युवा उद्यमी भन्‍छन्, 'पैसा आफै आउँछ' - Sajha Mobile
SAJHA MOBILE
युवा उद्यमी भन्‍छन्, 'पैसा आफै आउँछ'
Posts 3 · Viewed 3702 · Go to Last Post
nepaluk
· Snapshot 0
Like · Likedby · 0
I wonder what the financial status of the family of these guys are. Would they be where they are without their family standing? It's hardly possible for general people who don't come from a well to do family.



काठमाडौं : मुलुकमा राजनीति स्थिरता छैन। उद्योग, कलकारखाना खुल्ने क्रमभन्दा बन्द भएकाको संख्या बढी छ। बेरोजगारको संख्या बढ्दो छ। युवामा निराशा छ।
 
हिजोआज नेपाली युवाको एउटै चाहाना छ, विदेश जाने। बढी बाध्यता र केही देखासिखीले विदेश एउटा फेसन भएको छ। विदेश जान सकेका सफल र नसकेका असफल भन्ने मापदण्ड नै बनेको छ, समाजको। त्यसमा पनि सबैको सपनाको मुलुक हो, अमेरिका।
 
विदेसिने लहरकाबीच यस्ता नेपाली युवा पनि छन्, जो स्वदेशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भनेर प्रमाणित गर्न खोज्दैछन्। अध्ययनपछि अमेरिकाबाट फर्केका छन्। नेपाल फर्केका धेरैले स्वदेशमै उदाहरणीय काम गर्न सफल पनि भएका छन्। 
 
उनीहरू विदेशको ज्ञान र सीप देशमा प्रयोग गरेर देशभित्रै रोजगारी सिर्जना गर्न सफल भएका छन्। यस्तै, जागिर खाने मानसिकतालाई परिवर्तन गरेर जागिर खुवाउने र नाफामुखी मात्र होइन, सेवामुखी काम गर्ने युवाको समूह हो, प्रकीकरण श्रेष्ठ, सुवत चित्रकार, सुरज श्रेष्ठ र अमुन थापा। उनीहरू पाँच वटा व्यवसायमा मिलेर काम गरिरहेका छन्, सस्तो डिल, सस्तो बुक, आइरिस पव, मैदान फुटसल र एन्थ्रोपोज।
विदेसिने लहरकाबीच यस्ता नेपाली युवा पनि छन्, जो स्वदेशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भनेर प्रमाणित गर्न खोज्दैछन्। अध्ययनपछि अमेरिकाबाट फर्केका छन्। नेपाल फर्केका धेरैले स्वदेशमै उदाहरणीय काम गर्न सफल पनि भएका छन्। 
एकअर्कामा विश्वास र भरोसा नै मूलमन्त्र मानेका यी चार युवा भन्छन्,'हामी व्यापार गरेर साथी भएका होइनौं, साथी भएरसँगै व्यापार गरेका हौं।' उनीहरूको एकता र सफलताको सूत्र भने नयाँ विचार र भेन्चर सुरु गर्नुअघि पर्याप्त छलफल र तर्क साटासाट हो। 
 
'जसले पहिला नयाँ व्यवसायको सोच निकाल्छ उसले त्यो भेन्चर लिड गर्छ', प्रकीकरण भन्छन्,'तर हामी साथी भएकोले एकअर्कासँग छलफल गर्दा धक फुकाएर गर्छौ। 'वि अग्रि टु डिसअग्रि' तर हामी एक अर्काको काममा हस्तक्षेप भने गर्दैनौं।'
 
व्यवसायको बारेमा पनि यी युवाको फरक सोच छ। अमुन थापाका अनुसार बजार दोस्रो प्राथमिकता हो। पहिला समाजको समस्या कसरी समाधान गर्ने भनेर सोच्ने हो। 'इ-कमर्स भेन्चर सस्तो डिल डटकमबाट हामीले पहिलो व्यवसाय सुरु गरेको हो', उनी भन्छन्, 'तर आज हामीसँग ६ वटा भेन्चर छन्।'
 
सुवत थप्छन्, 'हामी अरू पनि सुरु गर्ने सोचमा छौं। उनले नेपालीले तुरुन्त पैसा कसरी कमाउने भन्ने विषयलाई आधार बनाएर काम गर्ने गरेको बताउँदै भने,'वास्तवमा समस्याको समाधानलाई आधार बनाएर अगाडि बढ्ने हो। 
 
