ज्ञानेन्द्र शाहका दुख, पारस काठमाडौं आउँदै, हैरान हिमानी - Sajha Mobile
SAJHA MOBILE
ज्ञानेन्द्र शाहका दुख, पारस काठमाडौं आउँदै, हैरान हिमानी
Posts 3 · Viewed 3739 · Go to Last Post
cybernepali
· Snapshot 0
Like · Likedby · 0
 

gynendra--shah

मात्रिका पौडेल

९ साउन, काठमाडौं । राजतन्त्रवादीहरुले देशमा पुनः राजतत्र फर्काउँछौं भन्दै पार्टी खोल्न लागेका बेला पूर्वराजा ज्ञानेन्द्र भने आफ्नो छोराको र ज्वाइँको व्यवहारका कारण दुःखी बनेका छन् । पत्नी कोमलको स्वास्थ्य कमजोर हुँदै गएको छ । छोरा पारसको घरबार बिग्रिएको छ । बुहारी हिमानीको मनोदशा देखेर ज्ञानेन्द्र थप चिन्तित बनेेका छन् ।

ज्ञानेन्द्रकी एकमात्र छोरी प्रेरणाको पनि घरबार राम्रोसँग चलेको छैन । ज्वाइँ राजबहादुरले शारीरिक एवं मानसिक यातना दिने गरेको बताइन्छ । यी सबै दुख र पीडाबाट निराश बनेका पूर्वराजा ज्ञानेन्द्र अचेल नातिनातिनासँग रमाउने गरेका छन् ।

पारस काठमाडौं आउँदै

parasपूर्वयुवराज पारस शाहलाई निर्मल निवास भित्र्याउन उनका बालसखा राजु सिंह बैंकक पुगेका बेला पूर्वराजा ज्ञानेन्द्रले पारस निकट व्यक्तिहरुलाई समेत निर्मल निवासमा प्रवेश निषेध गरेका छन् । निर्मल निवासनिकट स्रोतका अनुसार पारसलाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई पूर्वराजाका साथै पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानीले रुचाउन छाडेका हुन् ।

पारसलाई पूर्वराजाको जन्म दिनमै नेपाल ल्याउनका लागि किशोरी महतो, जगत गौचनलगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर, त्यतिबेला पनि पूर्वराजा तथा हिमानीकोका कारण उनीहरुको प्रयास असफल भएको थियो । तर, अहिले पारसको प्रवेशाज्ञा सकिएर नेपाल र्फकनै पर्ने भएकाले उनलाई लिन उनका साथी राजु सिंह बैंकक पुगेका हुन् ।

दरवारनिकट स्रोतका अनुसार पारसलाई निर्मल निवासमा स्वागत गर्न उनका बाबु आमा र श्रीमती समेत चाहँदैनन् । पारसलाई निर्मल निवास भित्र्याउन चाहने किशोरी महतो, जगत गौचन, सुनिल खड्का, राजु सिंहहरुलाई अचेल पूर्वराजाले निर्मल निवासमा निषेध गरेको एक सहयोगीले बताए । ‘उनीहरुले बाहिर राजाका मान्छे हौं भनेर हिडे पनि पारसको लागि चाहिनेभन्दा बढि चाकडी गरेको पूर्व राजपरिवारलाई मन परेको छैन’ निर्मल निवास स्रोतले भन्यो ।

क-कसले गर्दैछन् पारसलाई स्वागत ?

