दीक्षितलाई डलर ल्याउन भर्‍याङ बन्दैछ हेल्पनेपाल - Sajha Mobile
SAJHA MOBILE
दीक्षितलाई डलर ल्याउन भर्‍याङ बन्दैछ हेल्पनेपाल
Posts 6 · Viewed 6463 · Likes 2 · Go to Last Post
Shuvam
· Snapshot 0
Like · Likedby · 0
Is this True???

http://www.ratopati.com/2014/06/08/135676.html


काठमाडौं, जेठ २५ – विदेशका नेपालीले दुःख गरेको कमाएको पैसाबाट देश विकासका लागि भनी हेल्प नेपाललाई दिएको रकम कनकमणि दीक्षितकी श्रीमती अध्यक्ष रहेको रातो बंगला फाउन्डेसनलाई दिएको रवीन्द्र मिश्र र संस्था स्वयंले स्वीकारेका छन्। हेल्प नेपाल नेटवर्कले रातोपाटीलाई पठाएको स्पष्टिकरणमा दीक्षितलाई विदेशीबाट डलर ल्याउन सघाउन आफ्नो संस्था भर्‍याङबनेको समेत स्वीकार गरिएको छ।
हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतको नाममा जारी गरिएको वक्तव्यमा भनिएको छ – ‘जब रातो बंगला फाउन्डेशनले आफ्नो सो अभियानमा नेपाली संस्थाबाटै सहयोग भएमा अन्य दाताबाट थप सहयोग जुटाउन अझ सहज हुने उल्लेख गर्दै आर्थिक सहयोगका लागि प्रकृयागत ढंगबाट अनुरोध गर्यो, हेल्प नेपाल नेटवर्कले नियमित प्रकृया पुरा गरेर रू ४ लाख ९५ हजार सहयोग गर्ने निर्णय गरेको हो।’
यसले दीक्षितका विभिन्न एनजिओको एम्पायरमध्ये शिक्षासम्बन्धी एनजिओ रातो बंगला फाउन्डेसनलाई विदेशीबाट अझ बढी र सजिलो गरी डलर झार्न नेपाली संस्थाले पनि त्यसमा सहयोग गरेको देखाउन आवश्यक भएको र यही कारण सहयोग गरिएको पुष्टि भएको छ।
स्पष्टिकरणले रातो बंगला स्कूल र रातो बंगला फाउन्डेसनलाई फरक देखाउन खोजिए पनि वास्तवमा दुवै संस्था एक अर्काका पूरक हुन् । दुवै संस्थाकी अध्यक्ष कनकमणि दीक्षितकी पत्नी शान्ता बस्नेत दीक्षित हुन् । रातो बंगला नाफामुखी स्कूल भएकोले यसले सहयोग लिन पाउँदैन । यसको शुल्क पनि देशकै स्कूलमध्ये सबैभन्दा चर्को छ। नाफामुखी स्कूलले सहयोग लिन नपाउने भएकोले फाउन्डेसनको स्थापना गरिएको हो ।
शिक्षा सम्बन्धी एनजिओको सबैभन्दा सजिलो विकल्प नजिकैको जिल्ला काभ्रेका सरकारी विद्यालय हुन् । रातो बंगला फाउन्डेसनको उद्देश्य पवित्र भएको भए स्कूलबाट हुने चर्को नाफाका केही अंश फाउन्डेसनमा उपयोग गरी शिक्षाको गुणस्तर वृद्धिमा योगदान गर्थ्यो होला। तर आफ्नो पैसा सुको नझार्ने खाली विदेशीको सहयोग झार्न तल्लीन दीक्षित समूहले त्यसो के गर्थे ? दीक्षितलाई सकेसम्म डलर ल्याउनु थियो र यसका लागि नेपाली संस्थाको सहयोग पनि देखाउनु थियो। त्यसैले मिश्रको हेल्प नेपालले देशविदेशबाट जुटाएको रकममा आँखा गढ्यो। मिश्र पनि सहजै भर्‍याङबन्न तयार भइदिए।