यसरी काम गर्ने हो भने पैसा आफैं कमाइन्छ। तर, हामीले हरेक भेन्चर समाजमा व्याप्त समस्या समाधान गर्ने सोचबाट सुरु गरेको हौं।' अमुनका अनुसार 'त्यसबाट नाफा पनि आर्जन गर्न सकिन्छ र सामाजिक काम पनि गर्न सकिन्छ।'
 
एन्थ्रोपोजको उदाहरण दिँदै सुरज आफूहरूले प्रत्येक १० चस्मा बेचेर आएको नाफाबाट एउटा क्याट:याक्ट सर्जरी फ्री गर्ने गरेको बताए। समाजसेवा गर्न वा देश विकास गर्न विदेशी सहयोग नै कुर्नुनपर्ने उनीहरूको तर्क छ। 
 
उनीहरू नेपालमा केही छैन र केही गर्न सकिँ दैन भन्ने मानसिकता बोकेका युवालाई गतिलै झापड मात्र हानिरहेका छैनन् सबैथोक छ र धेरै गर्न सकिन्छ भन्ने उदाहरण पेस गरिरहेका छन्।
 
बजार हेरेर वस्तु बेच्नेभन्दा पनि आफै बजार बनाउनु पर्ने उनीहरूको सुझाव छ। 'जस्तै हामीले फुटसल सुरु गर्दा मैदान फुटसल छैटौं थियो,' प्रकीरणले अनुभव सुनाए, 'धेरैले हाम्रो जस्तो सानो बजारमा के चल्ला र कसरी चलाउलान् भन्ने सोचेका थिए, तर बजार त रहेछ।' अहिले नेपालमा ५१ वटा फुटसल छन्। उनीहरूले मैदान फुटसल-१को सफलताबाट उत्साहित भएर हालै अर्को फुटसल सुरु गरेका छन्।
 
पाँच वर्ष अमेरिकामा बसेर फर्केका अमुनको अनुभवमा नेपालमा प्रसस्त बजार छ। नेपालमा केही भएको छैन। तर, सरकारको प्रथमिकतामा सहरी युवालाई उद्यमशिल बनाउने नपरेको हो कि भन्ने उनीहरूको गुनोसो छ। 
 
'सहरी युवाका लागि एउटा कोठा र त्यहाँ सामान्य भौतिक सुविधा उपलब्ध गराएर सरकारले केही सहयोग गर्न सके उनीहरूले आफ्नो योजना विस्तार गरी काम गर्न सक्छन्,' प्रकिरण भन्छन्। सरकारले युवालाई उद्यमी बनाउने वातावरण बनाइदिनु पर्ने उनीहरूको सुझाव छ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/7977#sthash.7rQyJNlP.dpuf
shahi baba
· Snapshot 25
Like · Liked by · 0
Willing to bet at least one of their fathers is a multi millionaire or billionaire.
magorkhe1
· Snapshot 169
Like · Liked by · 0
युबा हरु केहि गर्न खोज्दै छन् : समय लाग्छ , जादुको छडी बोकेर आएका छैनन् , उनीहरुको योजना सफल होस् को कामना गरौ | सुरुआत कहिँ बात हुनु पर्छ र गर्दै छन् !

बातावरण हुनु पर्छ , दिनु पर्छ , बनाउनु पर्छ ! तर के यी कुरा हरु हुदैमा हामि उद्यामी  हुन्छौ ?

बिबाह गरेर आएको दिन देखि श्रीमती जीले IT तिर जाउ भनेको हो : c ++ को कक्षा बात सुरुआत गर्न खोजेको पनि हो , तर पनि तेता तिर केहि गर्न सकिएन : जोड घटाउ गर्दै बित्दैछ दिन अनि रिटायर पनि हुईञ्छ | तर साच्ची ब्यबसाय गर्न ब्यबस्सयी मानसिकता नै नभएको हो कि भन्ने प्रस्न पनि उठ्छ ( आफ्नै उदाहरण ले देखाउछ )?
Last edited: 27-Feb-15 12:03 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 80
· Posts 11 · Viewed 975 · Likes 1
· Posts 1 · Viewed 61
· Posts 1 · Viewed 67
· Posts 4 · Viewed 331
· Posts 9 · Viewed 1360
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 86



Your Banner Here
Travel Partners
Travel House Nepal