गोरी मेक्सिकन भाग -२ - Sajha Mobile
SAJHA MOBILE
गोरी मेक्सिकन भाग -२
Posts 11 · Viewed 7499 · Likes 12 · Go to Last Post
Aamalaa
· Snapshot 0
Like · Likedby · 1
       प्रिय साझाबासिहरुमा मेरी गोरी मेक्सिकन भाग -२ पेश गर्दै छु , यो अहिलेलाई अन्तिम भाग पनि हुन सक्छ | हेरु यो चक्कर कहाँ सम्म पुग्छ, केहि भन्न लायक भयो भने अरु भाग पनि प्रस्तुत गर्ने छु | अघिल्लो भागमा झैँ कमेन्ट गर्नुहोला है त .........

       भाग -१ छुटाउनु भएको भए यहाँ हेर्नुश है : http://sajha.com/sajha/html/index.cfm?threadid=109197&noofposts=11

       गोरी मेक्सिकन - २

       गएको एक हप्ता बित्न महिनौ जस्तो लाग्यो मलाई | त्यो गोरी मेक्सिकन संगको ५ मिनट भेटले मलाई छुट्टै अनुभूति भैरहेथ्यो | कोठामा रुपेश र भरतलाई पनि यो कुरा भनेको थिए | मनको कुरा सुनाउने अरु को नै थियो र | त्यो बेला सर्मिलाको पनि निकै याद आएको थियो , तेही गोरो चेहरा अनि तेस्तै मिलेको तर अलि लामो नाक | खैर सर्मिलाको यादलाइ मनको एउटा कुनामा राखेर गोरी मेक्सिकनकै यादमा रमाउन उचित ठाने अहिलेलाई |
केटाहरुलाई पनि फोकटया भन्या जस्तो लाग्यो मेरो मेक्सिकन केटि को कुरा | सोझो मान्छेलाई अलि अलि सरसल्लाह दिनुको सट्टामा झन् उल्लीबिल्ली पारिदिए त्यो हप्ता | झन् भर्तेले ( भरतले ) त एती सम्म भन्न भ्यायो , “बुझ्यो ब्रो अर्को पटक त्यो तिम्री बोनितालाई नाम चाही सोधिहाल है, अनि बल्ल तिम्रो रामकहानी सुरु होला, नत्र येही रुपेशे ( रुपेश ) जस्तै गनाउने बोका भएर बस्नु पर्ला” |
       केटाहरुले जे भनेनी अब फेरी तिनी नानी आइन् भने कमसेकम नाम चाही सोध्नुपर्ला भन्ने सोचे | तर कसरि ....? नेपालाँ जस्तो केटि भेट्ने बित्तिकै “ साँची तिम्रो नाम के रे ?” भनेर नहुने यहाँ | मिलाई मिलाई भन्नुपर्छ | इंग्लिश जति सुन्छु, आधि बुझ्छु अनि तेस्को पनि आधि मात्रै फर्काउन सक्छु | प्लान बनौदाबनौदै १ हप्ता बित्यो, केटि आउदिन बा, परेन त फसाद | भएन अब यो गोरी मेक्सिकनलाइ पनि सर्मिलाको जस्तै गरि मनको अर्को कुनामा कोचिदिनु पर्यो भनेको त (भन्द्या नि) अचम्म भो आज |
       दैबको लिला, सुर्यदेवको कृपा आज देखापरि मेरी गोरी मेक्सिकन, लगभग उही टायममा | झन्डै मनबाट हटाइसकेको मान्छे अपर्झट तेसरी अगाडी देखा पर्दा एकछिन अक्क न बक्क भन्या | तैपनि साहस गरेर “Hello Maam how you” भन्न भ्याए | “M good, yourself” उसले पनि मुस्कुरौदै भनि | मैले पनि नेपाली इस्टाईल्ले टाउको दायाँबायाँ गरि सकुसल रहेको जानकारी गराएँ | उ कफी मेसिन् तिर लागि अनि म भने रजिस्टर मिलाउदै यो गोरी मेक्सिकनको नाम कसरि सोध्ने होला भन्ने जुक्ति सोच्न थाले |
       “Hello again, no beer today - only coffee” मौनता तोड्दै मुस्कुराइ उ | मेरो भने उसलाई देख्नेबित्तिकै बोलि नै गायब | के भन्ने कसो भन्ने सोच्न नै सकिन, मनले भन्यो “नाम सोध्नुपर्यो केटा, नाम सोध”, मुख बोल्दैन त | अनि बल्ल तल्ल भने “Hello maam, it is one o seven (1.07)” उसले मुटु नै छेडला जस्तो मुस्कान दिएर २ डलर हातमा दिई | उसलाई बाकी पैसा फिर्ता दिने बेलामा मनले फेरी भन्यो “थुक्क लाछी आफ्नो मान्छेलाई पनि ७ पैसा लिने हो, अरुलाई भए १.०७, तर तिमीलाई only one dollar, अथवा it’s on the house for beautiful gal like you भन्नु पर्दैन” | मनले जे भन्यो तेही गर्न नसकेपछि चानचुन जम्मा गरेर उसलाई “Thank you maam, come again .. ok …” एती मात्र भन्न सके, नाम-साम सोध्ने आँट आएन यो लाछिलाई |
“Please don’t call me maam, I am Christina” , एती भनि गोरी मेक्सिकन मुस्कुराएर गइ | हैन के भन्छे यो मोरी , एउटा मिठो भूकम्प गयो अनि मन मुटु क्रिस्टिना क्रिस्टिना भयो |
Last edited: 23-Jul-14 05:25 PM
Punter
· Snapshot 28
Like · Liked by · 1
Bro ko story khatra cha,,, good job bro , waiting for last part
jhyaulagdo
· Snapshot 136
Like · Liked by · 1
khatra cha Aamala bro story. Chitai nai milan bhayeko ending part padhna paiyosh.
Ruben123
· Snapshot 273
Like · Liked by · 1
Amala bro, arko patak Gori-Mexican lai bhannu: "We have a got Early-bird special today. I am providing free coffee to all my regular customers." ....pause (3 secs)... "You have to sign up btw". ani euta kora kaagaj ma tyo tala dekhaya jasto garera lekhnu ani tyo gori - mexican lai dinu.

