अमेरिकन कन्भरसेशन - Sajha Mobile
SAJHA MOBILE
अमेरिकन कन्भरसेशन
Posts 1 · Viewed 3646 · Go to Last Post
Max Rossa
· Snapshot 0
Like · Likedby · 0
पूर्वतयारी गर्दैनन् नेपाली यूट्यूव प्रस्तोता

हामी रिषी धमलाको मात्र किन कुरा काट्छौं, अमेरिकामा डायस्पोरा पत्रकारिता गर्ने शिक्षित भनाउँदा पत्रकारहरुको त यो हालत झन् पतला छ । उनीहरु अमेरिकी मापदण्डअनुसारको काम त गर्न जान्दैनन् नैं, अन्तरवार्ता कसरी लिनुपर्छ भन्ने कुराको समेत सामान्य ज्ञान अन्तरवार्ता हेर्दा देखिंदैन । कुन विषयमा अन्तरवार्ता लिने हो र अन्तरवार्ता दिने व्यक्तित्वको पृष्ठभूमि के हो भन्ने बारेमा विस्तृत अध्ययन पनि गर्नु जरुरी छ, सार्थक अन्तरवार्ताको लागि ।  नेपाली गुरुकुलले के काम गर्छ भन्ने कुराको जानकारी पनि नलिइकन सुनिल पोखरेलको युटुव इन्टरभ्यू गर्नेहरु छन् यहाँ । अमेरिकन कन्भरसेशन नाममा युटुवमा राखिएका अन्तरवार्ताहरु हेर्दा यस्तो लाग्छ अन्तरवार्ताकारलाई जे बारेमा प्रश्न सोध्नुपर्ने हो, त्यसको विषयवस्तुको बारेमा सतही ज्ञान पनि छैन । सुनिल पोखरेललाई गरेको प्रश्नहरु सुन्दा मलाई दिक्क लाग्यो, झन अन्तरवार्ताको क्रममा पोखरेललाई कस्तो भयो होला । उनको अनुहार हेर्दा यस्तो लाग्छ, पोखरेल अन्तरर्वार्ताकारका प्रश्न देखेर रुनु न हास्नुको स्थितिमा छन् । यो युट्यूव च्यानलमा आएका अन्तरवार्ताहरु प्राय सवै पूर्वतयारी विना गरिएका छन् । आसा छ, आगामी दिनमा प्रस्तोता शर्माले पर्याप्त होमवर्क गरेर अन्तरवार्ताहरु लिनुहुनेछ ।
Here is the link of an interview : https://www.youtube.com/watch?v=PK8Ii4ngBf4
Last edited: 30-Mar-14 12:51 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12562 · Likes 1
· Posts 7 · Viewed 3969 · Likes 1
· Posts 1 · Viewed 1089
· Posts 1 · Viewed 1071
· Posts 1 · Viewed 978
· Posts 1 · Viewed 1070
· Posts 1 · Viewed 1043
· Posts 21 · Viewed 9980 · Likes 1
· Posts 3 · Viewed 2583
· Posts 5 · Viewed 7773 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal