म कसरी फर्किउँ मेरो देश! - Sajha Mobile
SAJHA MOBILE
म कसरी फर्किउँ मेरो देश!
Posts 4 · Viewed 8513 · Likes 2 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0

म कसरी फर्किउँ मेरो देश!

निरु त्रिपाठी 



नेता ज्यू,

आज भन्दा एक वर्ष अगाडि म नेपाल छोडेर अष्टे«लिया आएँ। जब मैले देशमा आफ्नो भविष्य सुनिश्चित देखिनँ अनि उच्च शिक्षाका लागि भन्दै म विदेश हानिएँ।
देशमा जति नै राजनैतिक अराजकता बढे पनि, ८ वर्षसम्म संविधान नबन्दा पनि मेरो नेपाल फर्कने र अवसरहरु आफैँले सिर्जना गर्छु भन्ने साेंच थियो। मलाई यहाँको पिआर लिने र यतै रमाउने कुनै रहर थिएन, त्यसैले पनि पिआर नै नभएको पत्रकारिता विषयलाई निरन्तरता दिइरहेँ।

तर, अहिले हाम्रो देशको संविधानसभामा जुन ताण्डव देखाइरहनु भएको छ, आफैँले संविधानको मिति तोकेर समयमा संविधान बनाइरहनु भएको छैन, गरिखाने नेपाली जनताहरुलाई गरिखान दिनुभएको छैन, देश र जनताको सुरक्षा गर्न सक्नुभएको छैन, वेरोजगार, बन्द, हडताल, बलात्कारजस्ता घटनाहरु दिनँहु घटिरहेको सुन्दा मलाई देश फर्कन मन लागेन नेता ज्यू।

यतै पिआर लिएर बन्दोबस्त गर्न मन लाग्यो। तर, याद रहोस् तपाईँहरुलाई, म त्यो युवा थिएँ जो सँग देश फर्केर केही गर्छु भन्ने अथाह जोश जाँगर थियो, फर्किएर अवसरहरुको खोजी गर्छु र अवसरहरु बाँड्छु, स्वदेशमा नै भविष्य देखाएर विदेश तथा खाडी मुलुक जान रोक्ने अभियान चलाउँछु भन्ने अठोट बोकेकी थिएँ तर, विडम्बना तपाईँहरुको यो बाँदर प्रवृत्तिले देश फर्किनबाट रोकिरहेको छ।

ममा अब त्यो सपना र जोश जाँगर रहेन, तपाईँहरुले नेपाली जनतालाई यो नौटङ्की देखाइरहँदा मलाई रिंगाटा लागेको छ। म भित्र दन्किएको स्वदेश फर्कने त्यो उत्कट चाहना सेलाएको छ।

स्वदेश फर्किएपछि मेरो र लाखौँ पलायन जनताको भविष्यको सुनिश्चता तपाईंले ग्यारेन्टी नै गर्न सक्नुहुन्न, फर्किएपछि गरेर खाने वातावरण नै सिर्जना गरिदिनु हुँदैन, ८ वर्षसम्म पनि देशलाई कानुनविहिन बनाउनुहुन्छ, सहमतिमा जान सक्नुहुन भने म र लाखौँ युवाहरु किन फर्कने भन्नुस् त नेताज्यू?

मेरा कयौँ साथीहरु अब नेपाल छोडेर विदेश जाने रे नेता ज्यू! ती मेरा साथीहरु कोही कहलिएका पत्रकार छन्, कोही चलचित्र जगतमा छन्, कोही विद्यार्थी नेताहरु छन्, कोही इन्जिनियर, कोही डाक्टर, कोही ब्याङ्कर छन्।

म नेपाल फर्कन्छु भन्दा यी मेरा साथीहरुले मलाई ‘नफर्क, यहाँ तिमी आएर प्रगती गर्न सक्दैनौँ, तिमीलाई नेताहरुले गरिखान दिदैँनन्’ भन्छन् ‘बरु हामी नै तिमी भएको ठाउँमा आउछाैँ रे।’

नेताज्यू! यी पेशा अंगालेका साथीहरु देशको सम्पत्ति हुन्, यी युवाहरु देशलाई सम्पन्न बनाउने शक्ति हुन् र अब यिनीहरु पनि देश छोड्ने रे!
यसरी दिनदिनै देशका यु

वा पुस्तादेखि आउँदो पिढी देश छोड्दै जान्छन्, तपाइहरु साँढेको जुधाँइ गर्दै गनुस्, देश खालि हुन्छ, जनशक्ति सबै पलायन हुन्छ, रित्तो घरमा आक्रमण गर्न पनि सजिलो हुन्छ।

आँखा ताकेर बसेकाहरुले आक्रमण गर्छन्, तपाईहरु तिनीहरुको गुलाम भएर बस्नुहोस् अनि बाँकी रहेका नेपाली जनतालाई शरणार्थी बनाएर खेदाउनुहोस्। अब यही हुन बाँकी छ देशमा।

अष्टे«लियाको एबिसी भन्ने एउटा मिडियामा नेपालको संसद भवनमा मध्यरातमा भएको महाभारतको बारेमा अत्यन्त नकारात्मक हिसाबले लेखिएको रहेछ। नेताहरुलाई जङ्गली जनावरको संज्ञा दिइएको छ। यहाँ यस्तो समाचार आउनु भनेको नेपाली समुदायको लागि कति लज्जास्पद कुरा हो?

