनि ब्रह्मज्ञानी नै हुनु पर्दछ । हिन्दु धर्मले ‘तत्त्वमसि’ भनेर प्रत्यक व्यक्ति ब्रह्मको स्वरूप हो भनेको छ । ब्रह्मज्ञान प्राप्त गुरुको निर्देशनमा भक्तले आफ्नो ब्रह्म स्वरूपको अनुभूति गर्न सक्दछ अर्थात् निर्गुण निराकार ब्रह्मसंग एकत्व भएको अनुभूति गर्न सक्दछ । त्यस्तो अनुभूतिलाई नै आत्मज्ञान वा ब्रह्मज्ञान भनिन्छ । आत्मज्ञान प्राप्त व्यक्तिको सबै कर्म मेटिन्छ र जन्म-मरणको बन्धनबाट उ सधैंको लागि मुक्त हुन्छ । उसले फेरि जन्म लिन पर्दैन । 

उपनिषद् पराभक्तीसंग सम्बन्धित उच्चतम् ज्ञानका ग्रन्थहरु हुन् । ती वेदका अन्तिम भाग हुन् । उपनिषद्हरु १०८ छन् जसमध्ये १० वटा बढी महत्वका छन् । उपनिषद्का सारतत्व भागवत गिता र ब्रह्मसुत्रमा पनि उल्लिखित छन् । उपयोगिताको हिसाबले भागवत गीता हिन्दु धर्मको सबभन्दा महत्वपूर्ण ग्रन्थ हो ।

पश्चिमी मुलुकका दार्शनिकहरुले पनि भागवत गीतालाई धर्मको उत्कृष्ट ग्रन्थको रूपमा स्विकारेकाछन् । आफ्नो बहुचर्चित पुस्तक वाल्डेन पोंड़मा बिश्वप्रसिध्द अमेरिकी चिन्तक हेनेरी डेविड थोरोले लेखेकाछन् – ‘बिहान म आफ्नो चेतनालाई भागवत गीताको उच्चतम र ब्रह्माण्डीय दर्शनद्वारा स्वच्छ बनाउछु; उक्त ग्रन्थको तुलनामा आधुनिक विश्व र यसको साहित्य निरिह र अर्थहीन लाग्दछ ।’ वेदको प्रशंसामा थोरोले भनेकाछन्– ‘हेब्रुहरुको धर्म र दर्शन जंगली र रुखा जनजातिका मानिसहरूको हो जसमा बैदिक संस्कृतिको जस्तो सभ्यपनता तथा बौध्दिक परिकृस्तता र तृष्णता छैन ।’ हेब्रुहरुको धर्म भन्नाले यस अन्तर्गत इसाई धर्म पनि पर्दछ । आइन्स्टाइनले भागवत गीता पढेपछि भनेका थिए – ‘हामी सबैको सम्मिलित ज्ञान भागवत गीताको अगाडी फिका छ ।’ जर्मनीका बिश्वप्रसिध्द दार्शनिक शोपेन्हावरले त वेद कुनै दिन विश्वको धर्म हुन्छ भनेकाछन् ।

पराभक्तीको लागि कम्तीमा भागवत गीताको अध्ययन-मनन गर्न आवश्यक हुन्छ । पढन लेख्न नसक्नेको लागि गुरुको सत्संगबाट पनि शास्त्रमा उल्लिखित ज्ञानको बारेमा धेरै कुरा थाहा हुन्छ ।  बुध्द धर्म पनि विश्वका चार प्रमुख धर्ममध्ये एक हो । हिन्दु धर्म प्रति विश्वास नभएर भगवान् बुध्दले अर्को धर्म स्थापित गर्नु भएको होइन । त्यो समयमा पढन लेखन सक्ने मानिसहरूको सङ्ख्या नगन्य रहेको र अहिलेको जस्तो सजिलोसँग ब्रह्मज्ञानी गुरु पाउन पनि धेरै कठिन रहेको कारणबाट हिन्दु धर्मको उच्चतम साधना गर्न नसकेर प्राय सबै मानिसहरू पूजा-पाठ र कर्मकाण्डमा सीमित रहेको र त्यतिले मात्र जन्म-मरण चक्रको दुख:बाट मुक्त नहुने कुरा बुझेपछि मुक्तिको लागि सरल उपायको खोजीमा भगवान् बुध्द ध्यानमा बस्नु भयो । छ वर्षको अथक ध्यानपछि उहाँले ज्ञान प्राप्त गर्नु भयो जसको आधारमा सर्बसाधरणले पनि आफ्नो कर्म मेटायर मुक्त हुन सक्ने मार्गको प्रतिपादन गर्नुभयो । भगवान् बुध्दको मार्गलाई सनातन  धर्म कै निरन्तरता भने पनि हुन्छ किनकि यस मार्गको जग पनि कर्म र जन्म-मरणको सिध्दान्त नै हो । हिन्दुहरुले भगवान् बुध्दलाई दसौँ अवतारको रूपमा मान्ने कारण पनि यही नै हो ।

