साथी अब म नेपाल फर्कन्नँ - Sajha Mobile
SAJHA MOBILE
साथी अब म नेपाल फर्कन्नँ
Posts 24 · Viewed 19798 · Likes 3 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0
साथीलाई पत्र अमेरिकाबाट

साथी तपाईँले पटक पटक गरी मलाई नेपाल फर्कन गरेको अनुरोधका लागि धन्यवाद। हो म मान्छु पाँच वर्षको अवधि लामो हुन्छ। अथवा भनौ एउटा सानो तिनो युग नै। यो पाँच वर्षमा घरका आफन्तहरुले पनि यस्तै यस्तै अनुरोध नगरेका हैनन्। तैपनि साथी म अमेरिकावाट फर्कन सकिरहेको छैन अथवा भनौं चाहिरहेको छैन। हुनत आफूलाई जन्म दिने आमा र आफ्नो जन्म भूमि प्राणभन्दा प्यारो हुन्छ भन्छन्। तरपनि साथी मानिसको जीवनमा गराई र भोगाई फरक फरक हुँदो रैछ।

साथी, यता सानो तिनो काममा व्यस्त हुन्छु। काम सानो तिनो भए पनि रमाई रमाई गर्छु कारण मैले काममा कसैको चाकडी गर्न पर्दैन। काम कसैले गर्नेपर्छ भनेर प्रेसर हाल्दैन। हप्तामा काम भएको खण्डमा ४०–५० घण्टाको हाराहारीमा नभएमा ३०–४० घण्टा जोतिन्छु। कामका लागि कसैको ढोका कुर्दिनँ, कसैलाई नमस्ते कामकै कारणले गर्दिनँ। मैले कुनै हाकिमलाई खुसी पार्नू छैन वस काम गर्छु पैसा बन्छ। काम नभएमा पनि त्यत्ति सारो पिर लाग्दैन किनकि, एक दुई साता घरमा वस्नु न हो दोस्रो काम त पाई हाल्छु।

साथी, जति पैसा बनाउँछु सन्तुष्ट छु किनकि, यो पाँच वर्षमा मैले पैसा भएन भनेर कसैसँग एक पैसा माग्नु परेको छैन। घर भाडा, बत्ती, पानी, टेलिफोन, किनमेलदेखि छोराको खर्च, श्रीमतिको खर्च अनि  नेपालमा भएका वुवा आमालाई पकेट खर्चसम्म यक्तिकै कमाईले धानेको छु। नेपालमा मनाइने दशैं, तिहार र अन्य चाड पर्व पनि अमेरिकामा बसेयता मनाएकै छु। यति गरिकन पनि खर्चका लागि कसैसँग ऋण काढ्नु परेको छैन। हरेक महिनाको अन्तमा लौ खर्च कसरी पुर्‍याउँ भनि पिरोलिन परेको छैन।

साथी, नेपालमा घरी घरी वत्ती गएको सम्झन्छु। म आउँदा दिनमा १० घण्टासम्म लोडसेडिङ थियो। जुन अहिलेसम्म पनि कायमै छ। पानी पनि काठमाडौंका धारामा विरलै आउँथे। कति पटक त धारामा पानीका सट्टा लेदो माटो आएको सम्झना छ। यता ५ वर्षमा बत्ती गएको सम्झना छैन। धाराको पानी यति कञ्चन छ कि, सोझै खादा पनि कहिल्यै समस्या छैन। त्यस्तै मिसावटको ‘म’ सम्म नभएका खानेकुराका कुनै लेखाजोखा छैन। 

साथी, देख्छु नेपालमा अहिले पनि पेट्रोलको समस्या क्यान्सर रोग जस्तै छ। उता वेला वेलामा खाना पकाउने ग्यासको पनि उस्तै हाहाकार सुन्छु। मान्छेहरुले खाना पकाउने ग्यास नपाएर २–३ दिनदेखि भात खान नपाएको कहानी कति हो कति। कहिलेकाही टिभीमा रित्ता सिलिण्डरहरुको ताति देख्दा वाल्ल पर्छु। यहाँ आएको पाँच वर्षमा साथी एक दिन पनि मैले यी समस्याहरु भोग्न परेको छैन।

