गजल - Sajha Mobile
SAJHA MOBILE
गजल
Posts 5 · Viewed 10645 · Likes 6 · Go to Last Post
Ritto Haat
· Snapshot 0
Like · Likedby · 5
फरक संसार, फरक दृश्य , तर ! हिड्ने बाटो उस्तै ,
देखाई फरक, भोगाई फरक ,जीवन जिउने पाटो उस्तै l

अग्ला महल , सुन्दर शहर, समुन्द्रको तट बेग्लै ,
नयाँ रमझम , हरपल तर , बल्झिरहने खाटो उस्तै l

नयाँ युग , नयाँ सोंच , नयाँ आयाम बोके पनि,
तछाड-मछाड , ठुलो सानो , आपसमा फाटो उस्तै l

लक्ष्य नयाँ, सपना नयाँ , बुन्दै श्रम बेचे पनि ,
सुनौलो घाम नझुल्किने , भाग्यको त्यो टाटो उस्तै l

फरक संसार, फरक दृश्य , तर ! हिड्ने बाटो उस्तै
देखाई फरक, भोगाई फरक ,जीवन जिउने पाटो उस्तै l
ThahaChaena
· Snapshot 81
Like · Liked by · 1
वाह ! रित्तो_हात ज्यू ..... क्या बात .... राम्रो गजल ल्याउनु भो .....

नयाँ युग , नयाँ सोंच , नयाँ आयाम बोके पनि,
तछाड-मछाड , ठुलो सानो , आपसमा फाटो उस्तै ल

एक्साएक शेर हरु ..... मलाई मन खाएको चाहिं यो माथि को

- थाहा छैन
Ritto Haat
· Snapshot 94
Like · Liked by · 0
धन्यबाद थाहा छैन ज्यु! तपाइको प्रतिक्रियाको लागि , यस्तै प्रतिक्रिया हरु पक्कै पनि कोशे ढुंगा बन्नेछन मेरो लेखेको लागि!
~रित्तो -हात
magorkhe1
· Snapshot 235
Like · Liked by · 0
रातोहात : यो गजलले सिरिशजी को सम्झना गराई दियो|
Ritto Haat
· Snapshot 382
Like · Liked by · 0
@Magorkhe1 ज्यु हो र भन्या ? मैले त चिनेको छैन शिरिष जी लै तर उहाँको गज़ल पढ्ने छटपटी भैसक्यो है मलाई त l
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 172
· Posts 19 · Viewed 7043 · Likes 2
· Posts 1 · Viewed 209
· Posts 1 · Viewed 215
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 362
· Posts 2 · Viewed 523
· Posts 1 · Viewed 380
· Posts 2 · Viewed 766



Travel Partners
Travel House Nepal