तथ्याङ्क अनुसार पश्चिमी मुलुकमा इसाई धर्म मान्नेहरुको सङ्ख्या घटदो छ र हिन्दुधर्म अपनाउनेहरुको सङ्ख्या बढदो छ । पश्चिमी मुलुकहरूमा हिन्दुधर्म प्रतिको आकर्षणको मुख्य कारण उनीहरूलाई कर्म र जन्म-मरणको सिध्दान्तमा विश्वास लाग्नु र अनन्त जन्म-मरणको चक्रबाट मुक्त हुने उपायहरू हिन्दु धर्ममा निहित हुनु हो । सन् १८९३ मा सिकागोमा भएको विश्व धार्मिक सम्मेलनदेखि पश्चिमका मानिसहरूमा हिन्दु धर्म प्रति आकर्षण बढ्न सुरु भएको हो । अहिले योगा र ध्यान विश्वभरि नै जङ्गलमा डढेलो फैलिए जस्तै फैलिरहेको छ ।

जिसस क्राइष्ट इसाई धर्मको प्रतिपादक हुनुहुन्छ । धेरै कम उमेरमा हत्या भएकोहुनाले उहाँको संदेशले पूर्णता पाउन नसके पनि यौटा प्रमुख धर्मको प्रणेताको कारणबाट उहाँ पनि कृष्ण वा बुध्द जत्तिकै पूज्यनीय त हुनुहुन्छ नै । भगवान् बुध्दले ३६ वर्षको उमेरमा ज्ञान प्राप्त गरेपछि ८० वर्षको उमेरसम्म निरन्तर ४४ वर्ष उपदेश दिइरहनुभयो ।  भगवान् कृष्णले १२० वर्षको उमेरमा आफ्नो शरीर छोड्नु भयो । क्राइष्टको भने धेरै कम उमेरमा हत्या भयो जसको कारणबाट उहाँले दिन खोज्नुभएको धर्म अपूर्ण रह्यो, प्राय: नैतिक शिक्षामा मात्र सीमित रहन गयो । उच्चतम ज्ञानको बारेमा पनि उहाँले केही उपदेश नदिनु भएको होइन । हिन्दु धर्मले परमात्माको खोजी प्रत्यक व्यक्तिले आफै भित्र गर्नु पर्दछ भनेको जस्तै उहाँले पनि स्वर्गको राज्य तिमि आफै भित्र छ, त्यसको खोजी गर भन्नु उहाँको उच्चतम ज्ञानको उपदेश थियो, तर उहाँका अनुयाहीहरुले त्यो महत्वपूर्ण उपदेश बुझेनन् र अहिले सम्म पनि बुझ्न सकिरहेका छैनन् । उहाँको मुख्य संदेश अनुसार पनि आफू भित्रको स्वर्गको राज्य आफै खोज्न पर्ने हो, तर त्यसो नगरी इसाई धर्म अपनाएर उहाँमा समर्पित भएमा मात्र पनि सबै पाप मेटिएर स्वर्गको राज्य प्राप्त हुन्छ भन्ने विश्वास गर्न लागियो र इसाई धर्मको नाउमा त्यो अन्धविश्वास संसार भरि फैलाउदै गइयो ।

इसाई धर्म संसार भरि फैलनुको मुख्य कारण उक्त धर्मको संगठनिक स्वरूप बलियो हुनु पनि हो । क्राइष्टको हत्यापछि ईसाईहारुलाई खुलेर आफ्नो धर्म मान्न ३०० वर्ष जति लाग्यो । त्यो बिचमा उनीहरूले आफ्नो सङ्गठन भने बलियो बनाए । जब मुस्लिमहरुले जिहाद अर्थात् धर्मयुद्धलाई अगाडी बढाउंदै युरोपसम्म आईपुगे, ईसाईहरु उनीहरूसँग युध्द गर्न झन् सङ्गठित भए । ईसाईहरुको धर्मयुद्धलाई क्रुसेड भनिन्छ । आफ्नो प्रभुत्त्व जमाउन क्रुसेड र जिहाद युरोप र पश्चिम एसियामा मात्र सीमित रहेन, विश्वको अन्यत्र भागमा पनि बिस्तार हुँदै गयो । ईसाईहरुको बिस्तारबाद अझ पनि जारी छ । 