रातो बंगला जस्तो धनी एनजिओलाई सहयोग गरेको देखेर सक्दो सेयर गर्नुस् भन्ने मिश्रको एक आदेशमा फेसबुकमा हजारौँ सेयर गर्नेहरुमध्येकाले अहिले प्रश्न सोधिरहेका छन् - हेल्प नेपालले रातो बंगला जस्तै बिल गेट्स फाउन्डेसनलाई कहिले सहयोग गर्ने निरु विश्वका सबैभन्दा धनी अर्बपतिमध्ये एक बिल गेट्सको फाउन्डेसनले नेपालमा पनि सहयोग गरिरहेका छन्।
स्पष्टिकरणमा काभ्रेका नौवटा सरकारी विद्यालयका शिक्षकहरूको पढाउने शैलीमा गुणात्मक सुधारका लागि कार्यशाला, तालिम, अनुगमन र पढाउन सघाउने शैक्षिक सामग्री खरिद गर्न सो सहयोग गरेको भनिए पनि कुन कुन विद्यालय हुन् नाम खुलाइएको छैन । एक दिने कार्यशाला र गोष्ठीका लागि कति डलर खर्च भयो भन्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छैन।
यसबाहेक रातो बंगलालाई हेल्प नेपालले गरेको अरु सहयोगबारे विज्ञप्तिमा केही भनिएको छैन। स्रोतका अनुसार हेल्प नेपालले रातोपाटीले उल्लेख गरेको बाहेक अरु पनि सहयोग उपलब्ध गराएको छ। तर त्यसबारे हेल्प नेपालको वेबसाइटमा केही पनि अपडेट गरिएको छैन। हेल्प नेपालको वेबसाइटमा एक वर्षअघिको मार्च २०१३ सम्मको मात्र न्युजलेटर अपडेट गरिएको छ। हेल्प नेपालले अहिलेसम्म रातो बंगला फाउन्डेसनलाई कति रकम सहयोग गर्यो र त्यो केमा खर्च भयो भन्ने हिसाब अहिलेसम्म देखाइएको छैन ।
मिश्रको विवादित पृष्ठभूमि
रवीन्द्र मिश्रले हेल्प नेपालभन्दै देशविदेशमा रहेका नेपालीहरुले रगतपसिना गरेर कमाएको रकम जम्मा गर्न थाल्नुअघि भ्रष्टाचारीलाइ किरा परोस् सराप छापिएको गन्जी लगाएर गरेका थिए। यसमा अख्तियारदेखि प्रधानमन्त्री र सचिवहरुसम्म सहभागी भएका थिए । लन्डनबाट नेपाल फर्किएदेखि नै यो वा त्यो काम गरी चर्चामा आउन उनी सँधै तल्लीन रहे।
त्यसबेला बीबीसी विश्व सेवाको बुस हाउसमा काम गर्ने गरेका मिश्रलाई नैतिक आचरणसम्बन्धी गम्भीर आरोप लाग्यो। पछि त्यसबारे उजुरी परेपछि बीबीसीको आन्तरिक अनुशासन छानविन टोलीले मिश्रको कम झ्याँको झारेको होइन। यो आरोप लन्डनको स्थानीय अदालतसम्म पुग्यो। उनको बानी उनका सहकर्मी र व्यवस्थापनलार्इ समेत अति भएको थियो। त्यसपछि बीबीसी नेपाली सेवामा घटेको कर्मचारी भर्नामा कृपावाद अर्थात् खड्का काण्डपछि व्यवस्थापनले उनलाइ झिँगा फाले झै काठमाडौं गएर काम गर्ने भए जा नत्र बर्खास्त भनिदिएपछि फेस सेभिङ्का लागि उनी लण्डनको जागिर छाडेर नेपाल आएका हुन्। तर उनले भने आफू राष्ट्रवादी भएकोले देशप्रेम जागेर नेपाल आएको भनेर कान्तिपुरमा लामो आर्टिकल नै लेखे।