पेट्रोल, ग्यास हर दिन २४ सै घण्टा चाहेको अनुपातमा पाईन्छ।

साथी, नेपालका राम्रा राम्रा स्कूलहरु साह्रै महंगो छन्। चार वर्ष अगाडि छोरालाई नेपालको मन्टेस्वरीमा भर्ना गराउँन लागेको २० हजार खर्च यताबाट पठाएको याद आउँछ। अहिले त झन कति हो कति। भर्ना शूल्क, खाजा शूल्क, कापी–कलम शूल्क, लाइव्रेरी शूल्क, बस शूल्क आदि आदि। स्कूल पनि हेरी हेरी महँगा।

यता त साथी छोरा आएदेखि स्कूलका लागि १ पैसा पनि लागेको छैन। बस चढेर स्कूलमै खाना खाने गरि दिनहुँ छोरा स्कूल जान्छ। स्कूलमा के के गर्‍यो दिनहुँको टिपोट ल्याउँछ अनि व्यवहारीक शिक्षा लिन्छ।

साथी, एक ढेड वर्षअघिको कुरा हुनुपर्छ नेपालका प्रख्यात डा. चित्रप्रसाद वाग्ले उपचार खर्चको अभावमा मरेका थिए। त्यस्तै अस्ती भर्खर पनि उदाउँदी गजलकार कौशला लामिछानेको मृत्यु उपचार खर्चकै अभावमा भयो।

प्रचारमा आएका व्यक्ति बाहेक प्रचारमै नआई उपचार बिना मर्ने त कति हो कति। हरेक महिना जस्तो उता नेपालबाट ठूला भनाउँदाहरु करौडौ खर्च गरी यता अमेरिकामा उपचार गराउँन आउने त छँदै छन्।

अमेरिकामा त साथी उपचारका लागि व्यक्ति प्रथम खर्च दोस्रो मान्यता हुँदो रैछ। आफूलाई केहि भएमा उपचार गराउन जाँदा हुने भइहाल्यो। के भएको हो उपचार पूर्ण हुन्छ अनि मात्र खर्चको प्रश्न तेर्सिन्छ। यहाँ खर्च धान्न नसक्नेका केटाकेटीहरुलाई १८ वर्ष नपुग्दासम्म उपचार खर्च पूरै फ्रि हुन्छ।

साथी, नेपालमा कहिले बन्द कहिले हड्ताल, कहिले चक्काजाम त कहिले राँके जुलुस, कहिले स्कूल बन्द त कहिले कलकारखाना हडताल खबर सुन्दा सुन्दा आजित भैसक्यो। भीडभाड पनि ज्यादै।

बसमा भीड, मन्दिरमा भीड, पैसा तिर्ने ठाउँमा भीड, पैसा लिने ठाउँमा भीड, बाटामा भीड, पढने ठाउँमा भीड, परीक्षा लिने ठाउँमा भीड, परीक्षा दिने ठाउँमा भीड, पसलमा भीड, विदेश जानेको भीड, विदेशबाट आउनेका भीड, नियम बनाउनेको भीड, नियम तोड्नेको भीड जताततै भिडम्भाड।

यता त साथी बन्द हडताल भनेको आजसम्म सुन्या छैन हल्ला खल्ला पनि ज्यादै कम। सार्वजनिक ठाउँमा यसो एक दुई जना देखिन्छन् ती पनि वडो सर्तकता आफ्नो पालो पर्खेर बसेका हुन्छन्। भीडभाड त साथी कि त फिल्म हलमा अलिअलि कि त ग्रोसरी पसलमा, अन्त त खै मान्छे देख्नै गाह्रो गाडीहरु पनि बढो सर्तकता साथ आ-आफ्नो लेन अनुसार चलेका, ट्राफिक साइनमा रोक्नै पर्ने अनि रोकिएका, आफ्नो आफ्नो पालो कुर्न कुनै हिचकिचाट नगर्ने।

साथी, यहाँ को कहाँ जाँदैछ, कस्ले के गर्दैछ, कति कमायो, के लगायो, कहाँ गयो चासो पट्टकै छैन। चाहे त्यो राष्ट्रपति नै किन नहोस्। फलानाको छोरा ठूलो भयो भनी न त इवि गर्नू छ न त नमस्ते नै। चोर आई सम्पत्ति सवै लग्ला कि भनि न त ठूलो पर्खाल लगाउनु छ न त भोटे कुकुर पाल्नु नै छ।

आफ्नो पालो कसैले मिच्ला कि भनि न चाडो जानु छ न त पालो पाउन सोर्स लाउनु छ। यहाँ त साथी सिर्फ, नियम नमिचि जिन्दगी चलाउनु छ। नियममा वसी असल हुनु छ ठूलो हुनु छैन। यही नियममा बस्ने बानीले हो कि साथी अब त नियम तोडिनी ठाउँ प्रति त्यत्ती मोह पनि नलाग्दो रैछ। यी सबै कुराहरु सोच्दा खै म कसरी नेपाल आउँ साथी तपाई आफै भन्नुस?