ईसाईहरुको सङ्गठन यति बलियो छ कि यसलाई राज्यको संरक्षण आवश्यकता पर्दैन । विश्वभरि लाखौँ चर्च रहेको क्याथोलिक चर्च सम्प्रदायको प्रमुखलाई पोप भनिन्छ जसलाई कुनै पनि इसाई मुलुकको भ्रमणमा जाँदा एउटा शक्तिशाली सम्राटलाई जत्तिकै स्वागत गरिन्छ । पोपलाई सहयोग गर्न विश्वका कुनै पनि समुदायमा रहेको यौटा चर्च देखि राजधानी भेटिकनसम्म विभिन्न तहको संयन्त्र छ । चर्च ऑफ इंगलैंड अन्तर्गत हजारौँ चर्चहरु छन्| उक्त सम्प्रदायको संरक्षक बेलायतको राजा वा रानी हुनु पर्ने प्रावधान छ । धर्म परिवर्तन गर्न सबभन्दा अगाडी रहेको एभान्जलिकल चर्चको सङ्गठन पनि धेरै बलियो छ । सङ्गठित भएको हुँदा सबै पश्चिमी मुलुकहरूमा चर्चको बलियो पकड छ । उदाहरणको लागि संयुक्त राज्य अमेरिका यौटा धर्म निरपेक्षित राष्ट्र हो, तर राष्ट्रपतिको उम्मेदवार नियमित चर्च जान्छ कि जाँदैन, बाइबल पढछ कि पढ्दैन भनेर ईसाईहरु खोजीनिती गर्दछन् । नियमित चर्च नजाने र बाइबल नपढने कुनै पनि उम्मेदवारले चुनाव जित्न सक्दैन । चुनाव जितिसकेपछि पनि बाइबल छोएर सपथ ग्रहण गर्नु पर्दछ । सपथ लिनु भन्दा पहिला चर्चमा गएर प्रार्थना पनि गर्नु पर्दछ । समाजमा आफ्नो यस्तो पकड भएकोहुनाले इसाई धर्मलाई राज्यको कुनै पनि प्रकारको संरक्षण आवश्यकता पर्दैन । अधिकांश पश्चिमी देशहरू धर्म निरपेक्षित हुनुको मुख्य कारण यही नै हो ।

पूर्वीय समाज अध्यात्मिक ज्ञानमा अगाडी छ भने पश्चिमी समाज विज्ञानमा अगाडी छ । विज्ञानको विकासले पश्चिमी समाज भौतिक सुविधा सम्पन्न छ, तर जति भौतिक सुविधा सम्पन्न भए पनि पूर्वको तुलनामा पश्चिमी समाज सुखी छैन । भौतिक सुविधाले मात्र मानिस सुखी हुँदैन रहेछ भन्ने कुरा धेरै अध्यन-अनुसन्धानले देखाएको छ । सुख-शान्तिकोलागी पनि उच्च अध्यात्मिक ज्ञान नै चाहिदो रहेछ भन्ने कुरा बुझेर त्यसको खोजीमा पश्चिमी मुलुकहरूको ठुलो जमात आफूले मानिआएको धर्म त्यागेर पूर्वतिर आइरहेका छन् ।

तर कट्टरपन्थी ईसाईहरु भने आफ्नो धर्मको बिस्तारमा व्यस्त छन् र त्यस क्रममा हिन्दुहरूको धार्मिक सहिष्णुताबाट फाइदा उठाइरहेकाछन् । ईसाईहरुका असंख्य पन्थ (डीनोमिनेसन) छन् । एउटा पन्थका  चर्चका सदस्यहरू आर्को पन्थका चर्चमा जाँदैनन् । मुस्लिम सम्प्रदायहरु त एक आर्कोलाई देखि सहन्नन् । हिन्दुहरुका पनि तिनवटा सम्प्रदाय छन् – वैष्णव, शैब्य र शक्त, तर यी सम्प्रदायलाई एक-आर्कोबाट छुट्टाउन गार्हो छ । उदाहरणको लागि नेपालका अधिकांश हिन्दुहरु शक्तिको प्रतीक दुर्गा भवानीको पूजा आराधना गर्ने भएकाले शक्त सम्प्रदाय अन्तर्गत पर्दछन, तर भगवान् शिव र भगवान् विष्णु लगायत सबै अवतार र देवी-देवतालाई पनि त्यत्तिकै मान्दछन । त्यत्ति मात्र होइन, हिन्दुहरुमा यतिसम्म धार्मिक सहिष्णुता छ कि उनीहरू जैन, सिख, बुध्द र अन्य स्थानीय धर्मलाई पनि आफ्नै धर्म जस्तो ठान्दछन र बेला मौकामा जैन मन्दिर, सिख गुरुद्वार र बुध्द गुम्बा आदीमा गएर पूजा आराधना गर्दछन । इसाई मिसनरिहरुले हिन्दुहरूको यस्तो धार्मिक समझधारी र सहिष्णुतालाई आफ्नो स्वार्थको लागि हतियारको रूपमा प्रयोग गरिरहेकाछन ।