स्मरण रहोस् बीबीसीमा काम पाउन गाह्रो छ तर पाएपछि सितिमिति उसले जवरजस्ती कर्मचारी निकाल्दैन। बीबीसीको इतिहासमै बर्खास्ती अत्यन्त कम हुने गरेको छ। उदाहरणका लागि फिलिपिनी महिलालाई यौन दुव्र्यवहार गरेको गम्भिर आरोप लागेका सुरेन्द्र फुँयाल अझै पनि बिबिसीमा कार्यरत छन् । त्यो मुद्दामा अझै पनि फैसला भएको छैन । व्यभिचार काण्डमा दोषी पाइएका हिन्दी सेवाका मानक गुप्तालाई पनि रवीन्द्रलार्इ नेपाल पठाएकै समयको आसपास पारेर अवकाश दिइएको थियो। तर रवीन्द्रको हकमा उनले नेपाल गएर काम गर्ने र बीबीसीको कोर स्टाफ नरही बीबीसी नेपाली सेवा लिमिटेड भनेर काठमाडौँमा दर्ता भएको स्थानीय कम्पनी अन्तर्गत रहेर काम गर्न इच्छा जाहेर गरेपछि बीबीसी दक्षिण एसियाका नाजेज अफ्रोजले सहानूभूतिपूर्वक उनलाई नेपालमा काम गर्न छूट दिएको हो र नेपाली डेस्क प्रमुख बनाएको हो।
रविन्द्र जस्तै कृपावाद काण्डमा परेका बीबीसी उर्दू सेवाका मोहम्मद हनिफ पनि उर्दू सेवा प्रमुखबाट हात धोएर एक सामान्य सम्वाददाताको रूपमा पाकिस्तानमा कार्यरत छन्।
बिबिसी सेवामा पहुँच कसरी हावी हुन्छ भन्ने कुरा उदाहरण दिने हो भने बीबीसी नेपाली सेवाको काठमाण्डौंका कार्यालयमा काम गर्ने दुर्इ महिला रमा पराजुली मार्टिन चौतारीका प्रत्युष वन्तकी पत्नी हुन् र अर्की कल्पना ढकाल कान्तिपुरका सम्पादक सुधिर शर्माकी श्रीमती हुन् ।
sabaiko satru
· Snapshot 90
Like · Liked by · 0
लौ देखिए रबिन्द्र मिश्रका so called " Practical Philanthropy & Philanthropic Journalism"
पशुपतिनाथले सबैको कल्याण गरुन! हुन त पशुपतिनाथ आफै पुजारी भट्टका चपेटामा परेका छन् अरुको के भलो गर्न सक्लान ! रातो बंगाला जस्तो बार्षिक करोडौ मुनाफा कमाउने विद्यालयले सहयोग गर्ने नै उदेस्य हो भने निसुल्क सहयोग गर्न सक्दैनथ्यो र?? लौ मिश्र जी तिमि पनि "उही ड्याङ्ग का मुला परेछौ.
Alias_
· Snapshot 336
Like · Liked by · 1
As Rabindra Mishra is also a human and not a "God",he was bound to slip in some of his decisions and could also fell into the various schemes which are ubiquitous in a place like Nepal.I recon this is the first time he made an error--after arriving from London Bridge-- by joining hands with the infamous Rato Bangla School/Corporation which possess a deep-seated skill of sucking all the money from the parents of its students.On the other hand,the vulpine Mr.Dikchit is all too happy to accumulate the wealth as much as possible in the name of teaching and education.