Load Previous
sadekogolbheda
· Snapshot 465
Like · Liked by · 0
stallon चाक मा खुर्सानी को धुलो कसले हालेछ ? तर्क सहित आउ नत्र बकवास न गर !
ujl
· Snapshot 454
Like · Liked by · 1
अमेरिका र नेपालको तुलना त गर्न मिल्दैन तर कुनै पनि देश आफै सुन्दर र राम्रो हुने होइन. एक जमानामा अमेरिकामा पनि भोकमरी लागेको थियो, काला जाति र गोरा जाति बीच युद्ध चलेको थियो. आज अमेरिका सम्बृद्ध बनेको छ. हुन त अमेरिकामा पनि धेरै जटिल समस्या हरू छन् जुन भर्खर आएका नेपालीले अलि बुझ्दैनन्. १-२ महिना घुम्न आएका नेपालीहरूले त झन् अमेरिकाको बारेमा उपन्यास नै लेखि दिन्छन अमेरिका एस्तो अमेरिका उस्तो भनेर.
कुनै पनि समाजको असली स्वरूप तेती बेला थाहा हुन्छ जति बेला त्यो समाज बिचल्लीमा परेको हुन्छ. एउटा कुरा याद राख्नुस, भविस्यमा यदि अमेरिकामा माहामारी हुन्छ, तेस्तो क्षणमा जागिर जति सप्पै गोराहरूलाई जान्छ. डिप्रेसन को बेलामा महिला, काला जाति, अनि हिस्पानिकहरूको बिचल्ली सायद तपाइले पड्नु भाको छैन होला. भोलि अमेरिकामा माहामारी नहोला भन्न सकिन्न किनकि कुनै पनि एम्पायरको एउटा अवधि हुन्छ र अमेरिकाको पनि एउटा अवधि छ. याहाका मान्छेहरू निकै मेकानिकल भएका छन्, जुन कठिन परिस्थिको बेलामा काम लाग्दैन. नागासाकीमा बम बिस्फोट गर्न सजिलो छ तर जापानीहरूले जस्तो बुलेट ट्रेन बनाउन गारो छ. पृथ्वीले अमेरिकाको कन्जुमिंग कल्चर कतिदिन सम्म धान्न सक्छ र?
stallon
· Snapshot 563
Like · Liked by · 0
नेपाल संगैको बिकासुन्मुख देशहरु कहाँ बाट कहाँ पुगी सक्यो , तिनीहरु बिकसित देश मा गनी सक्यो अहिलेको समयमा | साला नेपालमा एक थरि को जुका ले जहिले पनि राज गर्यो , जुन सुकै तन्त्र आओस , विकासै हुन्दैन | अझै गर्दै छन् राज | त्यो एक किसिमको नस्ल नेपालमा जो राज गरि रा छ , खाली अनुहार फरक चरित्र एउतै | संधै चुसुम देश अनि जनताको रगत, आफ्नो मात्र खल्ती भरुम भन्ने खालको एउटा नस्ल | त्यो नस्ल जसले आफ्ना सन्तानलाइ विदेश तिर हुइकैदियो , बेजोड सम्पति जोड्यो अनि बिदेशीको इशारा, अनुदानमा बाच्यो , कति खायो , पचायो हिसाबै छैन | त्यो एउटा नस्ल जसले नेपाललाइ येति खोक्रो बनायो कि तेहा भाका सब बेवासाया अब multinational कै हागाविगा मात्र | काटिकुट्टी त sadegalego गोलभेडा तेही नस्लको एउटा बिउ त होइनस? झझल्को तेही नस्ल को दिंदै छस | सोच्, बूझ अनि कुरा गर् | साला जिन्दगिमा नसुनेको चाक् मा खुर्सानी को धुलो भन्ने कुरा आफै गर्चास कि क्या हो र आएर यहाँ हाम्लाई सुनाउदै छस | तेरै बुढीको अगाडी तेरो चाकमा चाही मेरो दण्ड घुसौनी पर्नी हो भनी भन | तेती कै चिलाको हो भने , साले | मर्नि तालले तलै पुग्ने गरि दिन्छु |
loperthapa
· Snapshot 780
Like · Liked by · 0
DV ma pani sarai pakhay Nepali haru aaucha yar.. som layee biramil parayra 80000 ko bill aaucha ani taha huncha...
divorceguy
· Snapshot 779
Like · Liked by · 0
Luxury and having facilities and GOOD rules and regulations doesn't mean anything to me. For me family is important. Family ko lagi apply gara 7-10 yrs lagcha. Buda budi amma bau lai US layera k garne. Bholi farkinchu vancha. Tyo bhanda aafia baru Nepal gayera basyo, family sanga time bitayo Gauri Malla didi le jasto. Hamilai buwa amma le hurkakyeko cha, aaaba hamro palo ho buwa amma ko seharsusar garne. Ma kunai din Srawan Kumar le jai amma ra buwa lai kharpan ma bokera tirtha yatra garauchu. Paisa, US ko electricity ra water nai sabai chiz hoina. Moments matters. Buwa Amma buda budi vaisakyo, they need us. Gau thau ma gayera solar power banaidinchu, harek gau dheki tole ma pani laidinchu ma aafnai paisa khaarcha garera.
Last edited: 19-Apr-15 07:57 PM
loperthapa
· Snapshot 797
Like · Liked by · 0
you som ko pic herdai kehi ganaunay kura sunghayo jasto cha... i see so many such faces in Nepali parties now a days, so called dv winners, good for nothing, munching tax credits of hard working Americans and residents. now a days these dv winners are trying to corrupt IT industry with their fake resumes
divorceguy
· Snapshot 950
Like · Liked by · 0
thik vanis loperthapa herdai kahan napayera US aako jasto dhekincha, pakka pahad bata jahreko jasto
Kiddo
· Snapshot 984
Like · Liked by · 2
I plan to go back in 10 years.