जातपात र छुवाछुतको विकृतिबाट पनि इसाई मिसनरिहरुले फायदा उठाई रहेकाछन । सनातन धर्ममा समाजलाई व्यवस्थित गर्न मानिसको क्षमता अनुसार कार्यविभाजन गरियकोथियो तर कालन्तरमा यस्तो कार्यविभाजनबाट हिन्दुहरुमा जातपात र छुवाछुतको विकृति सृजना भयो । उपनिषद् लेख्ने केही ऋषिहरु शुद्र थिए भन्ने कुरा पनि कालन्तरमा समाजले बिर्सदै गयो । राजस्थानकी राजकुमारी मिराबाईले ज्ञानको लागि चमार जातिका सन्त रविदासलाई गुरु बनाउँदा पनि समाजले यसबाट केही पाठ सिकेन । स्वामी प्रपनाचार्य आधुनिक युगको ऋषि नै हुनुहुन्छ । पूर्व नेपालको एउटा राई परिवारमा उहाँको जन्म भएको हो । जन्मले कोही ठुलो वा सानो जाति हुँदैन, कोही ब्राहमण वा शुद्र हुँदैन, कर्म अनुसार हुन्छ भन्ने कुरा उहाँ एउटा ज्वलन्त उदाहरण हो । इसाई परिवारमा जन्म लिए पनि हिन्दु धर्म अपनाउने सबै पश्चिमी मुलुकका मानिसहरू पनि हिन्दु नै हुन्, कदापि म्लेक्ष्य होइनन् । उनीहरू कुनै जातीपाती अन्तर्गत पनि पर्दैनन् । जनचेतनाको बृध्दि र कानुनको व्यवस्थाले अब जातपात र छुवाछुतको विकृति बिस्तारै भएपनि निर्मुल त हुँदैछ, तर पुरा निर्मुल नभएकाले इसाई मिसनरिहरुले यसबाट फायदा उठाइरहेकाछन् । 

विश्वको इतिहास हेर्दा धर्मको नाममा धेरै युध्द भएका छन| कुनै न कुनै रूपमा त्यस्तो युध्द अझ पनि जारी छ| सबैले आफ्नो धर्मको संरक्षण गरिरहेका छन् भने हामीले पनि आफ्नो धर्मको किन नगर्ने| धर्मको संरक्षणको लागि सबभन्दा पहिले आफ्नो धर्मको बारेमा राम्रोसँग बुझ्नु पर्दछ| कुनै पनि धर्म मान्नु प्रत्यक व्यक्तिको स्वतन्त्रता हो, तर धर्म परिवर्तन गर्नुभन्दा पहिले त्यस धर्मको बारेमा राम्रो सँग बुझ्नु पर्दछ| पैसा वा अन्य कुनै चिजको प्रलोभनमा धर्म परिवर्तन गर्नु वा गराउने कार्य अनुचित हो| धर्मको मुख्य उदेश्य भनेको मुक्ति प्राप्त गर्नु हो| भगवान् बुध्दले भन्नुभएको छ – ‘मैले आफ्नो प्रयत्नले बुध्दत्व प्राप्त गरे| मैले जे प्राप्त गरे हरेक व्यक्तिले प्रयत्न गरेर त्यो प्राप्त गर्न सक्दछ र जन्म-मरणको चक्रबाट मुक्ति हुन सक्दछ| मैले भनेको हो भनेर मात्र विश्वास नगर, आफै प्रयोग गरेर हेर|’ हिन्दु धर्मको अन्तिम आरोहण पनि व्यक्तिगत प्रयत्न वा अभ्यासद्वारा आत्मज्ञान प्राप्त गर्नु हो| साधारण पूजा प्रार्थन गर्दैमा बुध्द, कृष्ण वा क्राइष्ट कसैले पनि कुनै व्यक्तिको कर्म वा पाप मेटायर उसलाई मुक्त गराउंदैनन्, गराउन सक्दैनन्| आफैले उपयुक्त साधना नगरिकन कुनै दैविक शक्तिले पाप मेटाइदिन्छ र मुक्ति भइन्छ भन्नु एउटा अन्धविश्वास मात्र हो| एकातिर शिक्षाको विकासले पश्चिमी मुलुकका मानिसहरू अन्धविश्वासको त्यो रोगबाट ढिला भएपनि मुक्त हुने क्रममा छन् भने अर्कोतिर इसाई मिसनरीहरुले विश्वमा आफ्नो प्रभुत्त्व जमाउन अन्य मुलुकको पिछडिएको समाजमा त्यो रोग सार्न सक्रिय छन्| हिन्दु धर्म पूर्ण धर्म हो, तर ईसाईहरुको जस्तो सङ्गठित धर्म नभएकाले यतिखेर यसको अस्तित्व सङ्कटमा परेको छ| संविधानमा व्यवस्थित गरेर यसको संरक्षण गरिएन भने अन्तत: बिस्थापित हुनजाने खतारामा छ| 