Rabindra Mishra is a flicker of flame that exist in midst of chaotic Nepal and to blame him as a "fraud" would be anything but primitive.Did we not see how many times he has done the good work for the suffering native kids and people?Did we not realise how tough it is to work in a place like Nepal where everybody is too good to pulls one's leg?The uproar that bubbles forth from nowhere against Mr.Mishra is nothing but one of the many baloneys which media hubs like ratopati,setopati( gariyopati?) feeds its readers by twisting and tweaking the original news.I hope Mr.Mishra had already realised his blunder which is not explored by Mr.Dikchit yet.
cardinal
· Snapshot 682
Like · Liked by · 0
Response from HelpNepal team. Copied and Pasted from Rabindra Mishra's FB page, originally posted on June 6:

--------

हेल्प नेपालले रातोपाटीमा प्रकाशनका लागि पठाएको स्पष्टिकरणको पूर्ण पाठ

हेल्प नेपालबारे रातोपाटीमा प्रकाशित समाचारका सम्बन्धमा

हेल्प नेपाल नेटवर्कका बारे अनलाईन पत्रिका रातोपाटीमा प्रकाशित समाचार ‘‘धनी’ रातो बंगलालाई किन चाहियो हेल्प नेपालको पैसा?’ शीर्षकको समाचार र त्यसबारे सामाजिक सञ्जालमा ब्यक्त टिप्पणीहरूप्रति हाम्रो ध्यान आकर्षित भएको छ।

सहयोग कतै दुरूपयोग त भएन भनि रातोपाटीले ब्यक्त गरेको चिन्ताका लागि धन्यवाद दिंदै हामी त्यसबारे केही तथ्यहरू स्पष्ट पार्न चाहन्छौं।

१. हेल्प नेपाल नेटवर्कले समाचारमा या सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेजस्तो ‘धनी’ रातो बंगला स्कूललाई सहयोग गरेको हुंदै होइन। रातो बंगला फाउन्डेशनको साथ लिएर काभ्रे जिल्लाका ‘गरिब’ सरकारी स्कूलका शिक्षकहरूको स्तर उन्नतिका लागि सहयोग गरेको हो। सो फाउन्डेशनले अमेरिकाको ब्यांक स्ट्रिट कलेज अफ एजुकेशन र काठमाडौं विश्वविद्यालयसंग मिलेर देशका कतिपय जिल्लाहरूमा आर्थिक अभावबाट गुज्रिरहेका सरकारी विद्यालका खासगरी प्राथमिक तहका शिक्षकहरूको स्तर उन्नतिका लागि काम गर्ने गरेको छ। फाउन्डेशनले विद्यार्थीहरूलाई आधुनिक ढंगबाट कसरी पढाउने, पढाइलाई सकभर अन्तरकृयात्मक कसरी बनाउने, शिक्षकले सहयोगीको भूमिका निर्वाह गरेर विद्यार्थीहरुलाई पढाइको केन्द्रमा कसरी राख्ने जस्ता विषयहरुमा तालिम र शैक्षिक सहयोग प्रदान गर्ने गरेको छ।

२. जब रातो बंगला फाउन्डेशनले आफ्नो सो अभियानमा नेपाली संस्थाबाटै सहयोग भएमा अन्य दाताबाट थप सहयोग जुटाउन अझ सहज हुने र हेल्प नेपालले गाउंका सरकारी स्कूलहरूकै स्तर उन्नतिका लागि काम गर्ने हुनाले आफ्नो अभियान हेल्प नेपालको कार्यक्षेत्रभित्र पर्ने उल्लेख गर्दै आर्थिक सहयोगका लागि प्रकृयागत ढंगबाट अनुरोध ग-यो, हेल्प नेपाल नेटवर्कले नियमित प्रकृया पुरा गरेर रू ४ लाख ९५ हजार सहयोग गर्ने निर्णय गरेको हो। हेल्प नेपालको नीति अनुसार सन्तोषजनक काम हुंदै गएपछि चरणवद्धरूपमा सो रकम उपलब्ध गराइन्छ। फाउण्डेशनको हकमा पनि त्यस्तै हुंदै आएको छ।