I have been in US for over 20 yrs; this gentleman has been here for 5 years. But it seems he has better insight than I do, or I am just trying to oversee those things he mentioned. I do think he has a point, a point I am willing to disregard in blind love for my country.
shiva_linga
· Snapshot 1060
Like · Liked by · 0
hmm, cybernepali, americal lai testo samriddha kasle banai deko hola?alien le?tyo alien lai nepal tirai pathai deu na?
japan bounced back after a disastrous ww2 and 2 damaged cities,germany bounced back after almost every citiy and village was bombed/mowed dont into rubbles,turkey bounced back after the disintregation and civil war,so why cant we? are we such enept folk ?
for the last 20-30 yrs ,nepali have a better education, we have got exposure to the wider world, technical skill in almost any field.the main problem is that the cream of the crop is outside nepal in foreign soil.if this group which is almost 20 % of the total population becomes proactive and starts doing tihng, it can move a lot.sarkar ko mukh takera matrai bhayena hau
magorkhe1
· Snapshot 1442
Like · Liked by · 0
धन्न तपाइले २-४ बर्स बसी सकेर नपाल फर्कन्न भन्नु भयो : मैले चिनेको र भेटेको मान्छेले TIA बाट प्लेन उदे पछि झ्यालको छेउमा परेका रहेछन : त्यो मन्दिर हरु, बौद्द गुम्बा हरु जे जे देखे सबैलाई हात जोड्दै : यो देशमा फर्केर पनि आउनु नपरोस भनि कामना गरेका थिए रे अनि उनले पनि सकारेका हुन् |
नेपाल बाट खुट्टा छोद्ना साथ् तेसो भन्ने निक्लिए भने तपाइको कुरा सुन्दा कुनै आस्चर्य लागेन ! २-४ ओटा मात्रै बाहाना हैन मा हजारौ बहाना निकाल्न सकिन्छ : त्यो सरकारी कार्यालयको कारिन्दाले काम नगरिदिन र टेबुल माथि बाट घुस खान ( आजभोलि टेबुल मुनि को खेल पुरानो भै सक्यो ) जस्तो |