हाम्रो अमूल्य संस्कृतिलाई जोगाउनको लागि पनि हामीले आफ्नो धर्मको संरक्षण गर्नु पर्दछ| चाड-पर्व लगायतका परम्परा तथा मूल्य-मान्यता संस्कृति हुन् जसका हामी धेरै धनी छौ| हाम्रो धर्म जति पुरानो हो हाम्रो संस्कृति पनि त्यत्ति नै पुरानो हो| संस्कृतिको मुख्य आधार धर्म नै भएकाले धर्म जोगिएन भने संस्कृति पनि जोगिदैन| आन्तरिक संविधानले एक्कासि धर्म निरेपेक्षित बनाए पनि नयाँ बन्ने संविधानमा हिन्दु राष्ट्र कायम गर्नु पर्दछ| क्षणिक प्रलोभन र कसैको दबाबमा आफ्नो धर्म र संस्कृतिलाई समाप्त हुन दियो भने आगो ताप्न आफ्नो घर जलाउनु जस्तै हुने छ|
instagram
· Snapshot 36
Like · Liked by · 0
sajha maa copy and paste haru ko kami cha !!! arko aayo !
Vhootee
· Snapshot 109
Like · Liked by · 0
the rise of religious fundamentalist in Nepal, no need to deny it.
DHOTI
· Snapshot 137
Like · Liked by · 0
DHOTI
· Snapshot 142
Like · Liked by · 0
DHOTI
· Snapshot 145
Like · Liked by · 0
milfhunter
· Snapshot 197
Like · Liked by · 0
Dhoti vayera dhoti ko support nagarikana, kasto khalko dhoti aprecha yo ta babai
DHOTI
· Snapshot 209
Like · Liked by · 0
EVOLVED धोति ब्र :) कुवाको भ्यागुतो "नेपाली हिन्दु राज्य" सपोर्टर नेपालीहरु लाई असली हिन्दु इन्डियन धोति ले चाक हान्नु अगाडी सतर्क गर्न र सम्पूर्ण हिन्दु नेपालीलाई उदार गर्न यो धर्ति मा म तोर्पे खाते ले जन्म लिएको MILFHUNTER ब्रोदा

many
· Snapshot 272
Like · Liked by · 0
Bro just search subramani swami in YouTube and go through his lecture and interview you will understand why Hindu nation is important
Vhootee
· Snapshot 335
Like · Liked by · 0
You really think you are making a right judgement listening to a religious person? If you are an educated person and think a sadhu will give you a better opinion, then I feel pity on you.
Any fool can learn from his own mistakes, but the smart ones learn from other people's mistake. Look at the rest of the evolved society, most if not all, are secular. They have experimented with everything and have realized a secular nation is more appropriate for the time we are now.
Khaobaadi
· Snapshot 362
Like · Liked by · 0








Last edited: 15-Aug-15 07:01 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 202
· Posts 1 · Viewed 114
· Posts 24 · Viewed 7378 · Likes 2
· Posts 26 · Viewed 2020 · Likes 5
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 77
· Posts 1 · Viewed 141
· Posts 2 · Viewed 243
· Posts 13 · Viewed 3427 · Likes 6
· Posts 8 · Viewed 2572



Your Banner Here
Travel Partners
Travel House Nepal