स्रोतका अनुसार लोककल्याणकारी जनता पार्टी, श्रीराम हनुमान मण्डल, २०४७ सालको संविधान पुनस्र्थापना हाम्रो अभियान नामका बिभिन्न पार्टी र संस्थाहरुले पारस नेपाल आउँदा तामझामका साथ स्वागत गर्ने तयारी गरेका छन् । पारसको स्वागत नागरिकस्तरबाटै गर्ने तयारी भइरहेको लोककल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतोले बताए ।

‘आउने दिन तय नभए पनि भिसा सकिएका कारण उहाँ चाँडै आउनुहुन्छ र निर्मल निवासमै भित्रिनुहुन्छ’ महतोले अनलाइनखबरसँग भने ‘हामी उहाँको प्रतिक्षामा छौं’ । महतोले निर्मल निवासमा आफूहरुलाई निषेध गरेको बारेमा केही बताउन चाहेनन् ।

पारस आउने, ज्ञानेन्द्र जाने

पारस आउने तय भएलगत्तै पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमलसहित नागार्जुनस्थित ‘सरकारी दरबारमा’ जाने भएका छन् । ‘हिमानीसमेत निर्मल निवासमा बस्न चाहान्नन् । तर, पारस आउनुअघि नै निर्मल निवास छाड्दा नकारात्मक सन्देश जाने भएकाले उनी चुपचाप छिन्’ हिमानी ट्रष्टका एक पदाधिकारीले भने ।

सम्भवतः आउँदो सोमबारसम्म साइत हेराएर पूर्वराजा नागार्जुृन जानेछन् । उनी पारस आउँदा निर्मल निवासमा बस्न चाहँदैनन् । ‘पूर्वराजारानी सरकारले दिएको सुबिधा उपयोग गर्दै पारसलाई छल्न नागार्जुन जान लाग्नुभएको हो’ पूर्वराजाका एक सहयोगीले भने ‘हिमानी बच्चाहरुको पढाइका कारण जानुहुन्न’ ।

हैरान हिमानी

Himani-Shaनिर्मल निवासस्रोतका अनुसार पारस र हिमानीको सम्बन्ध अब कानुनी रुपमा मात्रै बाँकी छ । पारससँग हिमानी अलग भएको लगभग चार वर्ष भइसकेको छ । उनी बच्चाहरुलाई समेत पारसको छत्रछायाँबाट टाढा राख्न चाहान्छिन् । ‘उनलाई अहिलेसम्म आडभरोसा भनेकै ससुराबाट प्राप्त भएको छ । उनी पारससँगको सम्बन्ध एक दिन पनि राख्न चाहान्नन्’ हिमानी ट्रष्ट स्रोतले भन्यो ।

पूर्वराजपरिवार सदस्य भएका कारण मात्र हिमानीले पारससँगको कानुनी सम्बन्ध व्यहोर्नुपरेको उनका निकटवर्तीहरु बताउँछन् । ‘पारस थाइ प्रेमिकासहित बैंककमा बस्न थालेपछि हिमानीको पारससँगको भावनात्मक सम्बन्ध सकिएको हो । अब कानुनी सम्बन्धमात्रै बाँकी छ’ स्रोतले भन्यो ।

फेरि बैंकक फर्कने

पारस केही समयका लागि मात्रै नेपाल आउन लागेको स्रोतले जनाएको छ । उनी भिसा अवधि सकिएकाले औपचारिकताका कारण आउन लागेको महतोले बताए । ‘उहाँ एक्लै आउनुहुन्छ, थाई प्रेमिका आउनै छैनन्’ उनले भने’हिमानी सरकारको मुड के छ हामीलाई थाहा भएन’ ।

यो पनि पढ्नुस

- See more at: http://www.onlinekhabar.com/2014/07/173249/#sthash.Va6u15dq.dpuf
YoTaBhayanaNiSom
· Snapshot 137
Like · Liked by · 0
हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ|
Alias_
· Snapshot 657
Like · Liked by · 0
Thailand doesn't suit Paras..its same like sending a person who always got common cold to Siberia....he better come back Nepal and make a nice castle on the bank of Rara lake and live happily ever after there just like Khaptad swamii.....jay mata d.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 48
· Posts 1 · Viewed 53
· Posts 15 · Viewed 2014 · Likes 3
· Posts 1 · Viewed 114
· Posts 6 · Viewed 677
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 269
· Posts 4 · Viewed 763
· Posts 2 · Viewed 410
· Posts 1 · Viewed 151



Your Banner Here
Travel Partners
Travel House Nepal