कुरा सुन्दा साझा बासि संग घुर्की लगाएको जस्तो छ. बा आमालाई मा स्कुल जान्न भने जस्तै : लौ सुन्यौ तिम्रो घुर्की , भन हामीले के भन्नु पर्यो ?
urban khasi
· Snapshot 1519
Like · Liked by · 0
Na jauna ta Prabhu pharkera. K Kich Kich gari ra. Sakigoni! Baru yesto gangan sajha my post nagare kaso hola
mohanB
· Snapshot 1646
Like · Liked by · 0
Moments matters. Buwa Amma buda budi vaisakyo, they need us.-
well said divorceguy - applauded..
loperthapa
· Snapshot 1734
Like · Liked by · 0
pakhay lay green card payo sajha.com ma aayara karayo, Nepali ja ki jamaica, malayee k matlab.
nepguy21
· Snapshot 1724
Like · Liked by · 0
घर भाडा, बत्ती, पानी, टेलिफोन, किनमेलदेखि छोराको खर्च//

तेत्ति हो ब्रो को अमेरिका मा खर्च ? पाँच वर्षमा सारै अमेरिका देख्नुभा रैछ । तपाईं को फलोस फ़ुलोस। अल्पज्ञान धेरै नै नराम्रो कुरा/

पाँच जना नेत्रहिनलाइ हात्ती हेर्न लागेछन / सबै ले हात्ती लै छुन मात्र सके/ खुट्टा छुने ले हात्ती त खम्बा जस्तो रैछ, कान छुने ले नाग्लो, शुंड छुने ले पाइप जस्तो आदि इत्यादी भनेछन/

त्येस्तै कुरा गर्नुभयो साथी / नेपाल बाट लेर आको चस्मा खोल्नुस /
वाल्मार्ट मा घण्टा हन्नेलाइ सब आगाडी त हुन्छ/ तर भविस्य सोच/
divorceguy
· Snapshot 1822
Like · Liked by · 0
yesko inverter kinne aukayt chain kya ho, inverter liyesi bhutro ko loadshedding
divorceguy
· Snapshot 1856
Like · Liked by · 0
guys malai ta Nepal mani dar lageko cha. Ma wanted chu Nepal ma. Maile aaru ko gf ra wife ani did baini haru lai jiskaune, sex garne gareko thiye, malai tin ka fmaily haru le marchu ra katchu vanera kurera baseko cha re. K garne hola?
divorceguy
· Snapshot 1895
Like · Liked by · 0
dhikkar cha tyo nepal haru lai jo aafno bau aama bahnda agadi green card ra US citizenshop lai rakcha. thukka bau amma le hurkako k tesaiko lagi ho. ma pani jadai chu aaba 1 yr ma sadhai ko lagi.
robwin
· Snapshot 1923
Like · Liked by · 0
Saathi ho. Yo duniyan ma paisa huna parchha. Paisa tanna bhaye ta Nepal nai thik chha ni. Huna ta sabai lai tyasto nalaglaa tara nepal pharkine haroo ma maily atleast 10 yrs or 10 yrs bhanda badi basera pharkeko dhekheko chhu. Afno pani tyahih plan ho..7 yrs bhayo. Next 3 years ma nepal pharkine b4 chha. Aba nepal pharkinu aghi yeso europe tour hanu ki bhanne sochdai chhu.
loperthapa
· Snapshot 1946
Like · Liked by · 0
suru mai aauna na hunay... 10 years ma afu sangai ko sathi haru Nepali ma well settled , well placed in career bhai sakyo.. aba budo face and ghanta jasto khuere attitude liyara k joke huna janay? we are the victims of confused show off Nepali society 10+ years ago.. we suffer because our society was dumb enough to think that US is heaven and as soon as we land we will be all set. our family did not think the consequences of staying away from family, nor did they have vision how hard it is for younge ones to work and pay or school.. now parents are more aware and they do not send their children to suffer in student visa.. we're the victim , now sit back and enjoy while life fks you from behind... hahaha
divorceguy
· Snapshot 1979
Like · Liked by · 0
loperthapa sahi kura garyo yaar
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 23 · Viewed 2304 · Likes 3
· Posts 3 · Viewed 426
· Posts 7 · Viewed 1156
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 105
· Posts 11 · Viewed 2252 · Likes 6
· Posts 1 · Viewed 163
· Posts 1 · Viewed 174
· Posts 1 · Viewed 234
· Posts 2 · Viewed 594



Your Banner Here
Travel Partners
Travel House Nepal