३. यसर्थ, हेल्प नेपाल नेटवर्कले कुनै धनी संस्थालाई सहयोग गरेको नभइ काभ्रेका नौवटा सरकारी विद्यालयका शिक्षकहरूको पढाउने शैलीमा गुणात्मक सुधारका लागि कार्यशाला, तालिम, अनुगमन र पढाउन सघाउने शैक्षिक सामग्री खरिद गर्न सो सहयोग गरेको हो। सरकारी स्कूलका शिक्षकहरूको स्तरमा सुधार नआएसम्म ती स्कूलबाट उत्पादन हुने विद्यार्थीहरू बेरोजगार हुने, कामको खोजिमा विदेशिनु पर्ने बाध्यता सधैं कायम रहने छ। हामी ठूलो परिवर्तन गर्न नसकौंला तर हाम्रा साना प्रयासहरू सधैं सो स्थिति सुधार्नमा लक्षित छन्। तपाईंहरूले हामी मार्फत ती स्कूलहरूलाई गरेको सहयोगको राम्रो सदुपयोग भएको कुरा हामी तपाईंहरूलाई विश्वास दिलाउन चाहान्छौं।

४. हामीले विगतमा पनि परोपकारी कामका लागि तुलनात्मकरुपमा सम्पन्न देखिने बीपी कोइराला आंखा अस्पतालजस्ता संस्थाहरुसंग मिलेर काम गरेका छौं। प्रभावकारीरूपमा परोपकारी काम गर्न त्यसप्रकारका सहकार्यहरु जारी राख्नु उपयुक्त ठान्दछौं। सबै काम आफै गर्न सकिंदैन। हामीले अरु धेरै नेपाली संस्थाहरूसंग पनि मिलेर काम गरेका छौं। उदाहरणको लागि केही समयअघि सप्तरीमा भएको आगलागी पीडितहरुकालागि राहत सामग्री वितरण गर्न हामीले ‘युवा दलान’ नामक संस्थासंग सहकार्य गरेका थियौं।

५. हामी फेरि एकपटक हाम्रा कामप्रति चिन्ता ब्यक्त गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं। तपाईंहरूको सुझावको हामी सधैं कदर गर्नेछौं।


अरूण सिंह बस्नेत
अध्यक्ष, हेल्प नेपाल नेटवर्क-नेपाल
magorkhe1
· Snapshot 735
Like · Liked by · 1
कुबेरलाइ पनि पुगेको थिएन भन्ने कथा बाचेका र सुनेका हौ : नब कुबेरहरु आचिमा परेको भेटे हातले हैन दातले टिप्छन |
छविलालले बन पसेकोबेला जबर्जस्ति उठाएको रकम महजस्तो बनाइ हाडिमा हाले अनि लडाकुलाई दिएको रकम तेही मह भरिएको हाडिमा हालेर लौ जाठाहो खाउ भनि हल्लाइ हल्लाइ खत्याई दिए देख्नेले त खटाएको देखेकै हो, अहिले चौधरीको भन्दा उनको बढि सम्पति छ भन्छन ! अनि उन्लाइनै चन्दा दिन्छन भब्य महल ?
mno
· Snapshot 921
Like · Liked by · 0
रबिन्द्र मिश्र ज्युले रातो बंगलामा आफ्नो सन्तान पढाउन महिनाको कति कमाउनु पर्छ होला | समाज सेवा भनेको धनिका सन्तान ले गर्ने काम हो जस्तो लाग्छ है बाहेक एक दुई जना | NGO INGO कै भरमा देश चेलेको भएर हाम्रो देश जहाँ को तेही छ|
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 52
· Posts 11 · Viewed 1509
· Posts 1 · Viewed 53
· Posts 1 · Viewed 95
· Posts 1 · Viewed 80
· Posts 2 · Viewed 358
· Posts 5 · Viewed 1300
· Posts 1 · Viewed 410
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 100



Your Banner Here
Travel Partners
Travel House Nepal