Phone Number :____________________________________________________

hahaha
bittertruth
· Snapshot 372
Like · Liked by · 1
beluka beluka christina lai katai kunai jose/alejandro ley lacharney ta garya chaina? yeso siddhai 'hey u single?' bhaney bhai halyo ni saathi? bharey pheri mahinau lagayera maya ko bagaicha singaraula ra ek din kun chahi jose/alejandro ko bhantyang/bhuntung sanga aaula ra ani kharani hola singari raah bagaicha tyo pani ek jhatka ma..
tesailey testo hazaar volt ko jhatka khaanu bhanda suru mai sodhya besh bro..
kaha america ma ni prem dhwoj pala ko style ma love garera huncha? siddhai sodhni bro.. yaha naramro mandainan...
'yeh am single, why?' bhanyo bhaney.. 'just asking, would you like to go for coffee someday?' bhanney 'if you don't mind' bhanera. 'ah no, not today, some other time' bhani bhaney ani chahi tyo mathi ko katha ma bagaicha singarya jastai 'dil baag baag huney, udit narayan ko pahela nasha geet gauney,' ani 'I'll wait for you ' bhanera jhakas smile diney ra jaaney bela ma daudera uslai dhoka ni kholi diney ani bidai garni 'bye.. you look awesome as always '

Aamalaa
· Snapshot 600
Like · Liked by · 1
Punter अनि Jhyaulagdo ब्रो लाइ एकदम धन्यवाद, केहि भयो भने अर्को भाग आउने नै छ |

Nas ब्रो को त कुरै नगरम, कहाँ कस्तोमेर सोच्ने अब मनमा सजाइसकेको मुन्छेलाई |

Ruben123 ब्रो को आइडीया एकदम खतरा छ है, यहाँ मात्रै अलिकति डर लागेर हो नत्र म पनि नेपालमा हुदा त खतरा नै हो नि, अझ सर्मिलाको कुरो त यहाँ भनेकै छैन नि  | अर्को पटक केटो ले फोन नम्बर माग्ने नै भयो उसोभए |

Bittertruth ब्रो को सल्लाह पनि बिटर नै छ है, अनि कुरो पनि एकदम सहि छ | धेरै धन्यवाद एती लामो लेखिदिनु भएको मा , म धेरै आभारी छु |