हामीले अरु समुदायको अगाडि शीर ठाडो र गौरव गर्न सकेनौँ। हामी निराश भयौँ। अब भन्नुहोस् अझै पनि यस्तै महाभारत देखाएर हामी विदेशमा बस्ने नेपालीहलाई लज्जास्पद बनाइरहनुहुन्छ?

भाषणमा दिँदा युवा पुस्ता फर्कनुपर्छ भन्नुहुन्छ अनि कार्य चाहिँ नाबालकहरुले गरेजस्तो गर्नुहुन्छ । नेपाल फर्केर  विदेशमा सिकेका जानेका कुराहरु हामीले नेपालमा उपभोग गर्ने वातावरण मिल्दैन भने किन इन्जिनियङ्गिर पढिसकेर देशका ठूला ठूला भवनहरु रचना गर्न आउने, किन डाक्टरहरु डराईडराई उपचार गर्न आउने र किन पत्रकार फेरि पनि जिउँदै गाडिन आउने?

आठ वर्षसम्म लामो प्रतीक्षा गराएर विभिन्न वितण्डा मच्चाउँदै अन्तिम घडीमा अन्योल स्थिति पैदा गर्न तपार्इंहरुलाई लाज लाग्दैन? हाम्रो पुस्ताले त जति सराप्नु सरापीसक्याैँ अब तपाईंहरुले घरमा भएका  आठ वर्षका नातिनातिना के भन्नछन्, सोच्नुभएको छ?

उनीहरुले थुक्कन मात्रै बाँकी छ। हामी नेपाली जनता तपाईंहरु मिल्नुहोस्, संवैधानिक प्रक्रियामा जानुहोस्, वा दुई तिहाई मत पु्¥याउनुहोस् र संविधान जारी गर्नुहोस्, हरेक पेशा र क्षेत्रको जायज आचारसंहिता बनाउनुहोस्, शान्ति सुरक्षा र अवसरको माहोल बनाउनुहोस्, अनि हामी युवा पुस्ता तपाईंलाई ग्यारेन्टी गर्छाँै कि विदेशबाट फर्केर स्वदेशमा सुन फलाउँछौँ।

Last edited: 02-Feb-15 02:32 PM
magorkhe1
· Snapshot 142
Like · Liked by · 1
नेपाल फर्कनु  र संबिधान न आउनु संग हाम्रो विदेश बसाइको कुनै तादम्यता / गौड कारण देख्दिन | बिदेसिनलाइ एउटा एउटा बहाना चाहिन्छ |
साह्रा गाउका युबा बिदेशेका छन् : चाड पर्ब देखि स्मसान घाट पनि कुरुवा झैँ बसेको छ ( बोकेर लैजान नसकिने भएर खहरेकै छेउमा दाह संस्कार गर्न थाले )|
गाउमा गाइ गोरु हरुको संख्या घट्दै गयो अनि जनसंख्या पनि कम भएर होला गाउ मैले २०-२५ बर्स अघि छोडेको भन्दा निकै हरियो देखिन्छ | बालि उबज्नी पनि आफुलाई खान पुग्ने भए पुंगे गरि मात्र उब्जन थालियो |

बहाना आफ्ना आफ्ना हुन् : कोहि अमेरिका कोहि अस्ट्रेलिया कोहि युरोप त कोहि खाडि मुलुक र एसियाली मुलुक तिर छिरेका छन् | आफ्नै तराइ पनि खालि भएको छ: उहिले बिहार बात आउथे काम गर्न अहिले हामि उता लागेका छौ : किनकी भारु र नेरु बीच १.६० फरक भएर |

कुराको निचोड : टेम्पु र मिनिबस हरेक पाइलामा पाइने भए पछि को हिडी रहन्छ : यानेकि सुबिधा भोगी भए पछि छोड्न सकिन्न : नेपाल नफर्कने हजारौ कारण देखाई दिन सक्छौ | कारण एक बहाना हजार |

Last edited: 03-Feb-15 08:37 AM
nepaliketo30
· Snapshot 378
Like · Liked by · 0
गोर्खेको कुरो सारै चित्त बुझ्यो। बहाना हुन् यी सब । मान्छेहरुलाई, विकल्पहरु भएपछी यस्ता बहाना कति कति। लेखकको विचारको सम्मान नै गर्छु है ब्रोहरु फेरि । व्यक्तिगत स्वतन्त्रता हो अष्टे«लिया बसे पनि, नारायणी नदि मा टाउको दुबयेरा बसे पनि ।
kaliya
· Snapshot 401
Like · Liked by · 1
अझ देश भक्ति तः झ्याप भा बेला मा पो औचा तः गाठे/ भोलि नै देश जाम झैँ के, के गर्नु भोलि बिहान उस्तै हो
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 159
· Posts 19 · Viewed 7003 · Likes 2
· Posts 1 · Viewed 199
· Posts 1 · Viewed 210
· Posts 1 · Viewed 284
· Posts 1 · Viewed 289
· Posts 1 · Viewed 353
· Posts 2 · Viewed 518
· Posts 1 · Viewed 375
· Posts 2 · Viewed 748



Travel Partners
Travel House Nepal