पढ्न चाही पढ्ने अनि कमेन्ट गर्न अल्छी गर्ने सबलाइ मुरी मुरी धन्यवाद है त , अर्को भाग मा कमेन्ट गर्नुपर्छ नि फेरी, नत्र त एती दुख गरेर लेखेको मज्जा नै आउदैन नि , लौ त आहिलेलाई एती नै |
ThahaChaena
· Snapshot 600
Like · Liked by · 1
ल है अमला ब्रो , पढियो भाग १ र २ .... उ माथि बिटरट्रुथ ब्रो ले भनेसरी गरे चै उद्धार होला भन्ने देखें है मैले पनि .... नत्र खिर पकायो पखायो खाने बेला अर्कै ले दौडायो होला नि .... 

राम्रो लेख्दै हुनु हुन्छ .... येस्सो अब फ्लार्ट को वाक्य र माया पिरती तितिरिपितिरी कुरो नि जोडम त झक्कास हुन्छ .... 

- थाहा छैन 
Karnali Blues
· Snapshot 705
Like · Liked by · 1
एकदमै राम्रो लग्यो दोस्रो भाग अमला ब्रो / ल अब केहि प्रगति गर्नु पर्यो है, छिटो छिटो christina लाई पत्त्याउनु पर्यो अब / अर्को भागको प्रतिछ्यामा /
bigT
· Snapshot 756
Like · Liked by · 1
मेरो पनि एक समय यस्तै कहानी थियो। मेगन भन्ने थि एउटी तर त्यो गोरी अमेरिकन नै थि। हरेक दिन आउथि Monster लिन बिहान बिहान अनि मार्लबोरो मेंथोल लाइट्स पिउथि। कति भन्ने प्रयास गरे बोलि फुट्या होइन। असाध्यै राम्री थि मोरी। पछि काम छोडियो अनि मन पनि अन्तै मोडियो।
अमला ब्रो को कथा दामी छ ब्रो। अलि मिहिनेत गर्नु पर्यो। मेरो त दम आएन, ब्रो लाइ गुड लक्।
GwachAquarian
· Snapshot 805
Like · Liked by · 2
BT reading your comment is making me kick my butt right now..Where were thou when I was trying to figure out all these things?? Took me forever to do anything.
Could have been driving on the freeway,,instead had to drag myself through the heavy traffic, stop lights and crappy construction zones with lot of detours.
ल ब्रो मौकामा चौका हानीहाल नत्र अरुले छक्का पद्काइदेला अनि तिमि चै लाटाले केरा हेरेको जस्तै ट्वाल्ल हेरेर बसेको बस्यै होला है/
Aamalaa
· Snapshot 940
Like · Liked by · 0
ThahaChaena ब्रोदर खिर खाने मेरो पनि ठुलो धोको हो , तपैले भनेको जस्तो तितिरिपितिरीको कुरो पक्कै गर्नेछु अर्को पटक , धन्यवाद

Karnali Blues ब्रो तपैकी consultancy को केटि लाइ कसरि के के गर्नुभो चाडै लेखुम अनि म पनि क्रिस्तिनालाई तेस्तै गर्नुपर्ला

bigT ब्रो दुख लाग्यो मेगन लाइ केहि भन्न नसक्नुभएको मा , ब्रो को कुरो सुनेर पनि अब चाही केहि गर्छुनी

GwachAquarian ब्रो अगाडिको ४ हरफ अंग्रेजी केहि बुझेको भए मार्दिम | तर पछिको सुझाब मज्जाले बुझे, चौका, छक्का अनि गोल हान्ने सबै म नै हो नि अब त , हि हि हि रे क्या

अनि यहाँ ब्रो ब्रो मात्र भन्दा कस्तो कस्तो भयो , हैन यो साझामा सीस पनि भन्न पाए अर्को रमाइलो पनि हुन्थ्यो कि | सीस हरुको पनि जावोश न त हल्का , ब्रो हरु कीप इट अप नि फेरी , नरिसाईकन

धन्यवाद बाकि सबैलाई
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12545 · Likes 1
· Posts 7 · Viewed 3935 · Likes 1
· Posts 1 · Viewed 1085
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 970
· Posts 1 · Viewed 1064
· Posts 1 · Viewed 1036
· Posts 21 · Viewed 9916 · Likes 1
· Posts 3 · Viewed 2551
· Posts 5 · Viewed 7758 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal